0 COMMENTS

काठमाडौं१५साउन०७५ /प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशैभरि प्रदर्शन गर्ने भएको छ ।लोकतान्त्रिक मूल्य मान्यताविपरित सरकार अधिनायकवादी बाटोमा अघि बढेकाले खबरदारी गर्न भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले आज ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई लोकतान्त्रिक मूल्य र मान्यताप्रति विचलन नहुन दबाब दिने उद्देश्यले प्रदर्शन गर्न लागिएको जानकारी दिए ।

नेपाली कांग्रेसले संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने माग गर्दै आएको छ ।

सरकारले महंगी रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको, निषेधित क्षेत्र तोक्दै नागरिक अधिकारको हनन् गरेको तथा संवैधानिक अंगमा हस्तक्षेप गरेको आरोपसमेत कांग्रेसले लगाउँदै आएको छ ।

यसैबीच नेपाली कांग्रेस काठमाडौंले दिउँसो साढे २ बजे रत्नपार्क शान्ति बाटिकाबाट प्रदर्शन गर्ने जनाएको छ ।शान्ति बाटीकाबाट भोटाहिटी, असन, इन्द्रचोक, विशालबजार हुँदै फेरि शान्तिबाटीकामै फर्किएर कोणसभा गरिने कांग्रेसको काठमाडौ जिल्ला कार्यसमितिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।