0 COMMENTS

पाँच स्वभावका व्यत्ती, जो सँग जानु हुदैन मन्दीर केही मानिसहरुले हामीलाई सकारात्मक उर्जा दिन्छन् भने कतिले नकारात्मक । भनिन्छ मन्दिर जाने समयमा वा भगवानको दर्शन गर्ने समयमा मन शान्त हुनुपर्छ । अशान्त मनले गरिएको पूजा कहिल्यै पनि सफल हुँदैन । धर्मग्रन्थ अनुसार यी पाँच स्वभाव भएका मानिसहरुसँग मन्दिर जानु उपयुक्त हुँदैन ।

नास्तिक
केही मानिसहरु भगवान र धर्मलाई नमान्नेहरु पनि हुन्छन् । उनीहरुलाई धर्मकर्ममा समय बर्वाद गरेजस्तो लाग्छ । यस्ता मानिसहरुलाई पनि पूजाको आसपासमा नराख्नुहोस् । किनभने यस्ता मानिसहरु साथमा हुँदा हामी पूर्ण रुपमा ध्यान दिन सक्दैनौं । त्यस कारण यी मानिसहरुसँग पुूजा गर्ने समयमा टाढै रहँदा राम्रो ।

रिसाउने
बिना कारण रिसाउनेहरुसँग मन्दिर नजानुहोस् । यस्तो व्यवहारलाई दानव जस्तो मानिन्छ । यस्ता मानिसहरुको मन प्रायजसो अशान्त रहन्छ । जसका कारण नकारात्मक असर पर्छ । त्यसैले पूजा गर्ने ठाउँमा यस्ता मानिसहरुको साथ राम्रो हुँदैन ।

जलन गर्नेहरु
जो मानिसरु अरुलाई देखेर जल्ने गर्छन् । उनीहरुको मनमा अरुका लागि छलकपट र पाप हुन्छ । यस्ता मानिसहरुसँग बस्नाले हाम्रो मन पनि अशान्त हुन्छ । अशान्त मनबाट गरिएको पूजा कहिल्यै पनि पुरा हुँदैन ।

लोभी
लाेभी मानिहरुको दुष्ट प्रवृतिका हुन्छन् । यस्ता मानिसहरु अरुको सामान कसरी पाउने भन्ने बारेमा मात्रै सोचिराखेका हुन्छन् । यस्ता मानिसहरुसँग मित्रता गर्नाले पनि धर्म नाश भएर जान्छ । त्यस कारण पूजाआजाको क्रममा यस्ता मानिसहरुसँग टाढा हुनुपर्छ ।

अरुको निन्दा गर्ने
अरुको निन्दा गर्ने मानिसहरुसँग पनि मन्दिर नजानुहोस् । यस्ता मानिसहरु कोही न कोहीको कुभलो चिताइरहेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।