शान्ती का लागि याेग भन्ने नारा सहित चौथो अन्तर्राष्ट्रिय याेग दिवस भर्खरै मात्र आफु सक्षम हुने अनि अरुलाई पनि सक्षमता पूर्वक जीवन यापन गर्न सघाउ पुर्याउने लक्ष्य राख्दै याेग प्रति आकर्षण बढाउने उद्देश्यले गत जून २१ मा संसारभरी विभिन्न कार्यक्रम आयोजना सहित याेग गर्दै मनाइयो।याेग को माध्यमले मानव जीवन लाई दीर्घायु प्रदान गर्ने हुनाले नै वर्षभरिको सबैभन्दा लामो दिन पारेर यो दिवस मनाउनु उचित ठानी भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले राख्नुभएको विश्व याेग दिवसको प्रस्तावलाई आज सम्म संसारका १७७ राष्ट्रहरूले अनुमोदन गरिसके का छन् भने नेपालको तर्फबाट पनि तत्कालिन प्रघानमन्त्री सुशील कोइरालाले पहिलाे हस्ताक्षर गर्नुभएको थियो ।
हिमवत् खण्ड बाट उत्पत्ति भएको याेग भगवान शिवले शुरू गर्नु भएको हो जून माता पार्वती हुँदै ऋषिमुनिहरूले संगालेका योगलाई महर्षि पतञ्जलिले विकास गर्नु भएको थियो भने आज योगलाई विश्वको कुना कुनामा पुर्याए वापत बाबा रामदेव विश्वविख्यात व्यक्ति हरु माझ लण्डन स्थित madam tussad museum मा वृक्षासनमा देखिने भएका छन्।योगका उपलब्धि विशेषता वा महत्व यति विशाल छन् कि यस्को परिभाषा यहि नै हो भनेर भन्न सकिन्न। तर पनि हामि भित्र रहेको सूक्ष्म आत्मालाई पूर्ण ब्रह्म परमात्मा सँग लगेर जोड्दै अथवा मानव जीवन लाई प्रकिति सँग जोड्दै अ, उ र म को लामो उच्चारण सहित ब्रह्मा विष्णु र महेश्वर काे स्मरण गर्दै सर्व रक्षक परमात्मा मानिने ऊँ को लामो उच्चारण गायत्री मन्त्रको लयबद्ध पाठ, अकाल मृत्युबाट छुटकारा दिलाउने महामृत्युञ्जय मन्त्रको पाठ, आरोग्य का देव सूर्य नारायन् काे प्राथना, राष्ट्रिय बन्दना, पूर्ण व्यायाम पनि मानिने सूर्य नमस्कार, गुरु बन्दना सहित अनुशासन मा रही गरिने याेग आफैंमा एउटा पूर्ण साधना हो।
शरीर, मन् अनि श्वास लाई केन्द्रित गर्दै विभिन्न आसन, व्यायाम तथा प्राणायाम हरू सहित गरिने याेग ले साथी साथी बीचको चिनजान ज्ञा न गुनका कुराकानी, नाचगान दु: ख सुख साटासाट सँगै अन्तिममा रमाइला जोक्सहरु अनि विश्व ब्रम्हाण्ड जीव र जगतको शान्ति काे कामना गर्दै पूर्णता पाउँछ।कुनै पनि मानिस आफ्नो इच्छाले यस धर्तीमा आएको हो न जान पाउँछ। तसर्थ परमेश्वर बाट उपहार स्वरुप प्राप्त गरिएको याे मनुष्य जीवन सकेसम्म सत्कर्म हरु गर्दै, समयको पनि सदुपयोग गर्नु उत्तम हुने भएकोले बिहानीको ब्रह्म मुहूर्त मा उठी उषा पान गरी नित्य कर्म सकि स्वच्छ वस्त्र धारण गरी याेग र ध्यानमा लाग्नाले अपार शारीरिक स्वस्थता र मानसिक शान्ति अरु कसैले नभई आफैले प्राप्त गर्न सकिन्छ।
