काठमाडौं१८, साउन ०७५/ छानामा जलप लगाउन तीन किलो सुन अपुग भएपछि मनकामना मन्दिर पुनर्निर्माणको काम रोकिएको छ ।
गजुर र छानामा जलप लगाउन मात्र हालसम्म १५ किलो सुन खर्च भइसकेको जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए ।
उनका अनुसार पुरातत्व विभागबाट निकासा भएको चार करोड रुपैयाँले सात किलो र काठ तथा मन्दिरको आन्तरिक स्रोतबाट आठ किलो सुन खरिद गरिएको थियो ।
सुन नपुगेपछि डेढ सातादेखि काम रोकिएको श्रेष्ठले बताए । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्