0 COMMENTS

संसारभरि दुर्इ फुटदेखि छ फुटसम्मका लामा पद पाइलाकाे चिह्न पाइन्छ। अब सवाल के उठ्छ भने यी पद चिह्नहरू कुनै विशालकाय मानवका पद चिह्न हुन् वा मानव निर्मित हुन् त यी ?। तर यससँगै सवाल अर्काे के पनि छ भने यदि यी चिह्नहरू मानवले बनाएका थिए भने किन कुनै घना जंगलमा, निर्जन स्थानमा वा अग्ला पहाडहरूमा यस्ता पद चिह्न बनाए त? यसबाट पनि के सिद्ध हुन्छ भने यी चिह्नहरू विशालकाय मानवकाे नै पदचिह्न हुन्। भारतमा यस किसिमका पद चिह्नहरूलार्इ भगवान शिव र हनुमानसँग जोडेर हेरिन्छ।

भगवान शिव कैलाश पर्वतमा बस्दथे। त्यहाँ बसेर नै उनी कयाैँ स्थानहरूकाे आकाश मार्गबाट भ्रमण गर्दथे। यस क्रममा विशेष परि‍स्थितिहरूमा जहाँ पनि उनले पृथ्वीमा कदम राखे, त्यहाँ उनका पाइलाहरूकाे निशान बन्न गए। भारतमा यस्ता कयाैँ निशान पाइन्छन्।

भगवान शिवका पाइलाकाे निशानकाे दर्शन गर्नु अाफैँमा अद्भुत अनुभव हुने कुरा हाे। यद्यपि जुन मानिसहरू आस्थावान छैनन् वा जुन हिन्दू धर्मका विरोधी छन् उनीहरू कुनै पनि प्रकारका कुतर्क गर्न सक्छन्। यदि उनीहरूले उदार मनले हिन्दू धर्म, दर्शन र यसकाे इतिहास बुझेकाे खण्डमा उनीहरू वास्तविकताबाट परिचित हुन सक्छन्।

आउनुहाेस् जानी राखाैँ पृथ्वीमा कहाँ-कहाँ छन् भगवान शिवका पद चिह्नहरू । शिवले कदम राखेका केही प्रमुख पद चिह्नहरू यस प्रकार छन्।  फोटो साभार सोशल मीडिया।

श्रीलंकामा शिवकाे पद (Sivanolipaada) : श्रीलंका मा एक पर्वत छ जसलार्इ श्रीपद टाकुराे पनि भनिन्छ। अंग्रेजकाे शासनकालका क्रममा यसकाे नाम उनीहरूले आदम पीक राखिदिएका थिए । जस्ताे नेपालकाे सगरमाथाकाे  नाम परिवर्तन गरेर एभरेस्ट राखिदिए। यद्यपि यस आदम पीककाे पुरानाे नाम रतन द्वीप पहाड हाे। यस पहाडमाथि एक मन्दिर बनेकाे छ। हिन्दू मान्यताका अनुसार यहाँ देवहरूका देव महादेव शंकरका पैतालका निशान छन् । त्यसैले यस स्थानलार्इ सिवानोलीपदम (शिवकाे प्रकाश) पनि भनिन्छ। याे पदचिह्न ५ फिट ७ इन्च लामाे र २ फिट ६ इन्च चौडा छ। २,२२४  मिटरकाे उचाइमा अवस्‍थित यस ‘श्रीपद’काे दर्शन गर्नका लागि लाखाैँ भक्त र सैलानी आउँछन्। यहाँबाट एसियाकाे सबै ठाउँहरूबाट भन्दा राम्राे सूर्योदय पनि देख्न सकिन्छ।श्रि

इसाइहरूले यसकाे धार्मिक र पर्यटकीय महत्वलार्इ बुझेर के प्रचारित गरिदिए भने याे सेन्ट थाेमसका पैतालाका चिह्न हुन्। बौद्ध सम्प्रदायका मानिसहरूका अनुसार यी पद चिह्न गौतम बुद्धका हुन्। मुस्लिम सम्प्रदायका मानिसहरूका अनुसार यी पद चिह्न हजरत आदमका हुन्। केही मानिसहरू त रामसेतुलार्इ पनि आदम पुल भन्न थालेका छन्।श्र२

यहाँ अब सवाल के उठ्छ भने यस क्षेत्रमा यति ठूलाे पदकाे चिह्न बुद्ध वा सेन्ट थाेमसकाे कसरी हुन सक्छ ? के उनीहरूकाे गाेडाकाे गाेलीगाँठादेखि लिएर अाेँला वा पञ्जासम्मकाे लम्बाइ एक सामान्य मान्छेकाे गाेडाभन्दा पाँच गुणा ठूलाे थियाे ?

यस पहाडका सम्बन्धमा के भनिन्छ भने याे पहाड त्यही पहाड हाे, जुन द्रोणागिरिकाे एक टुक्रा थियाे र जसलार्इ उठाएर हनुमानले ल्याएका थिए । श्रीलंकाकाे दक्षिणी तट गालेमा अवस्थित अत्यन्त रोमाञ्चित गराउने यस पहाडलार्इ श्रीलंकालीहरू रहुमाशाला कांडा भन्दछन्। यद्यपि केही मानिसहरू के भन्छन् भने त्याे द्रोणागिरिकै पहाड थियाे। द्रोणागिरि हिमालयमा अवस्थित थियाे। भनिन्छ, हनुमानले हिमालयबात नै याे पहाड उठाएर ल्याएका थिए, पछि उनले यसलार्इ (रहुमाशाला कांडा) मा नै छोडिदिए। मान्यताहरूका अनुसार याे द्रोणागिरि पहाडकाे एक टुक्रा हाे। द्राेणागिरिकाे अपभ्रंश भएर धाैलागिरी भएकाे हाे जुन वर्तमान नेपालकाे मध्यभागमा पर्ने हिमालय पर्वत श्रृंखला हाे

