प्राचीनकालमा सनातन धर्मकाे पहुँच र प्रभाव
हिन्दू धर्मकाे ९० हजार वर्षभन्दा पनि लामाे लिखित इतिहासका क्रममा लगभग २० हजार वर्ष अगाडिदेखि नयाँ शिराबाट वैदिक धर्मकाे स्थापना भयाे र त्यही सिलसिलामा नयाँ ढंगबाट पूर्वीय सभ्यताकाे विकास पनि प्रारम्भ भयाे। प्रारम्भमा ब्रह्मा र उनका पुत्रहरूले धर्तीमा विज्ञान, धर्म, संस्कृति र सभ्यताकाे विस्तार गरे। यस क्रममा शिव र विष्णु सत्ता धर्म र इतिहासका केन्द्रमा हुने गर्थे। देवता र दानवकाे काल अनुमानित २० हजार ईसा पूर्वदेखि झण्डै ७ हजार ईसा पूर्वसम्म चलेकाे थियाे । त्यसपछि पृथ्वी जलमा डुबेपछि ययाति र वैवस्वत मनुकाे काल र कुलकाे सुरूवात भएकाे पाइन्छ।
संसारभरिका प्राचीन सभ्यताहरूसँग हिन्दू धर्मकाे सघन सम्पर्क थियाे। सम्पूर्ण पृथ्वीमा हिन्दू वैदिक धर्मले नै मानव जातिलार्इ सभ्य बनाउनका लागि अलग-अलग क्षेत्रहरूमा धार्मिक विचारधारा नयाँ-नयाँ रूपमा स्थापना गरेकाे थियाे। आज दुनियाँभरिका धार्मिक संस्कृति र समाजमा हिन्दू धर्मकाे झलक देख्न सकिन्छ चाहे त्याे यहुदी, यजिदी, रोमा, पारसी, बौद्ध धर्म होस् वा इसाई-इस्लाम धर्ममा नै किन नहाेस्।
सनातन धर्मावलम्बीहरूले यस क्रममा विश्वभरि विशालकाय मन्दिर, भवन र नगरहरूकाे निर्माण कार्य तीव्र गतिमा अगाडि बढाएका थिए। हिन्दू धर्मले अाफ्नाे जरा युरोपदेखि लिएर एसियासम्म फैलाएका थिए, जसकाे प्रमाण आज पनि पाइन्छ। आज हामी यहाँहरूलार्इ विश्वकाे एउटा यस्ताे स्थानकाे बारेमा जानकारी गराउन गइरहेका छाैँ जुन कुरा थाहा पाएर तपाइँ राेमाञ्चित मात्र हुनु हुने छैन अपितु अाफूले मानी अाएकाे धर्म कुनै समय संसारमा यतिसम्म चरम चुलीमा पुगेकाे रहेछ भनेर हर्षविभाेर पनि हुनुहुनेछ ।
भ्याटिकन सहरकाे शिवलिंग :वर्तमानमा इसार्इ धर्मावलम्बीहरूकाे केन्द्रबिन्दुका रूपमा रहेकाे भ्याटिकन सहर क्याथाेलिक इसार्इ धर्मगुरू पाेपकाे निवासस्थान पनि हाे । मानिसहरू त्यही भ्याटिकन सिटीमा कुनै समय हिन्दु धर्मकाे जगजगी थियाे भन्दा अाश्चर्य मान्छन् तर के कुरा सत्य हाे भने प्राचीनकालमा हालकाे भ्याटिकन सिटीमा सनातन धर्मकाे प्रभाव थियाे जसकाे प्रमाण अन्वेषणका क्रममा भेटाइएकाे शिवलिंग हाे । भन्न त मानिसहरू के पनि भन्छन् भने भ्याटिकन त वाटिकाकाे अपभ्रंश हाे । वैदिक कालमा याे स्थान पनि हिन्दू धर्मकाे केन्द्रका रूपमा ख्यातिप्राप्त थियाे । यहाँ पुरातात्विक अन्वेषणका क्रममा शिवलिंग प्राप्त भएकाे थियाे जसलार्इ अहिले रोमकाे ग्रेगोरियन इट्रस्केन संग्रहालय (Gregorian Etruscan Museum) मा राखिएकाे छ।
