0 COMMENTS

अनिरुद्ध जोशी ‘शतायु’|

अार्यहरूलार्इ केही विद्वान विदेशी अर्थात् भारतवर्ष बाहिरका मान्छन् त केही विद्वान स्वदेशी अर्थात् भारतवर्ष भित्रका मान्छन् । खास गरी अंग्रेज र वामपन्थी इतिहाकारहरूका अलावा उनीहरूकाे अनुसरण गर्नेहरू अार्यहरूलार्इ विदेशी मान्छन् ।अनि अरू जाे अार्यहरूलार्इ स्वदेशी मान्छन् तिनीहरूमा पनि परस्पर मतभेद छ । तर्कका अाधारमा अाफ्नाे पक्षलार्इ मजबुत गराउने प्रयास गर्नेहरूका अा अाफ्ना उद्देश्य हुन सक्छन् । यसमा केही विधर्मीहरू पनि समावेश छन् । विधर्मी भन्नाले अाफ्नाे कुल धर्मलार्इ परित्याग गरी अर्काकाे धर्म ग्रहण गर्नेहरू भन्ने बुझिन्छ।

कुनै पनि अर्काे धर्मलार्इ स्थापित गराउन सबभन्दा पहिले अाफ्नाे धर्मलार्इ गलत साबित गर्नुपर्छ । यस क्रममा त्याे धर्मका साथै त्यसका प्रथा, रीति-रिवाज, दर्शन, नीति-नियम आदिलार्इ तर्कद्वारा के सिद्ध गर्नुपर्छ भने अब यी सब प्रासंगिक छैनन्, अब यी सब पुराना नियम भइसके वा खासमा याे धर्म नै हाेइन । धर्म त त्याे हाे जाे हामी भनिरहेका छाैँ। जे हाेस्…
अब अाउनुहाेस् हामी तपाइँलार्इ अार्य काे थिए, अार्य र अार्यावर्त शब्दकाे अर्थ के हाे र सबभन्दा महत्वपूर्ण अार्य भारतवर्षका हुन् कि विदेशी यस सम्बन्धमा सविस्तार व्याख्या गर्दछाैँ । यसका साथै हिन्दू शब्दकाे उत्पत्ति र यसकाे अर्थ के हाे, सनातन धर्म के हाे भन्ने विषयमा पनि विस्तृत रूपमा जानकारी गराउँछाैँ ।

आर्यकाे अर्थ :

आर्यकाे अर्थ श्रेष्ठ भन्ने बुझिन्छ। त्यसाे भए काे श्रेष्ठ त ? वास्तवमा वैदिक धर्म र नीति नियम अनुसार जीवनयापन गर्ने स्वयंलार्इ श्रेष्ठ मान्ने जाति नै अार्य हाे। यस विपरीत जसले वेद विरूद्ध जीवन यापन गर्ने र ब्रह्मलार्इ छाडेर अन्य शक्तिहरूलार्इ मान्थे तिनीहरूलार्इ अनार्य मानिन्थ्याे। आर्य कुनै जाति विशेषलार्इ नभएर एक विशेष विचारधारालार्इ मान्ने समूह थियाे जसमा श्‍वेत(गाेरा), पित(पहेँला), रक्त(राता वर्णका), श्याम र अश्‍वेत रंगका सबै मानिसहरू सामेल थिए ।

महाकुलकुलीनार्यसभ्यसज्जनसाधव:। -अमरकोष ७।३

अर्थात् : आर्य शब्दकाे प्रयोग महाकुल, कुलीन, सभ्य, सज्जन, साधु आदिका लागि गरिएकाे पाइन्छ।

आर्य कुनै विशेष जाति नभएर याे त अाफूलार्इ अार्य भन्ने मानिसहरूकाे समूह थियाे र त्याे समूहमा भिन्न भिन्न जातिय समूहका मानिसहरू अाबद्ध थिए । यस प्रकार आर्य धर्मकाे अर्थ श्रेष्ठ समाजकाे धर्म नै हुन अाउँछ ।… सायणाचार्यले अाफ्नाे ऋग्भाष्यमा ‘आर्य’ काे अर्थ विज्ञ, यज्ञकाे अनुष्ठाता, विज्ञ स्तोता, विद्वान् आदरणीय अथवा सर्वत्र गंतव्य, उत्तमवर्ण, मनु, कर्मयुक्त र कर्मानुष्ठानले श्रेष्ठ आदि लगाएका छन्।

आदरणीयकाे अर्थमा त संस्कृत साहित्यमा आर्यकाे धेरै प्रयोग भएकाे छ। पत्नी पतिलार्इ आर्यपुत्र भन्दथी। पितामहलार्इ आर्य (हिन्दी- आजा) र पितामहीलार्इ आर्या (हिन्दी- आजी, ऐया, अइया) भन्ने चलन अद्यापि रहेकाे पाइन्छ । नैतिक रूपमा प्रकृत आचरण गर्नेहरूलार्इ आर्य भनिएकाे छ।

कर्तव्यमाचनरन् कार्यमकर्तव्यमनाचरन्।

तिष्ठति प्रकृताचारे स आर्य इति उच्यते।।
प्रारम्भमा ‘आर्य’ काे प्रयोग प्रजाति अथवा वर्णकाे अर्थमा हाेइन नैतिक अर्थमा नै यसकाे अर्थ अधिक प्रचलित थियाे । जस अनुसार कुनै पनि वर्ण अथवा जातिकाे व्यक्ति अाफ्नाे श्रेष्ठता अथवा सज्जनताका कारण आर्यकाे अधिकारी हुन्थ्याे।वाल्मीकि रामायणमा समदृष्टि राख्ने र सज्जनताले पूर्ण श्रीरामचन्द्रजीलार्इ स्थान-स्थानमा ‘आर्य’ तथा ‘आर्यपुत्र’ भनिएकाे छ। विदुरनीतिमा धार्मिकलार्इ, चाणक्यनीतिमा गुणीजनलार्इ, महाभारतमा श्रेष्ठबुद्धि भएकालार्इ तथा गीतामा वीरलार्इ ‘आर्य’ भनिएकाे पाइन्छ। महर्षि दयानन्द सरस्वतीजीले आर्य शब्दकाे व्याख्या गर्दै के भनेका छन् भने ‘जो श्रेष्ठ स्वभाव, धर्मात्मा, परोपकारी, सत्य-विद्या आदि गुणयुक्त छ र अार्यावर्त देशमा सधैंभरि निवास गर्दछ त्याे नै अार्य हाे।’

