0 COMMENTS

काठमाण्डाै१८साउन०७५/  काठमाडौं महानगरपालिकाले विदेशी र स्वदेशी पाहुनाका लागि उपहार किन्न चालु आर्थिक वर्षमा ७५ लाख रुपैयाँ विनीयोजन गरेको छ । कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत (सचिव) अन्य जनप्रतिनिधिहरू विदेश भ्रमण जाँदा र विदेशी पाहुना नेपाल आउँदा किन्नुपर्ने उपहारका लागि उक्त रकम विनीयोजन गरिएको जानकारी दिए ।

कामनपाले स्वागत तथा अतिथि सत्कारमा २ करोड २५ लाख, अतिथि सत्कार तथा जलपानमा १ करोड ५० लाख, पुजामा ८ लाख, विविधमा ३ करोड रुपियाँ विनियोजन गरेको छ ।यस्तै मशलन्द र छपाईमा २ करोड २५ लाख, जनशक्ती तालिममा २ करोड, बैठक तथा समिति भत्तामा १ करोड ५३ लाख, बैठक तथा समिति खर्च तर्फ ३५ लाख, परामर्श शुल्क तर्फ ३० लाख, भ्रमण र दैनिक भत्तातर्फ १ करोड ६० हजार रुपियाँ विनियोजन गरिएको छ । जनप्रतिनिधिले स्थानीय निकाय संचालन गरेपछि यो वर्ष अधिकांस शिर्षकमा रकम बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।