0 COMMENTS

काठमाण्डाै१६साउन०७५/  नेपाल वायु सेवा निगमले बुधबारदेखि आफ्नो पहिलो वाइड बडी जहाज अन्नपूर्णको व्यावसायिक उडान गर्दैछ । सोमबार नागरिक उड्ययन प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेपछि निगमले पूर्व निर्धारित समयमै उडान गर्न लागेको हो ।

निगमका अनुसार पहिलो उडान कतारको राजधानी दोहामा हुनेछ । बुधबार राति ८ बजे आफ्नो नियमित तालिका अनुसार नै वाइड बडी दोहाका लागि उडान गर्ने निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए । वाइड बडी उडानको अवसरमा निगमले काठमाडौँदेखि दोहासम्मको एकतर्फी भाडा न्यूनतम ११ हजार रुपियाँ निर्धारण गरेको छ । त्यस्तै काठमाडौँ–दोहा–काठमाडौँको दोहोरो भाडा न्यूनतम १८ हजार रुपियाँ तोकिएको निगमले जनाएको छ ।

दोहादेखि काठमाडौँसम्मको उडानमा निगमले बिजनेस स्तरका यात्रुलाई ५५ किलोग्राम र इकोनोमी टिकटसहितका यात्रुलाई ४५ किलोग्राम ब्यागेज निःशुल्क लिन पाउने सुविधा उपलब्ध गराएको छ । निगमका अनुसार दक्षिण कोरिया, जापान र साउदी अरबमा वाइड बडीले उडान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।