हाम्रा ऋषिमुनि तथा आयुर्वेदाचार्यहरूले छिटै सुत्ने र सबेरै उठ्रने एवं आहार-विहारका सम्बन्धमा जुन कुरा उल्लेख गरेका छन्, त्यसमाथि गहन अध्ययन तथा अन्वेषण गरी आधुनिक वैज्ञानिक र चिकित्सकहरू पनि अाज अाएर त्यस कुराकाे जाेडदार समर्थन गरिरहेका छन् ।
मनुष्यकाे शरीरमा करिब ६० हजार अरबदेखि एक लाख अरब जति कोश हुन्छन् र मानव शरीरमा प्रति सेकेण्ड एक अरब रासायनिक क्रियाहरू हुन्छन् । ती रासायनिक क्रियाहरूकाृ नियन्त्रण सुनियोजित ढंगबाट हुन्छ र उचित समयमा हरेक कार्यकाे सम्पादन हुन्छ । सचेतन मनद्वारा शरीरका सबै संस्थानहरूलार्इ नियत समयमा क्रियाशील गर्ने आदेश मस्तिष्ककाे पिनियल ग्रन्थिका माध्यमबाट स्रावहरू (हार्मोन्स) मार्फत हुने गर्छ । तिनीहरूमा मेलाटोनिन र सेरोटोनिन नामका हार्माेनहरू मुख्य छन्,जसकाे स्राव दिन-रातकाे कालचक्रका आधारमा हुन्छ । यदि कुनै कारणले यस प्राकृतिक शारीरिक कालचक्र वा जैविक घडीमा विक्षेप हुन गएमा त्यसकाे कारणले भयंकर रोग लाग्न सक्छ, जसकाे उपचार औषोधिहरूबाट मात्र सम्भव हुँदैन । र यदी अाफ्नाे दिनचर्या, खानपिन तथा निद्रालार्इ यस कालचक्र अनुरूप नियमित गरिएकाे खण्डमा भने ती रोगहरबाट हमेशा टाढा बस्न सकिन्छ र उत्तम स्वास्थ्य एवं दीर्घायुष्यकाे प्राप्ति हुन जान्छ । यस चक्रकाे विक्षेपबाट टाउकाे दुख्ने तथा चिसाे लाग्नेदेखि लिएर क्यान्सरजस्ता रोग पनि लाग्न सक्छन् । अवसाद, अनिद्रा जस्ता मानसिक रोग तथा मूत्र-संस्थानकाे रोग, उच्च रक्तचाप, मधुमेह (diabetes), मोटापन,ह्रदयरोग जस्ता घातक शारीरिक रोग पनि लाग्न सक्छन् । उचित भोजनकालमा पर्याप्त भोजन गर्नेहसरूकाे तुलनामा अनुचित समयमा कम भोजन गर्नेहरू धेरै मोटा हुन जान्छन् र तिनीहरूमा मधुमेहकाे सम्भावना प्रबल हुन्छ । अत: हामी के खान्छाैँ, कसरी सुत्छाैँ भन्ने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्वपूर्ण छ हामी कहिले खान्छाैँ वा कतिबेला सुत्छाैँ ।
अंगहरूकाे सक्रियता अनुसार दिनचर्या
प्रात : ३ बजेदेखि ५ बजेसम्म :याे ब्रम्हमुहूर्तकाे समय हाे । यस समयमा फाेक्साे सर्वाधिक क्रियाशील हुने समय हाे । ब्रम्हमुहूर्तमा अलिकति मन ताताे पानी पिएर खुला हावामा घुम्नुपृछ । यस समयमा दीर्घ श्वसन वा लामाे सास फेर्नाले फाेक्साेकाे कार्यक्षमता अत्यधिक मात्रामा बढ्न जान्छ । त्यसाे गर्नाले शुद्ध वायु (अक्सिजन) र ऋण आयन विपुल मात्रामा पाइने हुनाले शरीर स्वस्थ तथा स्फूर्तिमान हुन जान्छ । ब्रम्हमुहूर्तमा उठ्ने मानिसहरू बुद्धिमान तथा उत्साही हुन्छन् भने त्यस समयमा सुतिरहने मानिसहरकाे जीवन निस्तेज हुन जान्छ ।
