प्रत्येककाे घरमा महाभारत हुनुपर्छ। महाभारतलार्इ ‘पञ्चम वेद’ भनिएकाे छ। याे ग्रन्थ भारतवर्षका हर मानिसकाे मन-प्राणमा बसेकाृ छ। वास्तवमा महाभारत भारतवर्ष वा अार्यावर्तकाे राष्ट्रिय गाथा हाे भन्दा फरक पर्दैन। यस ग्रन्थमा तत्कालीन भारतवर्ष (आर्यावर्त) काे समग्र इतिहास वर्णित छ। अाफ्ना आदर्श स्त्री-पुरुषहरूका चरित्रद्वारा यसले नेपाल तथा भारतकाे जन-जीवनलार्इ प्रभावित गरिरहेकाे छ। यसमा सयाैँ पात्र, स्थान, घटनाहरू तथा विचित्रताहरू एवं विडम्बनाहरूकाे वर्णन गरिएकाे छ।
महाभारतमा उल्लिखित कतिपय घटनाहरू तथा सम्बन्धहरूमा ज्ञान-विज्ञानका रहस्यहरू लुकेका छन्। महाभारतका प्रत्येका पात्र जीवन्त छ, चाहे ती कौरव, पाण्डव, कर्ण र कृष्ण हुन् वा धृष्टद्युम्न, शल्य, शिखण्डी र कृपाचार्य हुन्। महाभारत केवल योद्धाहरूकाे गाथामा मात्र सीमित छैन। महाभारतसँग जाेडिएका श्राप, वचन र आशीर्वादमा पनि रहस्य छिपेका छन्। जे हाेस्, यस पटक हामी तपार्इँलार्इ महाभारतमा कुन योद्धाकाे कुन ध्वज थियाे भन्ने बारेमा जानकारी गराउँदै छैँ।
युधिष्ठिर : नक्षत्रयुक्त चन्द्रमा अंकित स्वर्ण ध्वज।
अर्जुन : अर्जुनकाे ध्वजामा हनुमानकाे चित्र अंकित थियाे। यसलार्इ ‘वानर ध्वज’ भनिन्थ्याे।
भीष्म : भीष्मसँग ताड र ५ ताराकाे चिह्न भएकाे विशाल ध्वजा-पताका थियाे।
नकुल : स्वर्ण पीठ भएकाे राताे हरिणकाे चित्र अंकित भएकाे ध्वज ।
सहदेव : सहदेवकाे रथमा लहराउने ध्वजमा चाँदीजडित हंसकाे चिह्नअंकित थियाे।
अभिमन्यु : अभिमन्युकाे ध्वजमा पहेँलाे पात भएकाे रूख अंकित थियाे।
कृपाचार्य : कृपाचार्यकाे ध्वजामा साँढे अंकित थियाे।
मद्रराज : मद्रराज शल्यकाे ध्वजामा हलाे अंकित थियाे।
वृषसेन : अंगराज वृषसेनकाे ध्वजामा मयूर अंकित थियाे।
जयद्रथ : सिन्धुराज जयद्रथकाे झण्डमा वराहकाे छवि अंकित थियाे। जयद्रथकाे रथमा चाँदीकाे शूकर-ध्वज फहराउँथ्याे।
भूरिश्रवा : भूरिश्रवाकाे रथमा यूपकाे चिह्न अंकित थियाे। त्याे ध्वज सूर्य समान प्रकाशित हुन्थ्याे र त्यसमा चन्द्रमाकाे चिह्न पनि दृष्टिगोचर हुन्थ्याे।गुरु द्रोणाचार्य : गुरु द्रोणाचार्यकाे ध्वजामा सौवर्ण वेदीकाे चित्र थियाे। यसका अलावा तपस्वीकाे कचाैरा र धनुष पनि अंकित थियाे।
घटोत्कच : घटोत्कचकाे ध्वजमा गिद्ध विराजमान थियाे।