हाम्रो शरीर भित्र भएका करोडौ नस् नाडी र अर्बौ कोषहरुलाई, स्वस्थ चुस्त र तन्दुरुस्त पार्ने काम याेग भित्र गरिने आसन व्यायाम तथा प्राणायाम हरू ले गर्दछन्। शरीरको लागि आसन व्यायाम गरिन्छ भने मन् वा मोक्ष प्राप्तिको लागि ध्यान प्राणायाम गरिन्छ। आजको विलासी जीवन अनि स्वादिष्ट भोजन, धुवाँधुलो को यात्रा तनावपूर्ण ब्यस्त जीवनले निम्त्याउने डरलाग्दा र खर्चिला रोगहरू बाट बच्न अनि सुन्दर देखिन युवा युवती हरु व्यायाम गर्न रुचाउँछन् त कोहि बिहानी पख हिँड्न मन् पराउँछन्। यी सबैका आफ्नो आफ्नो ठाउँमा महत्व रहेको छ, ता पनि भित्री तथा बाहिरी सम्पूर्ण अङ्ग हरूको हलचल हुने अनि प्राण काे रक्षा लगायत मस्तिष्क समेत शुद्ध र ताजा रहने गरी याेग मा तरिका मिलाइएको हुनाले यसलाई पूर्ण साधना मान्न करै लाग्छ।
यो शरीरलाई जति लचिलो बनाउन सकियो उति नै रोगसँग लड्नसक्ने क्षमता को विकास संगसंगै मानव शरीरमा सञ्चालन हुने सम्पूर्ण प्रणाली को र तीन बाट उत्पादन हुने हर्मोन समेतको उचित सन्तुलन योगबाट हुने भएकोले पनि यसलाई सही समय र तरिकाको साथमा सक्षम गुरूको सानिध्य मा रही गर्नाले, दुर्घटनामा परी अङ्ग भङ्ग भए बाहेक अन्य शरीर र मनबाट उब्जेका विकारहरू हट्दै जानाले सुन्दर मन् र तन् पाइने कुरामा कुनै संका छैन।श्वासको भरमा अढेको मानव जीवनमा स्वासकै ओरिपरी यसैलाइ आधार मानेर गरीने योगको फाइदा जो कसैले पनि सहजै अनुमान लगाउन सक्छन्।
मृत्यु कसैको हातमा हुन्न यो जन्मदै तय गरिएको हुन्छ भन्ने जान्दा जान्दै पनि कहिलेकाहीँ कलिलै उमेरमा ज्यान गुमाएका व्यक्ति हरु देख्दा होसियारी नभएको हाे कि भनेर भन्न मन् लाग्छ। काल माथि कुनै काे जोर त चल्दैन तर पनि बाँचुन्जेल को लागि आफ्नो जीवन मा कष्ट र परिवारमा आर्थिक संकट नपरोस् भन्नका लागी पनि योग बाट दिनचर्या सुरू गर्नु हरेकको निम्ती बुद्धिमानी साबित हुन्छ। तर कति मानिसहरूले चाहेर र जानेर पनि समय र स्थानकाे अभावमा यसलाई अपनाउन सकेका छैनन् भने कतिले यसको महीमा नै बुझेका छैनन्। हुनत मान्छे भित्र इच्छा शक्ति छ भने लामो समय दिन नसकेतापनी आफ्नो रोग र समस्या सँग जोडिएको व्यायाम वा आसन प्राणायाम मात्र गर्नाले पनि जीवन रूपान्तरण हुन सक्छ। त्यसैले त योगमा डुबेका साधक साधिकाहरु हरेक दिनको योगको प्रभावले आफ्नो जीवन मा अदृश्य अमृत बर्षेको अनुभव पनि सुनाउदछन्।
योग भित्र असंख्य फाइदा लुकेको भएर नै आज विश्व भरी नित्तान्त जरूरी मान्दै देश काल र परिस्थिति अनुकूल अंगालिएको हो।यसरी धेरै भन्दा धेरै व्यक्तिहरूलाई बुझाउन र प्रेरणा दिन अनि समेट्न साथै योगप्रती जनचेतना जगाउने तथा स्वस्थ समाजको निर्माण गर्न को लागी मनाइने यो दिवसमा हामीले पनि नजाने शोध खोज गरौं र जानकार हुनुहुन्छ भने टोल समाज र छर छिमेकमा सिकाउँदै योग प्रति समर्पित भई जीवन सार्थक र अर्थपूर्ण बनाउन आग्रह गरौं ।