आर्य काे : पशु, पक्षी, वृक्ष आदि भिन्न-भिन्न जाति हुन् । त्यसै गरी मनुष्य पनि एक जाति हाे जसकाे उत्पत्तिकाे मूल एक नै हाे। जाति रूपबाट त मनुष्यमा कुनै भेद छैन तर गुण, कर्म, स्वभाव तथा व्यवहार आदिमा भिन्नता हुन्छन्। कर्मकाे भेद अनुसार मनुष्य जातिमा दुर्इ किसिमका भेद दर्साउन सकिन्छ:- १.आर्य र २.दस्यु। एकै परिवारमा यी दुबै हुन सक्छन्।

वेदले भनेकाे छ ‘कृण्वन्तो विश्वमार्यम’ अर्थात् सारा संसारलार्इ आर्य बनाअाैँ। वेदमा आर्य (श्रेष्ठ मनुष्यहरू) लार्इ नै पदार्थ दिइने विधान गरिएकाे छ, ‘अहं भूमिमददामार्याय’ अर्थात् म आर्यहरूलार्इ याे भूमि दिन्छु। यसकाे अर्थ के भयाे भने आर्य परिश्रमले अाफ्नाे कल्याण गर्ने, परोपकार वृत्तिबाट अरूलार्इ लाभ पुर्याउने जाति विशेष भन्ने बुझिन्छ भने दस्यु दुष्ट स्वार्थी सबै प्राणीहरूलार्इ हानि पुर्याउने मानव समूह विशेष हाे भन्ने स्पष्ट हुन अाउँछ। अत: दुष्टलार्इ अाफ्नाे भूमि आदि सम्पत्ति दिनु हुँदैन चाहे त्याे अाफ्नै पुत्र किन नहाेस् । रावणका पिता विश्रवा आर्य थिए तर रावण एक दस्यु थियाे।

वेदमा भनिएकाे छ, ‘विजानह्याय्यान्ये च दस्यव:’ अर्थात् आर्य र दस्युहरूकाे विशेष ज्ञान राख्नुपर्छ। निरुक्तले आर्यलार्इ सच्चा ईश्वर पुत्रद्वारा सम्बोधन गर्दछ। वेद मन्त्रहरूमा सत्य, अहिंसा, पवित्रता आदि गुण धारण गर्नेहरूलार्इ आर्य भनिएकाे छ र सारा संसारलार्इ आर्य बनाउने सन्देश दिइएकाे छ।

अार्यावर्त :

आर्यावर्तकाे अर्थ श्रेष्ठ जनहरूकाे निवास स्थान हाे। भारतवर्षकाे यस सम्पूर्ण धरतीकाे मध्यमा आर्यावर्त थियाे जसका सीमाहरू समय क्रममा बदलिंदै गए । याे मध्यभूमि सरस्वती नदीकाे वल्लाे किनारादेखि लिएर सिन्धु नदीकाे पल्लाे किनारासम्म फैलिएकाे थियाे । जसका कारण नै सिन्धु र सरस्वती सभ्यताकाे जन्म भयाे। वेदमा खास गरेर सिन्धु र सरस्वती तथा यिनीहरूका सहायक नदीहरूका बारेमा निकै उल्लेख भएकाे पाइन्छ। आर्यभूमिकाे विस्तार काबुलकाे कुम्भा नदीदेखि भारतकाे गंगा नदीसम्म र कश्मीरकाे की वादीहरूदेखि नर्मादाकाे पल्लाे छेउसम्म थियाे । यद्यपि प्रत्येक कालमा आर्यावर्तकाे क्षेत्रफल अलग-अलग रह्याे। प्राचीन कालमा दक्षिण भारतमा ज्यादै कम मात्र भूमि बसाेबास लायक थियाे भने बाँकी सबै जमिन जंगल र जलाशयले ढाकिएकाे थियाे ।

सिन्धु नदीका पश्चिमतिरका सहायक नदीहरू- कुभा सुवास्तु, कुमु र गोमतीकाे उल्लेख पनि ऋग्वेदमा पाइन्छ। यस नदीका सहायक नदीहरू- वितस्ता, चन्द्रभागा, ईरावती, विपासा र शुतुद्री हुन्। यसमा शुतुद्री सबभन्दा ठूलाे उपनदी हाे। शुतुद्री नदीमा नै एशियाकाे सबभन्दा ठूलाे भागडा-नांगल बाँध बनेकाे छ। झेलम, चिनाब, रावी, व्यास एवं सतलज सिन्धु नदीका प्रमुख सहायक नदीहरू हुन्। यिनीहरूका अतिरिक्त गिलगिट, काबुल, स्वात, कुर्रम, टोची, गोमल, संगर आदि अन्य सहायक नदीहरू पनि छन्। प्राचीनकालमा अफगानिस्तानलार्इ आर्याना, आर्यानुम्र वीजू नामले चिनिन्थ्याे भने पछि गएर याे पख्तिया, खुरासान, पश्तूनख्वाह र रोह आदि नामहरूबाट चिनिन थाल्याे। पछि फेरि यसकाे नाम उपगण स्थान भयाे, जसमा गान्धार, कम्बोज, कुंभा, वर्णु, सुवास्तु आदि क्षेत्र पर्दथे।

सिन्धु नदीकाे तटमा नै सनातन धर्मावलम्बीका पूर्वजहरूले प्राचीन सभ्यता र धर्मकाे जग हालेका थिए। सिन्धु घाटी (उपत्यका) मा कतिपय प्राचीन नगरहरू अन्वेषण गरी पत्ता लगाइएकाे छ । जसमा मोहनजोदडाे र हडप्पा प्रमुख हुन्। सिन्धु घाटीकाे सभ्यता ३ हजार ईसा पूर्वकाे हाे। ऋग्वेदमा उल्लेख भए अनुसार प्रथम मानवकाे उत्पत्ति वितस्ता नदीकाे किनारामा भग्काे थियाे।

