0 COMMENTS

काठमाण्डाै २२ साउन०७५/  केही दिनयता नेपालभरि मध्यमदेखि ठूलो स्तरको वर्षा भएका कारण सरकारले नदीको किनारमा बसोबास गर्ने सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखाका अनुसार विपद्सँग जुध्न सुरक्षाको उच्च सतर्कता अपनाइएको छ।सोमवार खासगरी पश्चिमी भाग र काठमाण्डाै उपत्यकामा धेरै वर्षा भएको भन्दै यो क्रम बुधवारबाट कम हुने मौसमविद्हरूले बताएका छन्।विपद् व्यवस्थापन महाशाखाका अनुसार सोमवारको वर्षाका कारण साँझसम्म कतै ठूलो क्षतिको खबर आएको छैन।तर लगातार वर्षा भइरहेकाले सर्वसाधारणलाई सचेत रहन महाशाखाले आग्रह गरको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।