वास्तवमा भ्याटिकन सहरलार्इ गहिरिएर हेर्ने हाे भने यसकाे मूल स्वरूप शिवलिंगकाे अाकारसँग ठ्याक्के मेल खान्छ । अर्थात् भ्याटिकन सिटीकाे मूल स्वरूप शिवलिंग सदृश (समान) छ । इतिहासकार पी.एन.ओकले अाफ्नाे शोधमा के दाबी गरेका छन् भने धर्म चाहे जुनसुकै हाेस् तर तिनकाे उद्भव वा उत्पत्तिचाहिँ सनातन धर्म वा हिन्दू धर्मबाटै भएकाे हाे।
अाफ्नाे दाबीलार्इ बल प्रदान वा सही ठहर्याउन इतिकासकार ओकले अनेक उदाहरण पेश गरेका छन् ।त्यसमध्ये राेमकाे भ्याटिकन सहर उनकाे प्रमुख उदाहरण हा्े । ओककाे भनाइ के छ भने भ्याटिकन शब्दकाे उत्पत्ति संस्कृत भाषाकाे ‘वाटिका’ शब्दबाट भएकाे हाे। यति मात्र हाेइन उनले कतिसम्म भनेका छन् भने इसाई धर्म यानि ‘क्रिश्चियानिटी’ लार्इ पनि सनातन धर्मकाे ‘कृष्ण नीति’ तथा अब्राहमलार्इ ‘ब्रह्मा’ बाट लिइएकाे हाे। पी.एन.ओकका अनुसार इस्लाम र इसाई दुबै धर्म वैदिक मान्यताहरूकाे विरुपणबाट जन्मेका हुन्।
भ्याटिकन सहरकाे संरचना र शिवलिंगकाे आकृतिमा एउटा गजबकाे समानता छ। यहाँ दिइएकाे तस्वीरलार्इ हेरेर नै तपाइँ के बुझ्न सक्नुहुन्छ भने हिन्दुहरूकाे पवित्र प्रतीक शिवलिंग र भ्याटिकन सहरकाे प्रांगणकाे रचनामा विस्मयकारी वा अाश्चर्यजनक समानता देखिन्छ ।भगवान् शिवकाे निधारमा तीन रेखाहरू (त्रिपुण्डक) र एक बिन्दु हुन्छ जुन रेखाहरू र बिन्दु शिवलिंगमा पनि दुरूस्तै अंकित भएकाे पाइन्छ। ध्यानपूर्वक हेर्दा तपाइँले के थाहा पाउनुहुन्छ भने जुन तीन रेखाहरू र एक बिन्दूकाे यहाँ चर्चा भएकाे छ त्याे पिआजा सेन पिएट्रोका रूपमा भ्याटिकन सहरकाे डिजाइनमा समाहित देख्न सकिन्छ।अर्थात् त्याे जुन पिअाजा सेन पिएट्राे छ वास्तवमा त्याे नै शिवलिंगमा पाइने त्रिपुण्डक र एक बिन्दुकाे प्रतीक हाे । याे जानकारीमूलक अालेख वेब दुनियाँबाट नेपालीमा अनुवाद गरी यहाँहरूसमक्ष प्रस्तुत गरिएकाे छ । वास्तवमा सनातन धर्म संस्कृतिका बारेमा प्रकाश पार्दै अाफ्ना गाैरवमय अतीतप्रति अास्था जगाउने पावन उद्देश्यबाट अभिप्रेरित भर्इ तदनुरूप याे अत्यन्त महत्वपूर्ण जानकारी प्रकाशित गरिएकाे छ । भाषा अनुवादक कुमार पाैडेल