ऋग्वेदमा सरस्वती नदीकाे अन्नवती तथा उदकवतीका रूपमा वर्णन गरिएकाे छ। महाभारतमा सरस्वती नदीका प्लक्षवती नदी, वेदस्मृति, वेदवती आदि नाम छन्। ऋग्वेदमा सरस्वती नदीलार्इ ‘यमुनाकाे पूर्व’ र ‘सतलजकाे पश्चिम’ मा बग्ने नदी भनिएकाे छ। ताण्डय र जैमिनीय ब्राह्मणमा सरस्वती नदीलार्इ मरुस्थलमा बिलाएकाे बताइएकाे पाइन्छ। महाभारतमा सरस्वती नदीलार्इ मरुस्थलमा ‘विनाशन’ नामक स्थानमा विलुप्त भएकाे वर्णन पाइन्छ। यसै नदीका किनारामा ब्रह्मावर्त थियाे, कुरुक्षेत्र थियाे, तर आज त्यहाँ जलाशय छ।

नदीकाे स्वरूप हेर्दा पूर्व हडप्पाकालीन थियाे र याे ४ हजार इसा पूर्वकाे मध्यमा सुक्न लागेकाे थियाे।त्यसै क्रममा अन्य अरू पनि एकदमै ठूलाे परिमाणमा भौगोलिक परिवर्तन भए र २ हजार ईसा पूर्व भएका यी इन परिवर्तनहरूका कारण उत्तर-पश्चिमपट्टि बग्ने नदीहरूमध्ये एउटा नदी गायब हुन पुग्याे । हाे, यही नदी नै सरस्वती नदी थियाे।

ऋग्वेदमा आर्यहरूका निवास स्थानलार्इ ‘सप्तसिन्धु’ प्रदेश भनिएकाे छ। ऋग्वेदकाे नदीसूक्त (१०/७५) मा आर्यनिवासमा प्रवाहित हुने नदीहरूकाे वर्णन पाइन्छ, जुन यस प्रकार छन्:- कुभा (काबुल नदी), क्रुगु (कुर्रम), गोमती (गोमल), सिन्धु, परुष्णी (रावी), शुतुद्री (सतलज), वितस्ता (झेलम), सरस्वती, यमुना तथा गंगा। उक्त सम्पूर्ण नदीहरूका आसपास र यिनीहरूका विस्तार क्षेत्रसम्म आर्य बस्दथे।

आर्यका जातिहरू :

जो व्यक्ति वैदिक नियमहरूकाे पालना गर्दैनथ्याे उसलार्इ अनार्य मानिन्थ्याे। अनार्यहरूमा कोल, चार्वाक र नास्तिक सम्प्रदायकाे उल्लेख धेरै पाइन्छ। जे हाेस्…

वास्तवमा प्रारम्भिक सभ्यताएहरू हिमालयबाट निस्कने नदीहरूका किनारामा नै विकास भएका थिए। हिमालयकाे दक्षिणमा बग्ने नदीहरूमा सिन्धु, सरस्वती, गंगा, यमुना र ब्रह्मपुत्रलार्इ प्रमुख मानिएकाे छ जसका हजाराैँ सहायक नदीहरू छन्। यसका अलावा भारतवर्षमा नर्मदा, गोदावरी र महानदीलार्इ प्रमुख स्थान प्राप्त छ। अनि गोमती, कृष्णा, कावेरी र ताप्ती आदि नदीकाे पनि उल्लेख छ ।

यी नदीहरूका तटहरूमा कुरु, पांचाल, पुण्ड्र, कलिंग, मगध, दक्षिणात्य, अपरान्तदेशवासी, सौराष्ट्रगण, तहा शूर, आभीर एवं अर्बुदगण, कारूष, मालव, पारियात्र, सौवीर, सन्धव, हूण, शाल्व, कोशल, मद्र, आराम, अम्बष्ठ, शाक्य र पारसी गण बस्दथे। यसकाे पूर्वी भागमा किराँत र पश्चिमी भागमा यवन बसेका थिए। अनन्त (शेष), वासुकी, तक्षक, कार्कोटक र पिंगला- उक्त पाँच नागका कुलका मानिसहरूकाे भारतवर्षमा वर्चस्व थियाे। यी सबै कश्यप वंशी थिए र यिनीहरूबाटै नागवंश चल्याे।यी सबै आर्य थिए।

महाभारत अनुसार प्राग्ज्योतिष (असम), किंपुरुष (नेपाल), त्रिविष्टप (तिब्बत), हरिवर्ष (चीन), कश्मीर, अभिसार (राजौरी), दार्द, हूण हुंजा, अम्बिस्ट आम्ब, पख्तू, कैकेय, गान्धार, कम्बोज, वाल्हीक बलख, शिवि शिवस्थान-सीस्टान-सारा बलुच क्षेत्र, सिन्ध, सौवीर सौराष्ट्र समेत सिन्धकाे तल्लाे क्षेत्र दंडक महाराष्ट्र सुरभिपट्टन मैसुर, चोल, आन्ध्र, कलिंग तथा सिंहल सहित लगभग २०० जनपद महाभारतमा वर्णित छन्, जुनचाहिँ पूर्णतया आर्य थिए वा आर्य संस्कृति तथा भाषाबाट प्रभावित थिए। यिनीहरूमध्ये आभीर अहीर, तंवर, कंबोज, यवन, शिना, काक, पणि, चुलूक चालुक्य, सरोस्ट सरोटे, कक्कड़, खोखर, चिन्धा चिन्धड, समेरा, कोकन, जांगल, शक, पुण्ड्र, ओड्र, मालव, क्षुद्रक, योधेय जोहिया, शूर, तक्षक तथा लोहड आदि आर्यक्षेत्रहरू विशेष उल्लेखनीय छन्।
म्लेच्छ र यवन आर्यहरूमाथि बारम्बार आक्रमण गरिरहन्थे। यद्यपि यी दुबै नै आर्य कुलबाट उत्पन्न भएका थिए। आर्यहरूमा भरत, दास, दस्यु र अन्य जातिका मानिसहरू पर्दथे। वेदमा उल्लिखित पंचनंद अर्थात पाँच कुलका मानिसहरू नै यदु, कुरु, पुरु, द्रुहु र अनु थिए। यिनीहरूमध्ये द्रहु र अनुका कुलका मानिसहरू नै पछि गएर क्रमशः म्लेच्छ र यवन कहलाए।

