तन्त्र, मन्त्र र यन्त्रमा सबभन्दा पहिले तन्त्रकाे नै उल्लेख भएकाे पाइन्छ। तन्त्र शब्दकाे अर्थमा विवाद छ। त्यसैले हामी यसकाे अर्थ, यसकाे प्राचीनता र यसकाे इतिहासकाे सवालमा कुरा गर्दैनाैँ। यहाँ तान्त्रिकहरूसँग जोडेर तन्त्रकाे जुन प्रचलित अर्थ वा भाव बुझिन अाउँछ त्यसैलार्इ बुझ्नुपर्छ।
वास्तवमा तन्त्र शब्द योग शब्द समान छ, जसरी हरेक किसिमका दर्शनका अगाडि योग लगाइन्छ त्यसरी नै तन्त्रकाे पनि लगाइन्छ। उदाहरणार्थ सांख्य योगलार्इ सांख्य तन्त्र पनि भन्न सकिन्छ। तन्त्रलार्इ तपार्इं सिद्धान्त शब्द समान मान्न सक्नुहुन्छ। तन्त्रकाे मांस, मदिरा र संभोगसँग कुनै पनि प्रकारकाे सम्बन्ध छैन, जुन व्यक्ति यस किसिमका घोर कर्ममा लिप्त छन्, उनीहरू कहिल्यै पनि तान्त्रिक बन्न सक्दैनन् । तन्त्रलार्इ यस किसिमका मानिसहरूले बदनाम गरेका छन्।
तन्त्र एक रहस्यमयी विद्या हाे। हिन्दू धर्मका साथै बौद्ध र जैन धर्ममा पनि विद्याकाे प्रचलन छ। तन्त्रलार्इ मूलत: शैव आगम शास्त्रसँग जोडेर हेर्ने गरिन्छ, तर यसकाे मूल अथर्ववेदमा नै पाइन्छ। तन्त्र शास्त्रलार्इ ३ भागमा विभक्त गरिएकाे छः आगम तन्त्र, यामल तन्त्र र मुख्य तन्त्र। तन्त्र शास्त्रकाे मन्त्र र पूजा अलग किसिमका हुन्छन्। अाउनुहाेस तन्त्र मार्गका बारेमा विस्तृत जानकारी हासिल गराैँ…
तन्त्र र अस्त्र-शस्त्र : तन्त्र विद्याका माध्यमबाट व्यक्ति अाफ्नाे आत्मशक्तिकाे विकास गरेर कयाैँ किसिमका शक्तिहरूबाट सम्पन्न हुन सक्छ । यही नै तन्त्रकाे उद्देश्य हाे। तन्त्रका माध्यमबाट नै प्राचीनकालमा घातक किसिमका हतियार बनाइन्थ्याे, जस्तै पाशुपतास्त्र, नागपाश, ब्रह्मास्त्र आदि।
यसै गरी तन्त्रबाट नै सम्मोहन, त्राटक, त्रिकाल, इन्द्रजाल, परा, अपरा र प्राण विद्याकाे जन्म पनि तन्त्र विद्याबाट नै भएकाे। यसरी नै मनुष्यबाट पशु बन्नु , गायब हुनु , एकचाेटीमा ५- ५ रूप लिनु , समुद्रलार्इ नाघ्नु , विशाल पर्वतहरूलार्इ बाेक्नु, करोडाैँ मील टाढाकाे व्यक्तिलार्इ देख्न सक्नु तथा उनीहरूसँग कुरा गर्नु जस्ता अनेक कार्य यी सबै तन्त्र विद्याबाट मात्रै सम्भव छ। तन्त्र परम्परा : तन्त्रका प्रथम उपदेशक भगवान शंकर र त्यसपछि भगवान दत्तात्रेय भए। पछि गएर ८४ सिद्ध, योगी, शाक्त र नाथ परम्पराकाे प्रचलन नै देखा पर्याे। यस परम्परामा गुरु गोरखनाथ र नवनाथहरू उल्लेख गर्नु जरूरी छ। गोरखनाथका गुरु मत्स्येन्द्रनाथ।
यहाँ यस्ता हजाराैँ तान्त्रिकहरूकाे नाम उल्लेख गर्न सकिन्छ जसले तन्त्रलार्इ एक नयाँ उचाइमा पुर्याए र सिद्धि एवं मोक्ष प्राप्त गर्ने नयाँ नयाँ मार्ग पत्ता लगाए।
तन्त्र विज्ञान- जसमा यन्त्रहरूकाे स्थानमा मानव अन्तरालमा रहने विद्युत शक्तिलार्इ केही यस्ता विशेषता सम्पन्न बनाइन्छ जसबाट प्रकृतिसँग सूक्ष्म परमाणु त्यसै स्थितिमा परिणित हुन जस्ताे जिसमें कि मनुष्य चाहता है।