प्रात: ५ बजेदेखि ७ बजेसम्म : यस समयमा ठूलाे अान्द्रा क्रियाशील हुन्छ । जुन व्यक्ति यस समयमा पनि सुतिरहन्छ वा मल-विसर्जन गर्दैन,त्यसका अान्द्राहरूले मलमध्येबाट त्याज्य द्रवांश शोषण गरी मल वा दिसालार्इ सुकाइदिन्छ । फलतः यसबाट कब्जियत तथा कतिपय अन्य रोगहरू उत्पन्न हुन्छन् । अत: प्रात: जागरणदेखि लिएर बिहान ७ बजेतिर मलत्याग गर्नुपर्छ ।
बिहान ७ देखि ९ तथा ९ बजेदेखि ११ बजेसम्म : ७ बदेखिजे ९ बजेसम्मकाे समय भनेकाे आमाशयकाे सक्रियताकाे समय हाे । यसपछि ९ बजेदेखि ११ बजेसम्म अग्न्याशय तथा प्लीहा सक्रिय हुने गर्छ । यस बेलामा शरीरमा पाचक रस अत्यधिक मात्रामा बन्दछ । अत: करिब ९ बजेदेखि १ बजेसम्मकाे समय भनेकाे भोजनका लागि उपयुक्त हुन्छ । भोजन गर्नुभन्दा पहिले ‘रं- रं- रं… ‘ बीज मन्त्रकाे जप गर्नाले जठराग्नि अझ प्रदीप्त हुन्छ । भोजन गर्दा बीच-बीचमा मन ताताे पानी (अनुकूलता अनुसार) एकाध घुट्का पिउनुपर्छ ।
याे बेलामा अल्पकालिक स्मृति सर्वोच्च स्थितिमा रहने हुनाले एकाग्रता र विचारशक्ति उत्तम काेटिकाे हुन जान्छ ।
अत: याे तीव्र क्रियाशीलताकाे समय हाे । यही समयमा दिनका महत्त्वपूर्ण कार्यहरूलार्इ प्रधानता दिनुपर्छ ।
बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म : याेस समयमा मानिसकाेउर्जा-प्रवाह ह्रदयमा विशेष रूपले रहेकाे हुन्छ । करुणा, दया, प्रेम आदि ह्रदयका संवेदनाहरूलार्इ विकसित एवं पोषित गर्नका लागि मध्याह्न १२ बजेकाे आसपास मध्यान्ह-संध्या गर्ने विधान हाम्राे संस्कृतिमा विद्यमान छ । हाम्राे संस्कृति कति दूरदर्शी छ भन्ने कुरा यसबाट प्रमाणित हुन्छ ।
अपराह्न १ बजेदेखि ३ बजेसम्म : यस समयमा मानव शरीरकाे सानाे अान्द्रा विशेष रूपले सक्रिय हुने गर्छ । यसकाे कार्य भनेकाे आहारबाट पाएका पोषक तत्वहरू अवशोषण तथा अनावश्यक पदार्थहरूलार्इ ठूलाे अान्द्रातिर धकेल्नु हाे । लगभग यसै समयमा अर्थात भोजन गरेकाे झण्डै २ घण्टापछि तिर्खा अनुसारकाे पानी खानुपर्छ, जसबाट त्याज्य पदार्थहरूलार्इ ठूलाे अान्द्रातिर जान सजिलाे हुन्छ । यस समयमा भोजन गर्नाले अथवा सुत्नाले पोषक आहार-रसकाे शोषणमा अवरोध उत्पन्न हुन्छ र शरीर रोगी तथा दुर्बल हुन जान्छ ।
अपराह्न ३ बजेदेखि ५ बजेसम्म: याे मूत्राशयकाे विशेष सक्रियताकाे काल हाे| मूत्रकाे संग्रहण गर्नु मूत्राशयकाे कार्य हाे | २ – ४ घण्टा पहिले खाएकाे पानीले यस बेलामा मूत्रत्याग गराउँछ |
साँझ ५ बजेदेखि ७ बजेसम्म : यस समय जीवनीशक्ति मृगाैलाहरूमा विशेष प्रवाहित हुन थाल्छन्र | बिहान लिइएकाे भोजनकाे पाचनक्रिया यतिखेर पूर्ण हुन जान्छ |
अत: यतिबेला सायं भुक्त्वा लघु हितं …(अष्टांगसंग्रह) अनुसार हल्का भोजन ग्रहण गर्नुपर्छ | साँझ सूर्यास्तभन्दा ४० मिनेट पहिलेदेखि सूर्यास्तकाे १० मिनेट पछिसम्म (सन्ध्याकालमा) भोजन गर्नुहुँदैन | न सन्ध्ययो: भुत्र्जीत | (सुश्रुत संहिता) सन्ध्याकालहरूमा भोजन ग्रहण गर्नुहुँदैन |
