0 COMMENTS

उत्तर : पूजा र आरती शब्दभन्दा पहिले सन्ध्यावन्दन र सन्ध्योपासना शब्द प्रचलनमा थिए। सन्धिकालमा नै सन्ध्यावन्दन गर्ने प्नावधान पाइन्छ। त्यसाे त सन्धि ८ वटा हुन्छन् जसलार्इ ८ प्रहर भन्ने गरिन्छ ।

ती अाठ प्रहरका नाम यसप्रकार छन् : दिनका ४ प्रहर- पूर्वाह्न, मध्याह्न, अपराह्न र सायंकाल। रातका ४ प्रहर- प्रदोष, निशिथ, त्रियामा एवं उषा। उषाकाल र सायंकालमा नै सन्ध्यावन्दन गर्ने गरिन्छ।
सन्ध्यावन्दन गर्दाखेरि कुनै मन्दिर या एकान्तमा शौच, आचमन, प्राणायामादि गरी गायत्री छन्दद्वारा निराकार ईश्वरकाे प्रार्थना वा वन्दना गर्ने गरिन्छ। वेदज्ञ र ईश्‍वरपरायण मानिसहरू यस समयमा विशेष प्रार्थना गर्दछन्। ज्ञानीजन यस समयमा एकाग्र भएर ध्‍यान गर्दछन्। भक्तजन यस समयमा भगवानकाे कीर्तन गर्दछन्। पाैराणिक मानिसहरू देवमूर्तिकाे सामुन्ने उपस्थित भएर यस समयमा पूजा वा आरती गर्दछन्। यसबाट के सिद्ध हुन्छ भने सन्ध्योपासना वा हिन्दू प्रार्थनाका विधिहरू ४ प्रकारका हुन पुगेः- १. प्रार्थना-स्तुति, २. ध्यान-साधना, ३. कीर्तन-भजन र ४. पूजा-आरती। जुन व्यक्तिकाे जुन कुरामा जस्ताे किसिमकाे श्रद्धा छ, यसले त्यस्तै किसिमकाे सन्ध्याेपासना गर्दछ ।
घरमा पूजाकाे प्रचलन : केही विद्वान के मान्दछन् भने घरमा पूजाकाे प्रचलन मध्यकालमा सुरू भएकाे हाे र त्यस बेलामा हिन्दुहरूलार्इ मन्दिरहरूमा जान प्रतिबन्ध लगाइएकाे थियाे। त्यस बेला कतिपय मन्दिरहरू भत्काइएकाे थियाे। यद्यपि घरमा पूजा गर्नाले कुनै पनि प्रकारकाे केही दोष वा बेफाइदा छैन। घरमा पूजा नित्य-प्रतिदिन गरिन्छ र मन्दिरमा पूजा वा आरतीमा सहभागी हुनका लागि विशेष दिनकाे व्यवस्था गरिएकाे छ ।अब अर्काे कुरा के छ भने मन्दिरमा पूजाअाजा गर्नका लागि प्रत्येक गुरुवार वा विहिवारलार्इ मन्दिरकाे पूजा कार्यमा सामेल हुनुपर्छ भन्ने शास्त्रीय विधिविधान रहेकाे छ। घरमा पूजा गर्दा त्यहाँ कुनै पुजारी हुँदैन भने मन्दिरमा हमेशा पुजारी हुने गर्छ। मन्दिरमा पूजाका सबै विधिविधान र नियमहरूकाे पालना गर्ने गरिन्छ भने घरमा व्यक्ति भगवानलार्इ अाफ्नाे भक्ति वा श्रद्धा प्रकट गर्नका लागि र अाफ्नाे आत्मसन्तुष्टिका लागि पूजा गर्दछ। लाल किताबका अनुसार घरमा मन्दिर बनाउनु तपार्इँका लागि अहितकारी पनि हुन सक्दछ। घरमा यदि पूजाकाे स्थान छ भने पनि तपार्इँ केवल कुनै एक मात्र देवी वा देवताकाे पूजा गर्नुहाेस् जसलार्इ तपार्इँ अाफ्नाे ईष्ट मान्नुहुन्छ ।
गृहे लिंगद्वयं नाच्यं गणेशत्रितयं तथा।

शंखद्वयं तथा सूर्यो नार्च्यो शक्तित्रयं तथा।।

द्वे चक्रे द्वारकायास्तु शालग्राम शिलाद्वयम्‌।

तेषां तु पुजनेनैव उद्वेगं प्राप्नुयाद् गृही।।

अर्थ- घरमा २ शिवलिंग, ३ गणेश, २ शंख, २ सूर्य, ३ दुर्गा मूर्ति, २ गोमती चक्र र २ शालिग्रामकाे पूजा गर्नाले गृहस्थ मनुष्यलार्इ अशान्ति हुन्छ भन्नाले त्यसाे गर्नु अप्रीतिकर हुनेछ। याे अालेख हामीले एक चर्चित भारतीय अनलाइनबाट नेपालीमा भावानुवाद गरी यहाँसमक्ष प्रस्तुत गरेका छाैँ । भाषा अनुवादक कुमार पाैडेल

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।