काठमाण्डाै१७साउन०७५/भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा नारायणगढमुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ४ बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो। अहिले लोडरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको र सडक खुलाउन केही घण्टा लाग्ने जनाइएको छ। राति परेको वर्षाका कारण सडक चौडा पार्ने क्रममा भित्तो खनिएको स्थानबाट पहिरो खसेको हो। पहिरोले चितवनबाट काठमाडौ र पोखरा जाने तथा काठमाडौं र पोखराबाट चितवनलगायत विभिन्न क्षेत्रमा जाने सवारीसाधनहरु बीच बाटोमै रोकिएका छन्। नारायणगढ–मुग्लिन सडकखण्ड चौडापार्ने काम अन्तिममा पुगेर सडक कालोपत्रे भए पनि पहिरोले सास्ती दिने क्रम भने रोकिएको छैन। वर्षातका बेला पटकपटक पहिरो खसेर यात्रुलाई प्रभावित पार्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्