0 COMMENTS

 काठमाण्डाै१४साउन०७५/ आइतबारदेखि सवारी चालक अनुमति पत्रको अनलाइनबाट फारम भर्ने कार्य सुरु भएको छ। तर, यातायात व्यवस्था कार्यालय लहानबाट भरिने फारम प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलको ठाडो आदेशले रोकिएको छ।

अनलाइन फारम भर्ने कार्य रोकिएपछि कार्यालयमा आउने सेवाग्राही त्यत्तिकै फर्किएका छन्। आइतबार मात्रै चार सय भन्दा बढी सेवाग्राही अनलाइन फारम भर्नबाट बञ्चित भएको यातायात व्यवस्था कार्यालय लहानले जनाएको छ।

कार्यालय निमित प्रमुख मिनकुमार भट्टराईका अनुसार प्रदेश सरकारका मन्त्रीले फारम तत्काल रोक्न मौखिक आदेश गरेपछि सवारी चालक अनुमति पत्रको फारम भर्ने कार्य रोकिएको छ।

‘कार्यालय प्रदेश सरकारको मातहतमा आइसकेको छ। तर नयाँ ऐन कानुन बनेको अवस्थामा पहिलेकै अनुसार काम गर्नुपर्छ,’ प्रमुख भट्टाराईले भने, ‘हामीले लिखित आदेश माग्दा पनि कुनै जानकारी आएको छैन्। यहाँबाट संकलन भएको राजश्व प्रदेश सरकारमै जम्मा हुन्छ। किन रोकेको खुलाइएको छैन्।’

आइतबार अनलाइनबाट फारम भर्न कार्यालय पुगेका लहान नगरपालिका २४ का राजेश कामतीले भने, ‘तीन तहमा सरकार आएपछि जनतालाई सेवाप्रवाहमा सहज हुन्छ भन्थ्यो तर खै ? उल्टै मन्त्रीको अनुचित काम देखियो।’

कहिलेकाँही खुल्ने सवारी चालक अनुमति पत्रको फारम रोकिएको सुन्दा दुःख लागेको उनले बताए। ‘सवारी चालक अनुमति पत्र नहुँदा जनता मारमा छन्। तर मन्त्रीलाई मतलबै छैन्’, अर्का सेवाग्राही रञ्जित विकले भने, ‘सरकारले झन् सहज गर्नुपथ्र्यो।’ केन्द्र सरकार निर्देशन विपरित प्रदेश सरकार उभिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।