0 COMMENTS

काठमाडौँ१४साउन०७५/ त्रिभुवन विमानस्थल प्रशासनले मदिरा पिएर मातेको अबस्थामा पाईलटले जहाज उडाउन गर्न खोजेपछि साे उडान रोकेको छ ।

आइतवार दुबई जान लागेको फ्लाई दुबईको जहाजलाई त्रिभुवन विमानस्थल प्रशासनले रोकिदिएको हो । मदिरा पिएर मातेका पाइलटले साे जहाज उडाउन खोजेपछि उनीहरुलाई रोकेर नियन्त्रणमा लिएको विमानस्थल प्रशासनले जनाएको छ ।

पाईलट रक्सीले पुरै मातेको अवस्थामा थिए । तर जहाज चालक दलका अन्य सदस्यले थाहा पाए पछि उजुरी दिएकाे आधारमा उनलाई नियन्त्रणमा लिइएको हो ।

‘फ्लाई दुबईका एकजना पाइलटको गतिविधि असामान्य पाएपछि हामीले उनलाई नियन्त्रणमा लिएका छौँ’ विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले भने, ‘प्रराम्भीक स्वास्थ्य परीक्षणमा उनी रक्सी पिएर मातेको विवरण पाइएको छ ।’त्यससिपछि सो जहाज अर्का पाइलट दुबईबाट आएर लानुपर्ने भएको थियाे  ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।