0 COMMENTS

नवलपरासी १४साउन०७५/ जबर्जस्ती करणी मुद्दामा अदालतको फरार सूचीमा रहेको एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी आइतबार जिल्ला अदालत नवलपरासीमा बुझाएको छ ।

तीन वर्ष छ महिना कैद सजाय पाएका पूर्वी नवलपरासी मध्यबिन्दु नगरपालिका–१ कोल्हुवा बस्ने ४३ वर्षीय राजु भन्ने सुरतराम चौधरीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ । चौधरीलाई लुकिछिपी बसी रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । पछिल्लो पटक प्रहरीले जिल्ला अदालतको फरार सूचीमा रहेको अभियुक्तलाई पक्राउ गर्ने अभियान चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।