न अति सायं अन्नं अश्नीयात | (अष्टांगसंग्रह) सायंकाल (रात्रिकाल) मा धेरै विलम्ब गरी भोजन गर्न वर्जित गरिएकाे छ | राति धेरै ढिलाे खाइएकाे भोजनले अालस्यता निम्त्याउँछ जुन अनुभवगम्य छ |
बिहान भोजनकाे दुर्इ घण्टा पहिले तथा साँझकाे भोजनकाे तीन घण्टापछि दूध खान सकिन्छ |
रात्रि ७ बजेदेखि ९ बजेसम्म : यस समय मस्तिष्क विशेष सक्रिय रहन्छ |अत: प्रात:कालका अलावा यसबेलामा पढिएकाे पाठ पनि छिटै कण्ठ हुन जान्छ | आधुनिक अन्वेषणबाट पनि यसकाे पुष्टि भइसकेकाे छ| साँझकाे दीप बालेर दीपज्योति: परं ब्रम्हा….. आणि स्त्रोत्र्पाथ तथा शयनभन्दा पहिले स्वाध्याय गर्नु हाम्राे संस्कृतिकाे अभिन्न अंग हाे |
रात्रि ९ बजेदेखि ११ बजेसम्म : यस समय जीवनीशक्ति मेरूदण्डकाे हाडमा स्थित मेरुरज्जु (spinal cord) मा विशेष केन्द्रित भएकाे हुन्छ | यस समय पिठ्युँकाे अाड लिएर वा देब्रे काेल्टाे फर्केर विश्राम गर्नाले मेरुरज्जुले शरीरबाट प्राप्त शक्ति सहजै ग्रहण गर्न सक्छ |यसबेलाकाे निद्राले सर्वाधिक विश्रान्ति प्रदान गर्दछ र जागृत शरीर तथा बुद्धिलार्इ थकाइ दिन्छ |
रात्रि ९ बजेपछि पाचन संस्थानका अवयवहरू विश्रान्ति प्राप्त गर्दछन्, अत: यदि यस समयमा भोजन ग्रहण गरियाे भने त्याे भाेजन बिहानसम्म जठरमा नै रहिरहन्छ, पच्दैन र त्याे भाेजान सड्नाले यसबाट हानिकारक द्रव्य पैदा हुन जान्छन् जुन अम्ल (एसिड) का साथै अान्द्रामा लाग्ने रोग उत्पन्न हुन्छन् | त्यसैले यस समय भोजन गर्नु खतरनाक हाे |
रात्रि ११ बजेदेखि १ बजेसम्म : यस समय जीवनीशक्ति पित्ताशयमा सक्रिय रहन्छ | पित्तकाे संग्रहण पित्ताशयकाे मुख्य कार्य हाे | यस समयकाे जागरणले पित्तलार्इ प्रकुपित गरी अनिद्रा, टाउकाे दुख्ने आदि पित्त-विकार तथा नेत्र्रोगहरूलार्इ उत्पन्न गराउँछ |
रातिकाे १२ बजेपछि दिनमा गरिएकाे भोजनद्वारा शरीरका क्षतिग्रस्त कोशहरूकाे सट्टामा नयाँ कोशहरूकाे निर्माण हुन्छ |यस समय बिउँझै बस्याे भने चाँडै बुढ्याैली अाउँछ |
राति १ बजेदेखि ३ बजेसम्म : यस समय जीवनीशक्ति कलेजाे (liver) मा कार्यरत रहन्छ | अन्नकाे सूक्ष्म ढंगले पाचन गर्नु कलेजाेकाे काम हाे | यस समय शरीरलार्इ गहिराे निद्राकाे अावश्यकता हुन्छ |यसाे भएन भने यसबाट पूर्ति शरीरकाे पाचनतन्त्र डामाडाेल हुन्छ |
याे बेलामा यदि बिउँझै रहेमा शरीर निद्राकाे वशीभूत हुन थाल्दछ, दृष्टि मन्द हुन्छ र शरीरका सारा प्रतिक्रियाहरू मन्द हुन्छन् |अत: यस समय सडक दुर्घटनाहरू अत्यधिक मात्रामा हुने गर्छन् |
निम्न कुराहरू पनि विशेष ध्यान राख्नुहाेस् :
