हिजाेअाज मुलुकमा विभिन्न किसिमका नचाहिँदा कुराहरूमा बहस हुने गर्छ । त्यसमध्येकाे एउटा मुद्दा हाे एक थरी बाैद्धमार्गीहरूकाे गार्इ काट्न पाउनुपर्ने माग । उनीहरूकाे भनाइमा गार्इ काट्न पाउनु सामान्य कुरा हाे । एउटा सामान्य बाैद्धमार्गीले पनि महामानव गाैतम बुद्धकाे उपदेश मात्रै पढेकाे छ भने पनि उसले कुनै पनि हिंसालार्इ स्विकार्दैन । तर देशकाे परिस्थितिलार्इ धमिल्याएर धर्म निरपेक्षताकाे अाडमा धर्म रूपान्तरण गराउन चाहिरहेकाे पश्चिमा मिशिनरी प्रायाेजनमा हुर्किएका एक थरी मानिसहरू सीधा सीधा गार्इ काट्न पाउनुपर्ने मुद्दालार्इ बलजफ्ती सतहमा ल्याइरहेका छन् । जसरी जन अनुमाेदन विपरीत जस्केलाबाट एक थरी मानिसहरूले मुलुकलार्इ धर्म निरपेक्ष बनाएर द्वन्दकाे बीजाराेपण गरेका छन् त्यसरी नै यिनीहरू गार्इ काट्न पाउनुपर्ने माग गर्दै त्यसकाे द्वन्दमा घिउ थपिरहेका छन् । त्यसैले कतै यी दुबै तत्व एउटै मिसनमा त थिएनन् ? एउटै मिशिनरीबाट सञ्चालित एउटै मिसन अर्थात् एक सिक्काका दुर्इ पाटा ।
यहाँ उठाउन खाेजिएकाे मुद्दा के हाे भने महात्मा बुद्ध र बाैद्ध धर्मले मासु खाने कुरालार्इ कहिल्यै कतै समर्थन गरेकाे देखिँदैन । बरू प्राणी मात्रकाे कल्याण नै बाैद्ध धर्मकाे मूलभूत विशैषता रहिअाएकाे देखिन्छ । यसै सन्दर्भमा एक जना बाैद्ध धर्म गूरू ज्याढक रिपाेन्छेकाे भनाइलार्इ अाज हामी पाठकहरूसमक्ष राख्ने अनुमति चाहन्छाैँ ।सन् १९१३ जूनमा तिब्बतकाे खाममा पर्ने न्याक अड्जी उपत्यकामा पिता पेमा डाेनड्रप र माता साेनाम च्छाेबाट जन्मेका ज्याढाक रिम्पाछे वास्तवमा बाैद्ध धर्मका एक जना विशिष्ट व्यक्तित्व हुन् । उनले अाफ्नाे धर्मलार्इ सम्पन्न र समृद्ध बनाउन जीवनभर अथक साधना गरे । सन् २०१६ मा परिनिर्वाण प्राम्त नगञ्जेलसम्म उनले अाफ्ना तर्फबाट बुद्ध धर्मभित्र मासुकाे सम्बन्धमा भएकाे प्रावधानलार्इ प्रचारप्रचार गरिरहे । अाजकाे परिवेशमा जहाँ त्यही बुद्धिस्ट समुदायले एकातिर गार्इ खान पाउनुपर्ने माग चर्काइरहेकाे छ अर्कातिर यस धर्मका धराेहरका रूपमा मानिने गुरू ज्याढाक रिम्पाेछे भने गार्इ त बाैद्धमार्गीहरूले के कुनै पनि जीवकाे मासु खानु हुँदैन भनेर अाफ्नाे जीवनभर अध्ययन गरेकाे शास्त्रकाे निचाेड बताइरहेका छन् । तिब्बतीमा लेखिएकाे उनकाे उपदेशलार्इ तामाङ बाैद्ध महासंघ मलेसियाका पाल्साङ नाेर्बु तामाङले नेपालीम अनुवाद गरेका हुन्।
अब अाउनुहाेस् हामी यहाँहरूसमक्ष धर्मगुरू ज्याढका रिम्पाेछेकाे भनाइ जस्ताकाे त्यस्तै राख्दैछाैँः
मासु सेवन गर्नुभन्दा ठूलाे बुद्ध शासनमा अपमान र उपायहीन मूर्खता अरू केही हुनै छैन । त्यसैले हजुरहरू सबैले अाजै देखि माेन्लाम, पाठपूजा गर्ने अवस्थामा रगत मासुकाे क्रिया फिटिक्कै नगरी दिनुहाेला । अनि त्यसै गरी मान्छेकाे घेवा अर्थात् कर्मकाण्डमा मासुकाे मासुकाे क्रिया वा चलन गर्नु भनेकाे मृतककाे पछाडि पछाडि साथी मारेर पठाएकाे जस्ताे हाे । यसबाट मृतककाे माेक्षकाे मार्ग अवरूद्ध हुनेछ, मृतककाे हित तथा उसलार्इ सहायताजस्ता केही कुरा हुने छैन । यदि त्यसबेलाकाे कार्यले मृतककाे हित हुँदैन भने यस्ताे घाेर अनर्थकारी कार्य किन गर्नु ?