थिरुवेंगडूमा छ रुद्र पद : तमिलनाडुकाे थिरुवेंगडू क्षेत्रमा श्रीस्वेदारण्येश्‍वरकाे मन्दिर छ, जहाँ भगवान शिवकाे पद चिह्न छ जसलार्इ ‘रुद्र पदम’ भनिन्छ। याे क्षेत्र नागपट्टिनम जिल्लामा कुम्भकोणमदेखि ५९ किलोमिटर, मइलादुतुरै देखि २३ किलोमिटर र श्रीकाली पूम्पुहार रोडबाट १० किलोमिटर दक्षिण-पूर्वमा रहेकाे छ।थिरू २

जागेश्वरमा छ शिवकाे पद चिह्न : उत्तराखण्डकाे अल्मोडाबाट ३६ किलोमिटर टाढा जागेश्वर मन्दिरकाे पहाडमाथि लगभग साँढे ४ किलोमिटरकाे दूरीमा जंगलमा एक यस्ताे स्थान छ, जहाँ शिवकाे पद चिह्नलार्इ साक्षात देख्न सकिन्छ।जागे

मान्यता के छ भने जब पाण्डव स्वर्ग गएरहेका थिए तब उनीहरूकाे इच्छा शिवजीकाे दर्शन र उनकाे सान्निध्‍यमा रहने भयाे, तर शिवजी कैलाश पर्वत गएर ध्यान गर्न चाहन्थे। पाण्डव यसका लागि राजी भएनन्। तब शिवजीले भीमलार्इ विश्राम गर्ने अादेश दिएर अाफू भने अन्तर्ध्यान भएर कैलाश गए। जहाँबाट उनले कैलाशका लागि प्रस्थान गरेका थिए त्यहाँ उनकाे एउटा पैतालकाे चिह्न बन्याे।

के भनिन्छ भने उनले अाफ्नाे अर्काे पैताला कैलाश मानसरोवर क्षेत्रमा राखेका थिए। यद्यपि त्यस पदका बारेमा कुनै जानकारी छैन । त्याे कहाँ राखेका थिए। याे निशान १ फुट लामाे छ जसमा बूढी अाैँला र अाैँलाहरूकाे निशान पनि स्पष्ट रूपले देख्न सकिन्छ। याे निशान पत्थरमा काफी गहिरा बनेकाे छ। जानकार मानिसहरू के भन्छन् भने गाेली गाँठाकाे यहाँ दबाव परेकाे कारणले के थाहा पाइन्छ भने अर्काे गाेडा उठेकाे हुनुपर्छ। जब कुनै खुट्टा जोडले राखिन्छ त त्यतिबेला पछाडिपट्टि गहिरा निशान बस्न जान्छ।

५,००० वर्ष पूर्व मोक्ष प्राप्तिका लागि  पांडवहरूलार्इ शिवजीले दर्शन दिएका थिए। भगवान शिव भीमसँग निकै दिनसम्म बसे र उनी  भीम र अन्य पांडव अब जाउन् तर पांडव जब यसका तयार भएनन् तब भगवान शिव त्यहाँबाट अन्तर्ध्यान भएर चकमा कैलाश पर्वत गए।पद चिह्नसँगै यहाँ भीमकाे एक मन्दिर बनेकाे छ। मन्दिरमा मूर्ति छैन। पहिले यहाँ भीमकाे मूर्ति हुन्थ्याे, तर अहिले त्याे गायब भयाे वा त्यसलार्इ कसैले चाेरेर लग्याे ? यस बारेमा कसैलार्इ थाहा छैन।  ८ अाैँ शताब्दीमा एक राजाले याे मन्दिर बनाउन लगाएका थिए।

शिव पद चिह्न थिरूवन्नामलाई : शिवकाे याे निशान तमिलनाडु राज्यकाे थिरूवन्नामलाई (Thiruvannamalai) काे एक स्थानमा छ।थिरू

रुद्रपद तेजपुर, असम : शिवका पैतालाकाे याे निशान असमकाे तेजपुरमा ब्रह्मपुत्र नदीसँगै रहेकाे रुद्रपद मन्दिरमा अवस्थित छ। यहाँ उनकाे दायाँ पैतालाकाे निशान छ। असम

शिवपद, राँची : झारखण्डकाे राँचीमा पहाडमा एक नाग मन्दिर रहेकाे छ। तीर्थ यात्रीहरू र पर्यटकहरूकका लागि याे मन्दिर आकर्षणकाे केन्द्र हाे जहाँ श्रावण महिनामा एक नाग मन्दिरमा नै बास बस्छ। यसलार्इ हेर्नका लागि भक्तजनहरूकाे भीड लाग्दछ।राचि

वास्तवमा राँची रेलवे स्टेशनबााट  ७ किलो मिटरकाे दुरीमा ‘राँची हिल’मा शिवजीकाे एक अति प्राचीन मन्दिर छ जसलार्इ पहाडी मन्दिरकाे नामबाट चिनिन्छ। याे मन्दिर शहीद क्रान्तिकारीहरूसँग पनि भी जाेडिएकाे छ। यहाँ पनि भगवान शिवकाे एक पाइलाकाे पद चिह्न भेटिन्छ ।

वेबदुनियाँबाट नेपालीमा अनुवाद भाषा अनुवादक कुमार पाैडेल

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।