पदार्थहरकाे रचना, परिवर्तन र विनाशकाे जस्ता ठूला काम बिना कुनै यन्त्रकाे सहायता तन्त्रबाटै गर्न सकिन्छ। विज्ञानकाे यस तन्त्र भागलार्इ ‘सावित्री विज्ञान’ तन्त्र-साधना, वाममार्ग आदि नामले चिनिन्छ। तन्त्र-शास्त्रमा जुन पाँच प्रकारका साधना बताइएका छन्, त्यसमध्ये मुद्रा साधन धेरै महत्वपूर्ण छ। मुद्रामा आसन, प्राणायाम, ध्यान आदि योगका सबै क्रियाहरू समावेश हुन्छन्।
तन्त्र साधनाहरू : हरेक किसिमका साधनाकाे एक तन्त्र पक्ष पनि हुन्छ। तन्त्र शास्त्रका रचयिता एवं वक्ता आदिनाथ भगवान शिव नै हुन् । कुनै न कुनै रूपमा सबै हिन्दू समाज यस मान्यतालार्इ स्वीकार गर्छन्।यसका अलावा भैरव, वीर, यक्ष, गन्धर्व, सर्प, किन्नर, विद्याधर, दस महाविद्या, पिशाचिनी, योगिनी, यक्षिणीहरू आदि सबै तन्त्रमार्गी देवी र देवता छन्। के देखिएकाे छ भने कतिपय तान्त्रिकहरूकाे मसान, पिशाच, भैरव, छाया, पुरुष, सेबडा, ब्रह्मराक्षस, वेताल, कर्ण-पिशाचनी, त्रिपुर-सुन्दरी, कालरात्रि, दुर्गा आदिका सिद्धि प्राप्त गरेका हुन्छन्। तर याे कुरा कतिसम्म सत्य हाे हामीलार्इ थाहा छैन ।
कस्ता हुन्छन् तन्त्र साधनाहरू : तन्त्र साधनामा शान्ति कर्म, वशीकरण, स्तम्भन, विद्वेषण, उच्चाटन र मारण नामक छ: तान्त्रिक षट् कर्म हुन्छन्। यसका अतिरिक्त नौ प्रयोगहरूकाे वर्णन पाइन्छ:- मारण, मोहन, स्तम्भन, विद्वेषण, उच्चाटन, वशीकरण, आकर्षण, यक्षिणी साधना, रसायन क्रिया तन्त्रका यी नौ प्रयोग हुन्।उल्लिखित सबै तन्त्र साधनाहरू गर्नका लागि अन्य कयाैँ प्रकारका देवी-देवताहरूकाे साधना गर्ने गरिन्छ। अघोरीहरू यसका लागि शिव साधना, शव साधना र श्मशान साधना गर्दछन्। धेरै जसाे मानिसहरू भैरव साधना, नाग साधना, पैशाचिनी साधना, यक्षिणी साधा वा रुद्र साधना गर्दछन् ।
यद्यपि यसकाे एक निम्न स्तर पनि छ। जस्तै यस विद्याका माध्यमबाट अाँखा लाग्नु, उन्माद भूतोन्माद, ग्रहहरूकाे अनिष्ट, खराब दिन, कसैद्वारा प्रेरित अभिचार, मानसिक उद्वेग आदिलार्इ शान्त पार्नु पनि तन्त्र साधना अन्तर्गत पर्छ। शारीरिक रोगहरूकाे निवारण, सर्प, बिच्छी आदिकाे दर्शन एवं विषालु जीवजन्तुबाट उन्मुक्ति पनि तन्त्रबाट गर्न सकिन्छ भन्ने दाबी गरिएकाे छ।तर विद्वानहरूकाे मत के छ भने तान्त्रिक साधनाकाे मूल उद्देश्य सिद्धिसँग साक्षात्कार गर्नु हाे। यसका लागि अन्तर्मुखी भएर साधनाहरू सम्पन्न गरिन्छ। तान्त्रिक साधनालार्इ साधारणतया ३ मार्ग- वाम मार्ग, दक्षिण मार्ग र मध्यम मार्गमा विभाजन गरिएकाे छ।
तन्त्र र नारी : यस सम्बन्धमा के मान्यता छ भने तन्त्र साधनामा नारी हुनु अनिवार्य मानिएकाे छ। तर याे कति उचित हाे त्यस सम्बन्धमा हामी यसै हाे भन्न सक्दैनाैँ। यद्यपि धेरैजसाे तान्त्रिकहरू नारी विना पनि साधना गर्दछन्, किनभने यसबाट पनि तन्त्रमा नारीकाे अनिवार्यता स्वीकार गर्न सकिँदैन।
याे आकर्षण नै कामशक्ति हाे जसलार्इ तन्त्रमा आदिशक्ति भनिएकाे छ। याे परम्परागत पुरुषार्थ (धर्म, अर्थ, काम, मोक्ष) मध्ये एक हाे। तन्त्र शास्त्रका अनुसार नारी यही आदिशक्तिकाे साकार प्रतिरूप हाे। षटचक्र भेदन र तन्त्र साधनामा स्त्रीकाे उपस्थिति स्वीकार्य छ, किनभने साधना स्थूल शरीरद्वारा नभएर सूक्ष्म शरीर द्वारा मात्रै सम्भव छ। वेबदुनियाबाट नेपालीमा अनुवादित