काठमाण्डाै१४साउन०७५/नेपालले आइतबार मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)माथि ९ विकेटको जित दर्ता गरेको छ। त्रिकोणात्मक सिरिज अन्तर्गत आइतबार भएको खेल वर्षाका कारण ६ ओभरमा झारिएको थियो।
टस हारेर पहिला ब्याटिङ गरेको एमसीसीले ६ ओभरमा चार विकेटको क्षतिमा ४० रन बनाएको थियो। ४१ रनको चुनौती पछ्याउने क्रममा नेपालले १ विकेटको क्षतिमा ४.४ ओभरमा ४१ रन बनाएको हो।
ओपनर सुवास खकुरेले १६ र उपकप्तान ज्ञानेन्द्र मल्ल १२ रनमा अविजित रहँदा नेपालले जित हासिल गरेको थियो । अर्का ओपनर अनिल साहले ९ रन जोडे । सुवासले १४ बलमा २ चौका प्रहार गरे । ४ बल खेल्दै ज्ञानेन्द्रले १ छक्का र १ चौका प्रहार गरेका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ६ ओभरमा ४ विकेट गमुाएर ४० रन बनाएको थियो । नेपालका तीब्रगतिका बलर सोमपाल कामीले २, कप्तान पारस खड्काले १ विकेट लिए ।