यद्यपि नेपाली नयाँ वर्षकाे सुरूवात वैशाख संक्रान्तिबाट हुन्छ तथापि हिन्दू पञ्चांगकाे आरम्भ भने चैत्र मासदेखि नै हुने गर्छ। चैत्र मासदेखि गणना गर्दै अाउँदा पाँचाैँ महिना श्रावण मास पर्दछ। ज्योतिष विज्ञानका अनुसार यस मासकाे पूर्णिमाकाे दिन आकाशमा श्रवण नक्षत्रकाे योग बन्दछ। त्यसैले श्रवण नक्षत्रकाे नामबाट नै यस महिनाकाे नाम श्रावण रहन गएकाे हाे। यस महिनादेखि चातुर्मासकाे शुभारम्भ हुने गर्छ। याे महिनालार्इ चातुर्मासका चार महीनामध्ये अत्यन्त शुभ महिना मानिएकाे छ।
कार्तिक महिनालार्इ भगवान् विष्णुकाे महिना मानिन्छ भने श्रावण महिनालार्इ शिवकाे प्रमुख महिना मान्ने गिन्छ। जसरी इस्लाम धर्ममा रमजानकाे महिना रोजे (व्रत) काे महिनाका रूपमा लिइन्छ त्यसरी नै हिन्दुहरूमा व्रतका हिसाबले साउन र कार्तिकका महीना व्रतका महिनाका रूपमा विशेष महत्वका छन् । यसमध्ये पनि साउन महिनाकाे सबभन्दा धेरै महत्व रहेकाे छ। हुनत सनातन धर्ममा वर्षभरि नै कुनै न कुनै उपवास भइ नै रहन्छन् जस्तै एकादशी, चतुर्दशी आदि तर पनि चातुर्मास, श्रावण मास र कार्तिक महिनाकाे महिमाकाे वर्णन वेद-पुराणहरूमा पनि पाइन्छ ।
श्रावणकाे अर्थ : श्रावण शब्द श्रवणबाट बनेकाे हाे जसकाे हुन्छ सुन्नु। अर्थात सुनेर धर्मलार्इ बुझ्नु सम्झनु । वेदलार्इ श्रुति भनिन्छ अर्थात त्यस ज्ञानलार्इ ईश्वरबाट सुनेर ऋषिहरूले मानिसहरूलार्इ सुनाएका थिए ।
यस महिनाकाे पवित्र दिन :यस महिनामा त्यसाे त सबै दिनहरू पवित्र मानिन्छन् तर पनि विशेष गरी सोमवार, गणेश चतुर्थी, मंगला गौरी व्रत, मौना पंचमी, श्रावण महिनाकाे पहिलाे शनिवार, कामिका एकादशी, कल्कि अवतार शुक्ल ६, ऋषि पञ्चमी, १२अाैँ को हिंडोला व्रत, हरियाली अमावस्या, विनायक चतुर्थी, नागपञ्चमी, पुत्रदा एकादशी, त्रयोदशी, वरा लक्ष्मी व्रत, गोवत्स र बाहुला व्रत, पिथोरी, पोला, नराली पूर्णिमा, श्रावणी पूर्णिमा, पवित्रारोपन, शिव चतुर्दशी र रक्षा बन्धन धेरै महत्वपूर्ण मानिन्छ।
श्रावणमा व्रत : सम्पूर्ण श्रावण महिनाभरि फलाहारका अलावा केही पनि खाने गरिँदैन। यद्यपि तपस्वीहरू त फलाहार पनि खाँदैनन्। धर्मकाे नियमहरूका अनुसार नै यस महिनामा व्रतकाे पालना गर्नुपर्छ अर्थात् विधिपूर्वक व्रत बस्नुपर्दछ। यस महिनामा भोग, सम्भोग, बहस र कुनै पनि प्रकारले धर्म विरूद्ध कर्म निषेध छ। यस एक महिनाकाे व्रतलार्इ नीति नियमले पालना गर्नाले सम्पूर्ण वर्ष व्रत गर्ने आवश्यकता हुँदैन। धेरै मानिसहरू अाफ्नाे मन मर्जीले उपवास बस्ने गर्छन् जुन अनुचित कार्य हाे।
यसकाे लाभ : याे सम्पूर्ण महिनामा धर्मका अनुसार व्रतकाे पालना गर्नाले सुख, समृद्धि त मिल्छ नै साथै यसबाट शारीरिक र मानसिक पाप र तापहरूकाे नाश पनि हुन जान्छ।
चतुर्मासकाे महत्व : चातुर्मासका चार महिनाहरूलार्इ धेरै शुभ महिना मानिन्छ । चातुर्मास धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण छ। चातुर्मासका चार महिना श्रावण, भाद्रपद, अश्विन र कार्तिकमा सन्त-महात्मादेखि लिएर सर्वसाधारण जन सबै धर्म र अध्यात्मकाे रंगमा रंगिन पुग्छन् । यस क्रममा हिन्दू धर्मका अनेक उत्सव र चाडपर्वहरू मनाइन्छ । ती सबैकाे सुरूवात श्रावण मासबाट हुन्छ ।