0 COMMENTS

काठमाडौ२०साउन०७५/ जलतथामौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मौसम बदली भई वर्षा हुने जनाएको छ ।आज देशका अधिकांश ठाउँमा मौसम बदली भई पानी पर्ने भए पनि मध्य र पश्चिम नेपालमा भारी वर्षा हुने विभागले जनाएको छ । विशेषगरी आज साँझ र राति नेपालको मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा हुने भएकाले सतर्क रहन मौसमविद् समिर श्रेष्ठले आग्रह गरे ।

उनले मौसम बदलीभई देशैभर मंगलबारसम्म वर्षा हुने भन्दै आज दिउँसोदेखि रातिसम्म पूर्ण बदली रही देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना रहेको बताए ।

यस्तै पर्सी मंगलबार भने दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली हुने र विषेशगरी पूर्वी क्षेत्रमा वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।