0 COMMENTS

भगवान शिव तुरून्त र तत्काल प्रसन्न हुने देवता हुन्। त्यसैले उनलार्इ आशुतोष भन्ने गरिन्छ। आउनुहाेस् जानाैँ भगवान शिवलार्इ अत्यन्त प्रिय यस्ता ११ सामग्रीहरू जुन साउन महिनामा उनलार्इ अर्पित गर्नाले भाेलेनाथ भक्तका हर मनाेकामना पूरा गर्छन्। ती ११ सामग्रीहरू यसप्रकार छन् : जल, बिल्वपत्र, आंकड़ा, धतुराे, भाङ, कर्पूर, दूध, अक्षता, चन्दन, भस्म र रूद्राक्ष …..

जल : शिव पुराणमा उल्लेख भए अनुसार भगवान शिव नै स्वयं जल हुन् । शिवलार्इ जल चढाउने महत्व पनि समुद्र मन्थनकाे कथासँग जाेडिएकाे छ। अग्नि समान विषपान गरेपछि शिवकाे कण्ठ एकदम नीलाे हुन गयाे। विषकाे ऊष्णतालार्इ शान्त गर्नका लागि शिवलार्इ शीतलता प्रदान प्राप्त हाेस् भन्ने अभिप्रायले समस्त देवी-देवताहरूले उनलार्इ जल अर्पित गरे। त्यसैले शिव पूजामा जलकाे विशेष महत्व छ। भनिन्छ कालकूट विषकाे डाहले छटपटिएर नै शिवजी गाेसाइकुण्डमा पुगेर अाफ्नाे त्रिशुलले खाेपेर त्रिशुली नदी निकाली चिसाे हिमाली जलपान गरेका थिए ।

बिल्वपत्र (बेलपत्र) : भगवानका तीन नेत्रकाे प्रतीक हाे बिल्वपत्र। अत: तीन पाते बिल्वपत्र शिवजीलार्इ अत्यन्त प्रिय छ। प्रभु आशुतोषकाे पूजनमा अभिषेक तथा बिल्वपत्रकाे प्रथम स्थान छ। ऋषिहरूका अनुसार बिल्वपत्र भोले-भण्डारीलार्इ चढाउनु एवं १ करोड कन्याहरूकाे कन्यादानकाे फल एक समान हुन्छ। भगवानका तीन नेत्रकाे प्रतीक हाे बिल्वपत्र।

आंकड़ा : शास्त्रका अनुसार शिव पूजामा एक आंकडाकाे फूल चढाउनु सुन दान गरे सरहकाे फल पाइन्छ।

धतुराे : भगवान शिवलार्इ धतुराे पनि अत्यन्त प्रिय वस्तु हाे। यसकाे पछाडि पुराणमा धार्मिक कारण बताइएकाे भए पनि वास्तवमा यसकाे पछाडि खास वैज्ञानिक आधार पनि भेटिन्छ। भगवान शिव कैलाश पर्वतमा बस्छन्।याे क्षेत्र अत्यन्त ठण्डा क्षेत्र हाे जहाँ यस्ता आहार र औषधिकाे अावश्यकता हुने गर्छ जसले शरीरमा ऊष्मा वा उष्णता प्रदान गराेस्। वैज्ञानिक दृष्टिबाट हेर्दा धतुराे सीमित मात्रामा लिइयाे भने यसले औषधिकाे काम गर्दछ र शरीरलार्इ भित्रबाट ताताे बनाइराख्छ ।
जबकि धार्मिक दृष्टिकाेण अनुसार यसकाे कारण देवी भागवत‍ पुराणमा विस्तारपूर्वक बताइएकाे छ। यस पुराणका अनुसार शिवले जब सागर मन्थनबाट निक्लेकाे हलाहल विष पान गरे तब उनी व्याकुल भए।तब अश्विनी कुमारले भाङ, धतुराे, बेल आदि औषधिहरू दिएर शिवजीकाे व्याकुलता दूर गरे।
त्यस समयदेखि नै शिवजीलार्इ भाङ धतुराे प्रिय छन्। शिवलिंगमा केवल धतुराे मात्रै नचढाउनुहाेस् बरू यसका साथै अाफ्नाे मन र विचारकाे मैलाे पनि अर्पित गर्नुहाेस्।

भाङ : शिव हमेशा ध्यानमग्न रहन्छन्। भाङले ध्यान केन्द्रित गर्ने काममा सहयाेगी भूमिका निर्वाह गर्दछ। यसबाट उनी हमेशा परमानन्दमा लीन हुन पुग्दछन् । समुद्र मन्थनमा निस्केकाे विषकाे सेवन महादेवले संसारकाे सुरक्षा हेतुले अाफ्नाे घाँटीमा राखेर गरेका थिए ।
भगवान शिवलार्इ औषधि स्वरूप भाङ दिइएकाे थियाे तर प्रभुले हर विषादी र नकारात्मकतालार्इ आत्मसात गरे। त्यसैले भाङ पनि उनलार्इ प्रिय छ। भगवान् शिवलार्इ के कुराले पनि चिनिन्छ भने यस संसारमा व्याप्त प्रत्येक खराबी र हर नकारात्मक चीज़लनर्इ अाफूभित्र ग्रहण गर्छन् र सारा चराचर जगतलार्इ कालकूट विषबाट रक्षा गर्छन्।

