0 COMMENTS

चितवन२१साउन०७५/ निरन्तर वर्षापछि पहिरो खस्दा अाज पनि नारायणगढ मुग्लिन सडक अवरुद्ध भएकाे छ । यससँगै पृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि आज बिहान ५ः५५ बजेबाट सडक अवरुद्ध भएको हो ।

जलविरे इच्छाकामना गाउँपालिका–६ मा र घुमाउने भरतपुर महानगरपालिका–२९ मा पर्दछ ती दुवै ठाउँमा चार दिनयता पहिरो खस्ने र रोकिने क्रम जारी छ ।

त्यसैगरी पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डअन्तर्गतको फिस्लिङमा आज बिहान ६ः४५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । फिस्लिङ इच्छाकामना गाउँपालिका–३ मा पर्दछ । पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।