१६ महाजनपद : महाभारतका अनुसार भारतलार्इ मुख्‍यत: १६ महाजनपदहरूमा स्थापित गरियाे। जैन ‘हरिवंश पुराण’ का अनुसार चाहिँ प्राचीन भारतमा १८ महाराज्य थिए। पालि साहित्यकाे प्राचीनतम ग्रन्थ ‘अंगुत्तरनिकाय’ मा भगवान बुद्धभन्दा पहिले १६ महाजनपदहरूकाे नामोल्लेख पाइन्छ। यी १६ जनपदमध्ये एक जनपदकाे नाम कंबोज थियाे। बौद्ध ग्रन्थहरूका अनुसार कंबोज जनपद सम्राट् अशोक महानकाे सीमावर्ती प्रान्त थियाे। भारतीय जनपदहरूमा राज्याणि, दोरज्जाणि र गणरायाणि शासन थियाे अर्थात् क्रमशः एक राजाकाे, दुर्इ राजाहरूकाे र जनताकाे शासन थियाे।

१.रामकाे काल ५११४ ईसा पूर्वमा नौ प्रमुख महाजनपद थिए जस अन्तर्गत उप जनपद हुने गर्दथे। यी नौ जनपदहरू यस प्रकार छन्- १.मगध, २.अंग (बिहार), ३.अवन्ति (उज्जैन), ४.अनूप (नर्मदा तटकाे महिष्मती), ५.सूरसेन (मथुरा), ६.धनीप (राजस्थान), ७.पांडय (तमिल), ८. विन्ध्य (मध्यप्रदेश) र ९.मलय (मलावार)।

२.१६ महाजनपदहरूका नाम यस प्रकार छन् : १.कुरु, २. पांचाल, ३. शूरसेन, ४.वत्स, ५. कोशल, ६. मल्ल, ७. काशी, ८. अंग, ९. मगध, १०. वृज्जि, ११. चे‍दि, १२. मत्स्य, १३.अश्मक, १४.अवंति, १५.गान्धार र १६. कंबोज। उक्त १६ महाजनपदहरू अन्तर्गत साना साना अनेक जनपद हुने गर्थे। यी जनपदहरूमा अनेक जा‍तिका मानिसहरू बस्दथे जसमध्ये अधिकांशले अाफूलार्इ अार्य भन्दथे ।अार्यकाे विपरीत कोल सम्प्रदायलार्इ मानिन्थ्याे ।

‘सिन्धु’ बाट बन्याे ‘हिन्दू’ :

सवाल के हाे भने ‘हिन्दू’ शब्द ‘सिन्धु’ बाट कसरी बन्याे ? भारतमा बग्ने एउटा नदीलार्इ सिन्धु भनिन्थ्याे। भारत विभाजन पछि अब त्याे नदी पाकिस्तानकाे हिस्सा भयाे। ऋग्वेदमा सप्त सिन्धुकाे उल्लेख भेटिन्छ। यही सप्त सिन्धु नै अार्यहरूकाे खास वासस्थान हाे । भाषाविदहरूका अनुसार हिन्द-आर्य भाषाहरूकाे ‘स्’ ध्वनि (संस्कृतकाे व्यंजन ‘स्’) ईरानी भाषाहरूमा ‘ह्’ ध्वनिमा बदलिन जान्छ। त्यसैले सप्त सिन्धु अवेस्तन भाषा (पारसीहरूकाे धर्मभाषा) मा जाँदा हफ्त हिन्दू मा परिवर्तित हुन पुग्याे (अवस्ता : वेंदीदाद, फर्गर्द १.१८)। परिणामस्वरूप इरानीहरूले सिन्धु नदीकाे पूर्वमा बस्नेहरूलार्इ ‘हिन्दू’ नाम दिए। इरानकाे पतनपछि जब अरबबाट मुस्लिम अाक्रमणकारी भारतमा आए त्यसपछि उनीहरूले पनि भारतका मूल धर्मावलम्बीहरूलार्इ हिन्दू भन्न थाले। यसरी हिन्दुहरूले याे ‘हिन्दू’ भन्ने शब्द पाए।

पारसी धर्मकाे स्थापना आर्यहरूकाे एक शाखा ले ७०० इसा पूर्व गरेका थिए। मात्र ७०० इसापूर्व ? कालान्तरमा यस धर्मलार्इ जरथुस्त्रले संगठित रूप दिए। यस धर्मका संस्थापकहरू अत्रि कुलका थिउ। यदि पारसीहरूलार्इ ‘स्’ काे उच्चारणमा समस्या हुन्थ्याे भने उनीहरू सिन्धु नदीलार्इ पनि हिन्दू नदी नै भन्दा हुन् र पाकिस्तानकाे सिन्ध प्रान्तलार्इ पनि हिन्द भन्थे हाेलान् र सि‍न्धीहरूलार्इ पजि हिन्दू भन्थे हाेलान्। आज पनि सिन्धु छ र सिन्धी पनि छ। यसमा अर्काे के पनि छ भने उनीहरूका अनुसार त संस्कृतकाे नाम पनि हंस्कृत हुनुपर्थ्याे। सबैभन्दा बलियाे प्रमाण के छ भने ‘हिन्दू’ शब्दकाे उल्लेख पारसीहरूकाे किताबभन्दा पहिलेका किताबहरूमा पनि भी पाइएकाे छ। त्याे किताब भनेकाे विशालाक्ष शिवद्वारा लिखित बार्हस्पत्य शास्त्र हाे जसकाे संक्षेप बृहस्पतिजीले गरेका थिए। पछि गएर वराहमिहिर रचित ‘बृहत्संहिता’ मा पनि यसकाे उल्लेख गरिएकाे छ। बृहस्पति आगमले पनि यसकाे उल्लेख गरेकाे पाइन्छ।

