0 COMMENTS

कलैया२१, साउन ०७५/ जिल्लाको कलैया उपमहानगरपालिका २३ मा पर्ने मोतीसर चोकदेखि बैराठपुर, भतौडा, गंगापुर हुँदै श्री ३ चन्द्र माविसम्मको सडकको नाम प्रचण्डपथ राखिएको छ । यो सडक कालोपत्रे गर्नको लागि आइतबार नेकपाका अध्यक्ष प्रचण्डले शिलान्यास गर्नुभएको छ ।

करीब ९ किलोमिटरको यो सडक निर्माणका लागि ४८ करोड ९३ लाख ३८ हजार रुपैयाँ लाग्ने भएको छ । सडकको चौडाइ नाला दुवैतिर छाडी ३० फिट रहने जनाइएको छ । शहरी विकास मन्त्रालयको सहयोगमा यो सडक कालोपत्रे हुनेछ । –

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।