0 COMMENTS

भगवान् शिव निजात्म स्वरूप निरञ्जन निराकार निराभाश निर्गुण निर्विकार निरामय नित्य सत्य सर्वातीत शब्दातीत प्रकृतिपर परात्पर परंतप परमानन्दमय परं ब्रह्म हुनुहुन्छ।उहाँ सर्वत्र स्वतन्त्र सर्वाेपरि सर्वाश्रय सर्वव्यापी सर्वरूप सर्वज्ञ सर्वलोक महेश्वर सर्वनियन्ता सर्वगत सर्वशक्तिमान् लीलाविहारी हुनुहुन्छ।भगवान् शिव नै वेदरूप वेदज्ञान हुनुहुन्छ। प्रणव उहाँको वाच्य हो।उहाँ वाचक हुनुहुन्छ।उहाँ पञ्चानन प्रभुको उत्तरतिरको मुखबाट अकार, पश्चिमतिरकाे मुखबाट उकार, दक्षिणतषिकाे मुखबाट मकार र पूर्वतिरकाे मूखबाट बिन्दु अनि बीचको मुखबाट नाद ऊत्पन्न भएको छ।यसप्रकार पाँच अाेटै मुखबाट निरगत यिनी सबैको समग्ररूपमा ऊॅ एकाक्षर बनेको छ।समस्तनाम रूपात्मक जगत् स्त्रीपुरूषादि समस्त प्राणी समुदाय तथा चारै वेद सबै यही प्रणव ऊॅ बाट नै व्याप्तछ।यो ऊॅ शिवशक्तिको बोधक हो। सृष्टि, स्थिति, संहार तथा लय र अनुग्रह यी पाँच प्रकारका क्रियाहरूको रूपमा भगवान् शिवको लीला निरन्तर भइरहन्छ । यिनमा चिदरूपको सम्बन्ध अनुग्रहसँग आनन्दरूपको लयसँग इच्छारूपकाे सम्बन्ध ज्ञानरूप तथा क्रियारूपको सम्बन्ध सृष्टि, स्थिति, संहारसँग छ।यिनै पाँचरूपको प्रकाशक भगवान् शिवको ईशान, तत्पूरूष, अघोर, बामदेव र सधोजात नामका पाचमूखछन।यिनमा ईशान तथा तत्पूरूषबाट तूर्यातित तथा तूर्यदशाकी एवं सधोजात, वामदेव तथा अघोरबाट जाग्रत्, स्वप्न र सुषुप्तिको व्याप्ति छ । यही कर्मबाट पंचमहाभूतको व्याप्ति भएकाे मानिन्छ।भगवान् शिवका ५ मूर्तिमा प्रथम मूर्ति क्रीडा गर्दछ दोश्रो तपस्या गर्छ तेश्रो लोक संहार गर्छ चौथोले प्रजा सृष्टि गर्छ र पाँचौले सदसदयुक्त समस्त संसारलाई आच्छन्न गरेर राख्दछ।ईशान मूर्ति सबैको प्रभु हाे र यसले सवमा वर्तमान सृष्टि, प्रलय र रक्षा गर्ने हो।

भगवान शिवको ईशान नामक प्रथम मूर्ति साक्षात् प्रकृति भोक्ता क्षेत्रज्ञ पुरूषमा अधिष्ठित छ।तत्पुरूष नामक दोश्रो मूर्ति सत्वादि गुणको आश्रय योग्य प्रकृतिमा अधिष्ठित छ।तृतीय अघोर नामको मूर्ति धर्म आदि अष्टाङ्गयुक्त बुद्धीमा अधिष्ठित छ।चौथो वामदेव मूर्ति अहंकारमा अधिष्ठित छ।पाँचौ सधोजात मूर्ति मनमा अधिष्ठित छ।भगवान् शिवको शर्व भव रूद्र ऊग्र भीम ईशान महादेव तथा पशुपति नामका ८ मूर्ति क्रमशः पृथ्वी, जल, अग्नि, वायु, आकाश, सूर्य, चन्द्र र क्षेत्रज्ञ यजमानमा अधिष्ठित छ।यिनै ८ रूपमा हामीले उहाँको पूजा गर्नुपर्दछ।भगवान शिवको ३ व्युह छ र सोको ३१ प्रकार छ।३ व्युहकाे नाम शिव, सदाशिव र महेश्वर हो।शिव १ रूप हो भने सदाशिव पंचरूप र महेश्वर पंचविशती रूप हो।भगवान शिवको अर्को प्रकारले ४ व्युह छ । ब्रह्मा, कालरूद्र र विष्णु । भगवान शिव यिनीहरू सबैको आधार एवं शक्तिको पनि आधार तथा प्रभव स्थान हुनुहुन्छ।परात्पर परंतप भगवान् शिव त्रिदेवगत रूद्र होइन।

भगवान शिवको इच्छाबाट प्रकट रजोगुण धारण गर्ने ब्रह्मा, सत्वगुण धारण गर्ने विष्णु एवं तमोगुण धारण गर्ने रूद्र हो।जो सृजन, रक्षण तथा संहारका कार्य गर्दछन्।यी तिनै वस्तुतः शिवजीकै अभिव्यक्ति हो।यिनीहरू शिवसँग पृथक् पनि छैनन।परात्पर परंतप सदाशिव महाविष्णु आदि स्वरूपगत नै एक तत्व हो।यिनमा भेदभाव वा उच नीचको भावना लिएर राग द्वेषयुक्त स्तुति, निन्दा गर्नु महापाप हो। यो नै पतनको प्रत्यक्ष कारण हो।भगवान् शिवमा रूद्र अनादिकालीन वैदिक देवता हुन् र यिनकाे लिङ्ग पूजा पनि सनातन हो।न त यी आधुनिक देव हुन् न लिङ्ग पूजा नै आधुनिक वा अनार्य पूजा हो।शिवलिङ्ग चिन्मय हो। शिवलिंग कुनै स्थूल अंग विशेष होइन।चिन्मय आदि पुरूषको स्वरूप नै लिङ्ग हो।जसबाट चराचर जगत ऊत्पन्न भएको छ।उहाँ नै सबैको लिङ्ग वा कारण स्वरूप हो।लिङ्गपीठ अर्थात् प्रकृति पार्वती हुन् । लिङ्ग चिन्मय परब्रह्म पुरूष हुन्।पीठ अम्बामय तथा शिवलिङ्ग चिन्मय पुरूषमय हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।