इन्दुबाट बन्याे हिन्दू :

चिनियाँ यात्री ह्वेनसांगकाे समयमा ‘हिन्दू’ शब्द प्रचलित थियाे। यस सम्बन्धमा के मान्षता भने ‘हिन्दू’ शब्द ‘इन्दु’ बाट बनेकाे हाे । इन्दुकाे पर्यायवाची चन्द्रमा हाे । चीनमा पनि ‘इन्दु’ लार्इ ‘इन्तु’ भनिन्छ। भारतीय ज्योतिषशास्त्रले चन्द्रमालार्इ धेरै महत्व दिएकाे छ। राशि निर्धारण चन्द्रमाका आधारमा नै हुन्छ । चन्द्रमासका आधारमा तिथिहरू र पर्वहरूकाे गणना हुन्छ। अत: चीनका मानिसहरू भारतीयहरूलार्इ ‘इन्तु’ वन ‘हिन्दू’ भन्न थाले। मुस्लिम आक्रमणभन्दा पहिले नै ‘हिन्दू’ शब्द प्रचलित हुनाले के स्पष्ट हुन्छ भने याे नाम पारसी वा मुसलमानहरूकाे देन हाेइन।

बृहस्पति आगम : विशालाक्ष शिवद्वारा रचित राजनीतिकाे महान शास्त्रकाे संक्षित महर्षि बृहस्पतिजीले बार्हस्पत्य शात्र नामबाट लेखेका छन्। फेरि वराहमिहिरले बृहत्संहिता नामक एक शास्त्र लेखेका छन्। यसपछि बृहस्पति-आगमकाे रचना भयाे। ‘बृहस्पति आगम’ सहित अन्य आगम इरानी वा अरबी सभ्यताहरूभन्दा धेरै पहिला प्राचीनकालमा नै लेखिसकिएकाे थियाे। अतः ती अागमहरूमा ‘हिन्दुस्थान’ काे उल्लेख हुनाले के स्पष्ट हुन्छ भने हिन्दू (वा हिन्दुस्थान) नाम प्राचीन ऋषिमुनिद्वारा दिइएकाे थियाे न कि अरबी/इरानीद्वारा हाेइन। कालान्तरमा चाहिँ बरू याे नाम अरबी/इरानीद्वारा प्रयुक्त हुन थाल्याे। यद्यपि याे आगमलार्इ आधुनिक कालमा लेखिएकाे मान्ने जमात पनि ठूलै छ ।

यसकाे एक श्लोकमा भनिएकाे छ :-

ॐकार मूलमंत्राढ्य: पुनर्जन्म दृढ़ाशय:

गोभक्तो भारतगुरु: हिन्दुर्हिंसनदूषक:।

हिंसया दूयते चित्तं तेन हिन्दुरितीरित:।

‘ॐकार’ जसकाे मूल मंत्र हाे, पुनर्जन्ममा जसकाे दृढ़ आस्था छ, भारतवर्षले जसकाे प्रवर्तन गरेकाे छ तथा हिंसालार्इ जसले निन्दा गर्दछ,त्यही नै हिन्दू हाे।

श्लोक : ‘हिमालयात् समारभ्य यावत् इन्दु सरोवरम्। तं देवनिर्मितं देशं हिन्दुस्थानं प्रचक्षते॥’- (बृहस्पति आगम)

अर्थात : हिमालयदेखि प्रारम्भ भएर इन्दु सरोवर (हिन्द महासागर) सम्म याे देव निर्मित देश हिन्दुस्थान भनिन्छ।

हिमालयबाट हिन्दू : केही मानिसहरू के भन्छन् भने हिन्दू शब्द यसकाे भौगोलिक पहिचानका कारण सामुन्ने आयाे। जुन भूमि हिमालय र हिन्द महासागरकाे बीचमा पर्दछ त्यही भूमिलार्इ हिन्दू भनियाे।

एक अन्य विचारका अनुसार हिमालयकाे प्रथम अक्षर ‘हि’ एवं ‘इन्दु’ काे अन्तिम अक्षर ‘न्दु’। यी दुर्इ अक्षरहरूलार्इ मिलाएर ‘हिन्दू’ शब्द बन्याे र याे भू-भागलार्इ हिन्दुस्थान भनियाे। ‘हिन्दू’ शब्द त्यसबेलामा धर्मकाे साटाे राष्ट्रियताका रूपमा प्रयुक्त हुने गर्थ्याे। किनभने त्यसबेलामा भारतवर्षमा केवल वैदिक धर्मलार्इ नै मान्ने मानिसहरू थिए र त्यतिबेला अन्य कुनै धर्मकाे उदय भएकाे थिएन । त्यसर्ले ‘हिन्दू’ शब्द सबै भारतवर्षवासीहरूका लागि के लिए प्रयुक्त हुन्थ्याे। भारतवर्षमा हिन्दुहरू बस्ने कारणले कालान्तरमा विदेशीहरूले यस शब्दलार्इ धर्मका सन्दर्भमा प्रयोग गर्न सुरू गरिदिए।

वास्तवमा ‘हिन्दू’ नाम तुर्क, फारसी, अरब आदिका प्रभाव कालभन्दा पनि पहिलेदेखि नै चलिअाएकाे पाइन्छ । यसकाे एक उदाहरण हिन्दूकुश पर्वतमालाकाे इतिहास हाे। यस शब्दकाे संस्कृत तथा लौकिक साहित्यमा व्यापक प्रमाण पाइन्छ।

वस्तुतः यह नाम हामीलार्इ विदेशीहरूले दिएका हाेइनन्। हिन्दू नाम पूर्णतया भारतवर्षकाे हाे र हरेक सनातन धर्मावलम्बीलार्इ यस नाममाथि गर्व हुनुपर्छ।

‘हिन्दू’ शब्दकाे मूल निश्चित रूपले वेदादि प्राचीन ग्रन्थहरूमा विद्यमान छ। उपनिषद कालका प्राकृत, अपभ्रंश, संस्कृत एवं मध्यकालीन साहित्यमा ‘हिन्दू’ शब्द पर्याप्त मात्रामा पाइन्छ। अनेक विद्वानहरूकाे मत के छ भने ‘हिन्दू’ शब्द प्राचीनकालदेखि नै सामान्यजनकाे व्यावहारिक भाषामा प्रयुक्त भइरहेकाे छ ।