कर्पूर : भगवान शिवकाे अत्यन्त प्रिय मन्त्र हाे कर्पूरगौरं करूणावतारं…. अर्थात जो कर्पूरका समान उज्जवल छन्। कर्पूरकाे सुगन्धले वातावरणलार्इ शुद्ध र पवित्र बनाउँछ। भगवान भाेलेनाथलार्इ यस सुगन्धसँग ठूलाे प्रेम छ। अत: कर्पूर शिव पूजनमा अनिवार्य मानिन्छ।

दूध: श्रावण महिनामा दूधकाे सेवन निषेध गरिएकाे छ। दूध यस मासमा स्वास्थ्यका लागि लाभदायक वा गुणकारी हुनुकाे साटाे हानिकारक हुन जान्छ। त्यसैले साउन मासमा दूधकाे सेवन नगरी त्यसलार्इ शिवलार्इ अर्पित गर्ने विधान बनाइएकाे हाे।

अक्षता : चामललार्इ अक्षता पनि भनिन्छ र अक्षतकाे अर्थ हुन्छ नफुटेकाे वा नटुक्रेकाे सग्लाे। यसकाे रंग सेताे हुने गृछ। पूजनमा अक्षतकाे उपयोग अनिवार्य छ। कुनै पनि पूजनकाे समयमा गुलाल, बेसार, अबीर र कुम्कुम अर्पित गरेपछि अक्षता चढाइन्छ। अक्षत भएन भने शिव पूजा पूर्ण भएकाे मानिदैँन। कतिसम्म भने पूजामा आवश्यक कुनै सामग्री अनुपलब्ध भएकाे खण्डमा त्यसकाे साटाेमा पनि चामल चढाइने गरिन्छ।

चन्दन : चन्दनकाे सम्बन्ध शीतलतासँग छ।भगवान शिव मस्तकमा चन्दनकाे त्रिपुण्ड लगाउँछन्। चन्दनकाे प्रयोग अक्सर हवनमा गर्ने गरिन्छ र यसकाे वासनाबाट वातावरण अझ पुलकित हुन जान्छ। यदि शिवलार्इ चन्दन चढाइयाे भने यसबाट समाजमा मान सम्मान यश बढ्छ भन्रे अाम विश्वास रहेकाे पाइन्छ।

भस्म : यसकाे अर्थ पवित्रतामा लुकेकाे छ, त्याे पवित्रता जसलार्इ भगवान शिवले एक मृत व्यक्तिकाे जल्दै गरेकाे चितामा खोजेका छन्। जसलार्इ अाफ्नाे तनमा लगाएर उनी त्यस पवित्रताकाे सम्मान गृदछन्। भनिन्छ शरीरमा भस्म लगाएर भगवान शिव स्वयंलार्इ मृत आत्मासँग जोड्दछन्। उनका अनुसार मरेपछि मृत व्यक्तिलार्इ जलाए पश्चात बचेकाे खरानी वा राखमा त्यसकाे जीवनकाे कुनै कण शेष रहँदैन।
न उसका दुःख, न सुख, न कुनै खराबी र न नै उसका कुनै असल पक्ष नै बचेकाे हुन्छ। त्यसैले त्याे राख पवित्र हुन्छ, त्यसमा कुनै पनि प्रकारका गुण-अवगुण हुँदैन, यस्ताे राखलार्इ भगवान शिव अाफ्नाे तनमा लगाएर सम्मानित गर्दछन्। एउटा कथा के पनि छ भने पत्नी सतीले जब स्वयंलार्इ अग्निकुण्डमा हालिदिइन् अनि क्रोधित शिवले उनकाे भस्मलार्इ अाफ्नी पत्नीकाे आखिरी निशानी वा चिनाे मानेर तनमा लगाएका हुन्, जसले गर्दा सती भस्मका कणमार्फत हमेशा उनीसँग रहुन्।

रूद्राक्ष : भगवान शिवले रुद्राक्ष उत्पत्तिकाे कथा पार्वतीसँग भनेका छन्। एक समय भगवान शिवजीले एक हजार वर्षसम्म समाधि लगाए। समाधि पूर्ण हुँदाखेरि जब उनकाे मन बाहिरी जगतकाे सम्पर्कमा आयाे, तब जगतकाे कल्याणकाे कामना गर्ने महादेवले अाफ्नाे आँखा बन्द गरे।
त्यसै बेला उनका नेत्रबाट जलका बिन्दु पृथ्वीमा खसे। त्यही अश्रुबिन्दुबाट नै रुद्राक्षका वृक्ष उत्पन्न भए र ती शिवकाे इच्छा अनुसार भक्तहरूकाे हितका लागि समग्र देश विदेशमा फैलिन गए। ती वृक्षमा जुन फल फल्छन् ती नै रुद्राक्ष हुन्। वेबदुनियाबाट नेपालीमा भावानुवाद

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।