१) ऋषिहरू तथा आयुर्वेदाचार्यहरूले भाेक नलागीकन भोजन गर्न वर्जित गरेका छन् | अत: प्रात: एवं साँझकाे भोजनकाे मात्रा यसरी व्यवस्थित गर्नुहाेस् जसले गर्दा माथि भनिएकाे बेलामा अाँत हर्हर हुने गरी भाेक लागाेस्, |
२) बिहान तथा साँझकाे भोजनका बीचमा पटक-पटक केही न केही खाइरहनाले मोटाेपन, मधुमेह, ह्रदयरोग जस्ता राेगहरू र मानसिक तनाव तथा अवसाद (mental stress & depression)आदिकाे खतरा हुने गर्छ |
३) जमिनमा केही अाेछ्याएर सुखासनमा बसेर वा पलेँटी मारेर भोजन गर्नुपर्छ| यस आसनमा मूलाधार चक्र सक्रिय हुने हुनाले जठराग्नि प्रदीप्त हुने गर्छ | कुर्सीमा बसेर भोजन गर्नाले पाचनशक्ति कमजोर तथा उठेर भोजन गर्नाले त ठूलाे समस्या खडा गर्दछ | त्यसैले ‘बफे डिनर’ बाट टाढै बस्नुपर्छ |
४) भोजन ग्रहण गर्नुभन्दा पहिले प्रार्थना गर्नुपर्छ, मन्त्र भन्ने वा गीताकाे पन्ध्राैँ अध्यायकाे पाठ गर्नुपर्छ | यसबाट भोजन भगवतप्रसाद बन्न जान्छ | मन्त्र :
हरिर्दाता हरिर्भोक्ता हरिरन्नं प्रजापति: |
हरि: सर्वशरीरस्थो भुंक्ते भोजयते हरि: ||
५) भोजनपछि तत्कालै पानी खानु हुँदैन, अन्यथा जठराग्नि मन्द हुन जान्छ र पाचन ठिक ढंगले हुन पाउँदैन | अत: डेढ-दुर्इ घण्टापछि मात्रै पानी खानुपर्छ | फ्रिजकाे चिसाे पानी खानु हुँदैन |
६) पानी सधैँभरि बसेर तथा एक एक घुट्का गर्दै मुखमा खेलाएर खानुपर्छ | यसबाट अत्यधिक मात्रामा र्याल पेटमा जान्छ , जसबाट पेटकाे अम्लसँग सन्तुलन कायम गरी दुखाइ, रिँगटा तथा बिहानकाे टाउकाे दुखाइ आदि पीडाहरूबाट मुक्ति दिलाउँछ |
७) भोजन गरेपछि १० मिनेट वज्रासन बस्नुपर्छ | यसबाट भोजन चाँडै पच्दछ |
८) पृथ्वीकाे चु्म्बकीय क्षेत्रकाे लाभ पाइने हुनाले शिर पूर्व वा दक्षिण दिशामा फर्काएर सुत्नुपर्छ; अन्यथा अनिद्रा जस्ता समस्याहरू देखिन सक्छन्|
९) शरीरकाे जैविक घडीलार्इ ठीक ढंगले चलाउनका लागि राति बत्ती निभाएर सुत्नुपर्छ | यस सन्दर्भमा गरिएकाे एउटा शोध अाश्चर्यजनक छ |नर्थ क्याराेलाइना युनिभर्सिटीका प्रोफेसर डा. अजीजका अनुसार राति अबेरसम्म कार्य वा अध्ययन गर्नाले र बत्ती बालेरै सुत्नाले जैविक घडी निष्क्रिय हुन गर्इ भयंकर स्वास्थ्य-सम्बन्धी हानिहरू हुन्छन् | अँध्याराेमा सुत्नाले याे जैविक घडी सही ढंगले चल्दछ |
हिजाेअाज पाइने अधिकांश रोगहरूकाे भनेकाे कारण अस्त-व्यस्त दिनचर्या तथा विपरीत आहार नै हाे | यदि हामीले अाफ्नाे दिनचर्यालार्इ शरीरकाे जैविक घडी अनुरूप बनायाैँ भने शरीरका विभिन्न अंगहरूकाे सक्रियताकाे अनायास नै हामीलार्इ लाभ हुनेछ| यस प्रकार अलिकति सजगताले नै हामीलार्इ स्वस्थ जीवन प्राप्त हुनेछ |एक भारतीय ब्लगबाट नेपालीमा भावानुवाद ।