जब प्राकृत एवं अपभ्रंश शब्दहरूकाे प्रयोग साहित्यिक भाषाका रूपमा हुन थाल्याे ,तयसबेला सर्वत्र प्रचलित ‘हिन्दू’ शब्दकाे प्रयोग संस्कृत ग्रंथहरूमा पनि हुन थाल्याे। ब्राहिस्पत्य, कालिका पुराण, कवि कोश, राम कोश, कोश, मेदिनी कोश, शब्द कल्पद्रुम, मेरूतंत्र, पारिजात हरण नाटक, भविष्य पुराण, अग्निपुराण र वायु पुराणादि संस्कृत ग्रंथहरूमा ‘हिन्दू’ शब्द जाति अर्थमा सुस्पष्ट रूपमा प्रयाेग भएकाे पाइन्छ।

यसबाट के स्पष्ट हुन अाउँछ भने यी संस्कृत ग्रंथहरूकाे रचना कालभन्दा पहिले पनि ‘हिन्दू’ शब्द जन समुदायमा प्रयोग हुन्थ्याे।

”याे पथ सनातन छ। समस्त देवता र मनुष्य यसै मार्गबाट पैदा भए तथा प्रगति गरे। हे मनुष्यहरू तपार्इंहरू अाफू उत्पन्न हुने आधाररूपा अाफ्नी मातालार्इ विनष्ट नगर्नुहाेस्।”- (ऋग्वेद-३-१८-१)
सनातनकाे अर्थ हाे जो शाश्वत छ, सदाका लागि सत्य छ। जुन कुराकाे शाश्वत महत्व छ त्यही नै सनातन हाे भनिएकाे छ। जस्तै सत्य सनातन छ। ईश्वर पनि सत्य छ, आत्मा पनि सत्य छ, मोक्ष पनि सत्य छ र यी सत्यकाे मार्गलार्इ देखाउने धर्म सनातन धर्म पनि सत्य छ। याे त्याे सत्य हाे जुन अनादि कालदेखि चल्दै अाइरहेकाे छ र जसकाे कहिल्यै पनि अन्त हुँदैन त्यही नै सनातन वा शाश्वत हाे। जसकाे न प्रारम्भ छर जसकाे न अन्त छ त्यही सत्यलार्इ नै सनातन भनिन्छ। यही सनातन धर्मकाे सत्य हाे।

वैदिक वा हिन्दू धर्मलार्इ किन सनातन धर्म भनिन्छ भने यही नै एकमात्र धर्म हाे जसले ईश्वर, आत्मा र मोक्षलार्इ तत्व र ध्यानद्वारा जान्ने मार्गका बारेमा सविस्तार बयान गर्दछ। मोक्षकाे धारणा यही धर्मकाे देन हाे। एकनिष्ठता, ध्यान, मौन र तपसहित यम-नियमकाे अभ्यास र जागरण नै मोक्ष मार्ग हाे । यसका अलावा अन्य कुनै मोक्षका मार्ग छैनन्। मोक्षबाट नै आत्मज्ञान र ईश्वरकाे ज्ञान हुन्छ। यही सनातन धर्मकाे सत्य हाे।

सनातन धर्मका मूल तत्व सत्य, अहिंसा, दया, क्षमा, दान, जप, तप, यम-नियम आदि हुन् जसकाे शाश्वत महत्व छ। अन्य प्रमुख धर्महरू उदयभन्दा पहिले नै वेदमा यी सिद्धान्तहरू प्रतिपादित भइसकेका थिए।

।।ॐ।।असतो मा सदगमय, तमसो मा ज्योर्तिगमय, मृत्योर्मा अमृतं गमय।।- वृहदारण्य उपनिषद

भावार्थ : अर्थात हे ईश्वर मलार्इ असत्यबाट सत्यतिर, अन्धकारबाट प्रकाशतिर र मृत्युबाट अमृत वा अमरतातिर लैजाउ।

जुन मानिसहरू परम तत्व परब्रह्म परमेश्वरलार्इ चिन्न सक्दैनन् तिनीहरू पक्के पनि असत्यमा भासिन्छन् । असत्यमा परेका मानिसहरू मृत्युकालमा अनन्त अन्धकारमा पर्दछन् । तिनीहरूकाे जीवन गाथा भ्रम र भाैतारिने गाथा सिद्ध हुन जान्छ। तिनीहरू कहिल्यै अमृत्व वा अमरत्व प्राप्त गर्न सक्दैनन्। मृत्यु अाउनुपूर्व नै सनातन धर्मकाे सत्य मार्गमा जानुमा नै मानव मात्रकाे भलाइ सन्निहित छ । अन्यथा अनन्त योनीहरूमा भट्किनु त छँदैछ प्रलयकालकाे अन्धकारमा परिरहनु पर्दछ।

।।ॐ।। पूर्णमद: पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते। पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते।।- ईश उपनिषद

भावार्थ : सत्य दुर्इ धातुहरूबाट बनेकाे छ सत् र तत्। सत् काे अर्थ याे र तत् काे अर्थ त्याे हाे। दुबै सत्य हुन्। अहं ब्रह्मास्मी र तत्वमसि। अर्थात् म नै ब्रह्म हूँ र तँ नै ब्रह्म होस्। याे सम्पूर्ण जगत ब्रह्ममय छ। ब्रह्म पूर्ण छ। यह जगत् पनि पूर्ण छ। पूर्ण जगतकाे उत्पत्ति पूर्ण ब्रह्मबाट भएकाे हाे। पूर्ण ब्रह्मबाट पूर्ण जगतकाे उत्पत्ति भएर पनि ब्रह्मकाे पूर्णतामा कुनै न्यूनता अाउँदैन। त्याे त शेष रूपमा पनि पूर्ण नै रहन्छ। यही सनातन सत्य हाे।

