0 COMMENTS

कुनै समयकाे प्रभावशाली हिन्दु राष्ट्र थाइल्याण्डकाे बैंकक सहरकाे सीलमा अहिले पनि एेरावत हात्तीमा विराजमान देवराज इन्द्रकाे प्रतिरूप देख्न सकिन्छ । नेपाल वा भारतका कुनै सहरकाे सीलमा यस्ताे देखिन्थ्याे भने अनाैठाे हुँदैनथ्याे तर अाधुनिक सहरकाे अग्रपंक्तिमा अाउने बैंकककाे सीलमा सनातन धर्मकाे यस्ताे अद्वितीय नमूना देख्दा मन मस्तिष्क राेमाञ्चित हुनु स्वाभाविक हाे । कुनै समयकाे अत्यन्त प्रभावशाली हिन्दु देश थाइल्याण्ड बाैद्ध धर्मकाे उदयसँगै धर्मान्तरणमा परेकाे हाे ।

सनातन धर्मका अनेक धराेहरहरू समेटेर बसेकाे यस एेरावत हात्तीमाथि विराजमान देवराज इन्द्रकाे सीललार्इ पनि सगर्व सँगालेर राखेकाे छ । यसबाट के थाहा हुन्छ भने पाैराणिक कालमा सनातन धर्म संस्कृतिकाे प्रभाव कतिसम्म फैलिएकाे थियाे र हिन्दु धर्म सम्पूर्ण अार्यावर्तभरिकै साझा धर्म थियाे । विशेषतः थाइल्याण्डमा अाज पनि तत्कालीन राजा राम नवमका पुस्ताहरू छन् जाे अझै अाफ्नाे नामकाे पछाडि मर्यादा पुरूषाेत्तम रामकाे नाम जाेड्दछन् ।

प्राचीनकालमा सियाम भनेर चिनिने वर्तमान थाइल्याण्डबाट अाज हामीले पनि प्राचीन सम्पदा र संस्कृतिकाे कसरी गर्ने भन्ने पाठ सिक्नुपर्छ किनभने इतिहास र संस्कृति मेटाएर नयाँ नेपाल बन्छ भन्ने विध्वंसकारी मानसिकताले डेरा जमाएकाे हाम्राे देशका युवा पुस्तालार्इ यस्ता समाचारले पक्कै पनि अाफ्नाे कला संस्कृति र धर्मकाे संरक्षण गर्न सघाउँछ भन्ने दृढविश्वासका साथ याे समाचार सम्प्रेषित गरिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।