0 COMMENTS

पेरिस१३, साउन ०७५/विश्वका उत्कृष्ट युवा खेलाडी केलियन एम्बाप्पेलाई पिएसजीले ७ नम्बरको जर्सी दिएको छ।फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा गत सिजनदेखि आवद्ध भएका एम्बाप्पेले सुरूमा २९ नम्बरको जर्सी पाएका थिए।

रूसमा हालै सम्पन्न २१औं संस्करणको फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि क्लबले उनलाई ७ नम्बरको जर्सी दिएको हो।यसअघि पिएसजी क्लबमा ७ नम्बरको जर्सी ब्राजिलका मिडफिल्डर लुकास मोउराले लगाउने गरेका थिए।

मोउरा सन् २०१३ देखि पिएसजीमा आवद्ध थिए। तर, यही जनवरीमा २ करोड ५० लाख पाउन्डमा इङ्लिस क्लब टोटेनह्म गएसँगै उम्बाप्पेले ७ नम्बरको जर्सी पाएका हुन्।१९ वर्षीय एम्बाप्पे पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोका ‘फ्यान’ भएकाले पनि उनी ७ नम्बर जर्सी लगाउने चाहाना राखेक थिए। रोनाल्डो पनि ७ नम्बर जर्सीमा उत्रिने गर्छन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।