जुन तत्व सदा, सर्वदा, निर्लेप, निरंजन, निर्विकार र सदैव स्वरूपमा स्थित रहन्छ त्यसलार्इ नै सनातन वा शाश्वत सत्य भनिन्छ । वेदकाे ब्रह्म र गीताकाे स्थितप्रज्ञ नै शाश्वत सत्य हाे। जड, प्राण, मन, आत्मा र ब्रह्म शाश्वत सत्यका श्रेणीमा आउँछन्। सृष्टि तथा ईश्वर (ब्रह्म) अनादि, अनन्त, सनातन र सर्वविभु छन्।

जड पाँच तत्वबाट दृश्यमान छ- आकाश, वायु, जल, अग्नि र पृथ्वी। यी सबै शाश्वत सत्यका श्रेणीमा आउँछन्। यिनीहरू अाफ्नाे रूप बदलिरहन्छन् तर समाप्त हुँदैनन्। प्राणका पनि अाफ्ना अवस्थाहरू हुन्छन्: प्राण, अपान, समान र यम। त्यसै गरी आत्माका पनि अवस्थाहरू छन्: जाग्रत, स्वप्न, सुषुप्ति र तुर्या। ज्ञानी मानिसहरू ब्रह्मलार्इ निर्गुण र सगुण भन्दछन्। उक्त सारा भेद तबसम्म विद्यमान रहन्छन् जबसम्म आत्माले मोक्ष प्राप्त गर्दैन ।। यही सनातन धर्मकाे सत्य हाे।

ब्रह्म महाआकाश हाे भने आत्मा घटाकाश। आत्माकाे मोक्ष परायण हुनु नै ब्रह्ममा लीन हुनु हाे । त्यसैले के भनिन्छ भने ब्रह्म सत्य जगत मिथ्‍या यही सनातन सत्य हाे। एवं यस शाश्वत सत्यलार्इ बुझ्रने वा मान्नेहरू नै सनातनी भनिन्छन्।

सनातन मार्ग : विज्ञान जब प्रत्येक वस्तु, विचार र तत्वकाे मूल्यांकन गर्छ र त यस प्रक्रियामा धर्मका अनेक विश्वास र सिद्धान्त धराशायी हुन जान्छन्। विज्ञान पनि सनातन सत्यलार्इ समात्न अहिलेसम्म सफल भएकाे छैन तर वेदान्तमा उल्लिखित जुन सनातन सत्यकाे महिमाकाे वर्णन गरिएकाे छ त्यसलार्इ विज्ञानले बिस्तारै पछ्याइरहेकाे देखिन्छ ।

हाम्रा ऋषि-मुनिहरूले ध्यान र मोक्षकाे गहिराइकाे अवस्थामा ब्रह्म, ब्रह्माण्ड तथा आत्माकाे रहस्यलार्इ बुझेर त्यसलार्इ स्पष्ट रूपमा व्यक्त गरेका थिए। वेदमा नै सर्वप्रथम ब्रह्म र ब्रह्माण्डकाे रहस्यबाट पर्दा हटाएर ‘मोक्ष’ काे धारणालार्इ प्रतिपादित गरी त्यसकाे महत्वलार्इ उल्लेख गरिएकाे थियाे। मोक्ष बिना आत्माकाे कुनै गति छैन । त्यसैले ऋषिहरूले मोक्षकाे मार्गलार्इ नै सनातन मार्ग माने।

यही हाे मोक्षकाे मार्ग : धर्म, अर्थ, काम, मोक्षमा मोक्ष अन्तिम लक्ष्य हाे। यम, नियम, अभ्यास र जागरणबाट नै मोक्ष मार्ग पुष्ट हुन्छ। जन्म र मृत्यु मिथ्‍या हाे। जगत भ्रमपूर्ण छ। ब्रह्म र मोक्ष नै सत्य हुन्। मोक्षबाट नै ब्रह्म हुन सकिन्छ। यसका अलावा स्वयंकाे अस्तित्वलार्इ कायम गर्ने कुनै उपाय देखिदैँन । ब्रह्म प्रति नै समर्पित हुनेहरूलार्इ ब्राह्मण र ब्रह्मलार्इ बुझ्नेहरूलार्इ ब्रह्मर्षि र ब्रह्मलार्इ बुझेर ब्रह्ममय हुनेहरूलार्इ नै ब्रह्मलीन भनिन्छ।

विरोधाभासी छैन सनातन धर्म : सनातन धर्मकाे यस सत्यलार्इ अलग-अलग कालका अनेक ऋषिहरूले जन्म दिएका हुन्। ती ऋषिहरूलार्इ दृष्टा भनिएकाे छ। अर्थात् उनीहरूले सत्यलार्इ जस्ताे देखे, त्यस्तै भने। त्यसैले सबै ऋषिहरूकाे भनाइमा एकरूपता पाइन्छ। जसले ती ऋषिहरूकाे भनाइलार्इ बुझ्दैनन् तिनीहरू नै त्यसमा भेद गर्दछन्। भेद भाषाहरूमा हुन्छ, अनुवादकहरूमा हुन्छ, संस्कृतिहरूमा हुन्छ, परम्पराहरूमा हुन्छ, सिद्धान्तहरूमा हुन्छ तर सत्यमा भेद हुँदैन।

वेद भन्दछ ईश्वर अजन्मा छ। त्यसलार्इ जन्म लिने आवश्यकता छैन, त्यसले कहिल्यै जन्म लिएकाे छैन र त्याे कहिल्यै जन्म लिने छैन। ईश्वर त एकै छ तर देवी-देवता भगवान अनेक छन्। त्यही एकलार्इ छाडेर ति अनेकका आधारमा नियम, पूजा, तीर्थ आदि कर्मकाण्डलार्इ सनातन धर्मकाे अंग मानिदैँन । यही सनातन सत्य हाे