दुर्योधन : दुर्योधनकाे ध्वजमा कोबरा वा गाेमन सर्पकाे चिह्न अंकित थियाे। यसलार्इ सर्पकेतु पनि भन्दथे।
श्रीकृष्ण : भगवान श्रीकृष्णकाे झण्डामा पंक्षीराज गरूड अंकित भएकाले त्यसलार्इ गरूड ध्वज भनिन्छ।
बलराम : बलरामजीले यद्यपि महाभारत युद्धमा भाग लिएका थिएनन् तर बलरामकाे झण्डामा ताल वृक्षकाे छवि अंकित भउकाले त्यसलार्इ ‘ताल ध्वज’ भनिन्थ्याे।
कर्ण : कर्णकाे हस्तिकाश्यामाहार-केतु नामक ध्वज थियाे।
अश्वत्थामा : अश्वत्थामाकाे ध्वजा पताकामा सिंहकाे पूच्छरकाे चिह्न अंकित थियाे।
यसका अतिरिक्त महाभारतमा शाल्वका शासक अष्टमंगला ध्वज प्रयाेग गर्दथे। उक्त झण्डामा हात्तीकाे आकृति थियाे र स्वर्ण मयूरहरूले शोभित थियाे। महीपतिका ध्वजामा स्वर्ण, रजत एवं ताम्र धातुहरूले बनेकाे कलश आदि चित्रित हुन्थे। यिनीहरूकाे एक ध्वजा सर्वसिद्धिदा भनेर चिनिन्थ्याे। यस ध्वजामा रत्नजडित घडियालका ४ जबडा अंकित हुन्थे।
ध्वजाहरूकाे प्रकार : रणभूमिमा अवसर अनुकूल ८ प्रकारका झण्डाहरूकाेप्रयोग हुने गर्थ्याे। यी झण्डाहरू यसप्रकार थिए- जय, विजय, भीम, चपल, वैजयन्तिक, दीर्घ, विशाल र लोल। यी सबै झण्डाले संकेतका सहाराले सूचना दिने गर्दथे। विशाल झण्डा क्रान्तिकारी युद्धकाे तथा लोल झण्डा भयंकर काटमारकाे सूचक थियाे।
जय : जय झण्डा सबभन्दा हलुका तथा रक्त वर्णकाे हुन्थ्याे। याे झण्डा विजयकाे सूचक मानिन्थ्याे। यसकाे दण्ड ५ हात लामाे हुन्थ्याे।
विजय : विजय ध्वजकाे लम्बाई ६ हात थियाे। श्वेत वर्णकाे याे ध्वज पूर्ण विजयकाअवसरमा फहराइन्थ्याे।
भीम : भीम ध्वज ७ हात लामाे हुन्थ्याे र लोमहर्षक युद्धका अवसरमा यसलार्इ फहराउने चलान थियाे। याे ध्वज अरुण वर्णकाे हुन्थ्याे।
चपल : चपल ध्वज पीत वर्णकाे तथा ८ हात लामाे हुन्थ्याे। विजय र हारकाे बीचमा जब द्वन्द्व चलिरहेकाे हुन्थ्याे, त्यस समयमा यसै चपल ध्वजका माध्यमबाट सेनापतिलार्इ युद्ध-गतिकाे सूचना दिइन्थ्याे।
वैजयन्तिक : वैजयन्तिक ध्वज ९ हात लामाे तथा विविध रंगहरूकाे हुने गर्थ्याे।
दीर्घ : दीर्घ ध्वजकाे लम्बाई १० हात हुन्थ्याे। याे ध्वज नीलाे रंगकाे हुन्थ्याे। युद्धकाे परिणाम जब शीघ्र ज्ञात हुन सक्दैनथ्याे त्यस समयमा यही झण्डा प्रयुक्त हुने गर्थ्याे।
विशाल : विशाल ध्वज ११ हात लामाे र धारीवाल हुन्थ्याे।
लोल : लोल झण्डा १२ हात लामाे र कृष्ण वर्णकाे हुन्थ्याे।
विभिन्न भारतीय मिडियाबाट