विदेशी इतिहासकार : आर्यहरूकाे मूल स्थानका बारेमा विदेशी विद्वानहरूमा मतभेद छ। मैक्समूलरकाे विचारमा उनीहरू मध्य एशियाका थिए। एडवर्ड मेयरकाे विचारमा उनीहरू पामीरकाे पठारका थिए। हर्ज फील्ड भने अार्यहरूलार्इ रूसी तुर्किस्तानका मान्दथे। त्यसै गरी ब्रेडस्टीन उनीहरूलार्इ स्टेट मैप्लन (किरगिज)का मान्दथे । पेंका एवं हर्टका अनुसार अार्यहरू जर्मन (स्क्यान्डेनेभिया) का थिए। प्रोफेसर मादल्सका अनुसार उनीहरू डेयूब नदी घाटी वा उपत्यका (हंगरी) का थिए। जेसी रडका अनुसार उनीहर बैक्ट्रियाका थिए। नेहरिंग प्रो. चाइल्ड एवं प्रो. मीयर्सका अनुसार अार्यहरू दक्षिणी रूसका थिए। मचका अनुसार उनीहरू पश्‍चिमी बाल्टिक समुद्र तटका थिए।

भारतीय इतिहासकार : दयानन्द सरस्वती अार्यहरू सबै तिब्बतका मान्दथे। राजबली पाँडेका अनुसार उनीहरू मध्यभारत (मध्यप्रदेश) का थिए। एल.डी. कालाका अनुसार उनीहरू कश्मीरका थिए।

गंगानाथ झाका अनुसार उनीहरू ब्रह्मर्षि देशका थिए। डा. सम्पूर्णानन्द एवं चन्द्रादासका अनुसार अार्यहरू सप्त सैन्धव प्रदेशका थिए। डी. एस. त्रिवेदीका अनुसार तिनीहरू देविकानन्दन प्रदेश (मुल्तान) का थिए। बाल गंगाधर तिलकका अनुसार तिनीहरू उत्तरी ध्रुव (आर्कटिक) का थिए।अब सवाल यह उठता है कि भारतीय इतिहासमा किन आर्यहरूलार्इ भारतमाथि आक्रमण गर्ने र विदेशी भनिन्छ ? यसका पछाडि कयाैँ कारण छन्। जस्ताे कि सिकन्दर पोरससँग हारेर गएकाे थियाे तर पनि ग्रीक इतिहासकार दुनियाँभरि के प्रचारित गर्नमा सफल भए भने उसले जितेकाे थियाे र सिकन्दर महान् छ। यदि भारतमा मुगल र अंग्रेजले शासन नगरेका भए भारतमा पोरस नै महान् मानिन्थ्याे। अब हामी यहाँलार्इ अार्यहरू कहाँबाट अाए भन्ने कुरा विस्तारमा बताउँछाैँः

ऋग्वेदमा आर्यहरूकाे निवास स्थानलमर्इ ‘सप्तसिन्धु’ प्रदेश भनिएकाे छ। ऋग्वेदकाे नदीसूक्त (१०/७५) मा आर्यनिवासमा प्रवाहित हुने नदीहरूकाे वर्णन पाइन्छ, जुन यसप्रकार छन्:- कुभा (काबुल नदी), क्रुगु (कुर्रम), गोमती (गोमल), सिन्धु, परुष्णी (रावी), शुतुद्री (सतलज), वितस्ता (झेलम), सरस्वती, यमुना तथा गंगा। उक्त सम्पूर्ण नदीहरूका आसपास र तिनिहरूकाे विस्तार क्षेत्रसम्म आर्य बस्दथे। जब जल प्रलय भयाे तब आर्यहरू त्रिविष्टप (तिब्बत) गएका थिए। जल प्रलयपछि त्यहीँ तिब्बतबाट पुन: भारत भूमिमा फैलिएर मध्य एशियासम्म अाफ्नाे जातिहरूकाे विस्तार गरे। स्वामी दयानन्द सरस्वती यसै आधारमा आर्यहरूकाे मूल निवास स्थान तिब्बत मान्दथे।
ऋग्वेदिक काल : प्रारम्भिक धरतीकाे भौगोलिक स्थितिका बारेमा ऋग्वेदमा विस्तारपूर्वक चर्चा गरिएकाे छ। आर्य सप्त सिन्धु अर्थात् सप्त सैन्धव (सात नदीहरूकाे भूमि) मा बस्दथे। तर आर्यहरूले ऋग्वेद मात्र लेखेनन्।उनीहरूकाे त कयाैँ शाखाहरू थिए। ऋग्वेद लेख्नेहरू सप्त सैन्धव नदीकाे अासपास बस्दथे। यी सात नदीहरू भारतवर्षका अफगानिस्तान, पंजाब (भारतीय एवं पाकिस्तानी) तथा पश्‍चिमी उत्तर प्रदेशका क्षे‍त्रमा बग्दथे। सात नदीहरूमा सिन्धु र सरस्वतीका साथै पंजाबका पाँच नदिहरू थिए।

इतिहासकारहरू के मान्दछन् भने वैदिक भारतीय जनसमूह अलग-अलग देशहरूमा घुम्दै-घुम्दै उत्तर र पश्चिम दिशामा दूर दूरसम्म बढ्दै फैलिदै गए। प्रचेतस जस्ता प्राचीन राजाकाे उल्लेख लगभग सारा पुराणहरूमा पाइन्छ। पाँच पुराणहरूका अनुसार प्रचेतस राजाका वंशजहरूले भारतका उत्तर-पश्चिम दिशाहरूमा फैलिएर अाफ्रनाे राज्य स्थापित गरे। यि जनजातिहरूलार्इ पुराणहरूमा प्रचेतसका सयाैँ पुत्र भनिएकाे छ। याे विस्तार कुनै राजाकाे विजय-गाथा नभएर ठूलाे मात्रामा भारतीय मानव-दलकाे अन्य देशहरूमा प्रसारण हाे।बिस्तारै बिस्तारै यी मानव दलहरूकाे विस्तार कश्मीरदेखि एशिया-मायनरका प्रदेशहरूमा भयाे। त्यहाँ स्थापित भारतीयहरूका अलग-अलग गुट बने।
खास गरी सनातन धर्म र संस्कृतिकाे बारेमा विस्तृत रूपमा प्रकाश पार्ने मनशायले याे अालेख हामीले भारतीय अनलाइन वेब दुनियाँबाट नेपालीमा अनुवाद गरी यहाँसमक्ष प्रस्तुत गरेका छाैँ । भाषा अनुवादक कुमार पाैडेल

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।