0 COMMENTS

प्रायः मानिसहरू पुजारीलार्इ पण्डितजी र पुराेहितलार्इ अाचार्य पनि भन्छन् अनि सुन्नेहरू पनि उनीहरूलार्इ सही ज्ञान दिन सक्दैनन्। यी विशेष पदहरूका नाम हुन् जसकाे कुनै जाति विशेषसँग कुनै लेनदेन छैन। आउनुहाेस् हामी तपार्इंलार्इ उपराेक्त शब्दहरूकाे सही अर्थ के हाे त्यस विषयमा संक्षिप्त जानकारी गराउँछाैँ जसबाट अागामी दिनमा कुनै पुजारीलार्इ पण्डित भन्ने काम नहाेस्।

गुरु : गु काे अर्थ अन्धकार र रु काे अर्थ प्रकाश। अर्थात जुन व्यक्तिले तपार्इंलार्इ अन्धकारबाट प्रकाशतिर लैजान्छ त्याे गुरू हुन्छ। गुरुकाे अर्थ अन्धकार नाश गर्ने हाे। अध्यात्मशास्त्र अथवा धार्मिक विषयहरूमा प्रवचन दिने व्यक्तिहरूमा र गुरुमा धेरै फरक हुने गर्छ। गुरुले आत्म विकास र परमात्माकाे कुरा गर्छ। प्रत्येक गुरु सन्त हुन्छन् नै; परन्तु प्रत्येक सन्त गुरु हुन आवश्यक छैन। केवल केही सन्तहरूमा नै गुरु बन्ने पात्रता हुने गर्छ। वास्तवमा गुरुकाे अर्थ ब्रह्म ज्ञानकाे मार्गदर्शक हाे।
आचार्य : आचार्य कसलार्इ भनिन्छ भने जसलार्इ वेद र शास्त्रहरूकाे ज्ञान हुन्छ र जसले गुरुकुलमा ‍विद्यार्थीहरूलार्इ शिक्षा दिने कार्य गर्दछ । आचार्यकाे अर्थ के हाे भने जो आचार, नियम र सिद्धान्तहरू आदिकाे राम्राे ज्ञाता हुन्छ र अरूहरूलार्इ त्यसकाे शिक्षा दिन्छ। र अर्काे जुन व्यक्ति कर्मकाण्डकाे प्रकाण्ड विद्वान हाेस् र यज्ञ आदिमा मुख्य पुरोहितकाे काम गर्ने गराेस् त्यसलार्इ पनि आचार्य भनिन्छ। हिजाेअाज आचार्य कुनै महाविद्यालयका प्रधान अधिकारी र अध्यापकलार्इ भनिन्छ।
पुरोहित : पुरोहित दुर्इ शब्दहरूबाट बनेकाे छ:- ‘पर’ तथा ‘हित’, अर्थात यस्ताे व्यक्ति जसले अन्य मानिसहरूकाे कल्याणकाे चिन्ता गराेस्। प्राचीन कालमा आश्रम प्रमुखलार्इ पुरोहित भनिन्थ्याे जहाँ विद्यार्थीहरूलार्इ शिक्षा दिइन्थ्याे। यद्यपि यज्ञ कर्म गर्ने मुख्‍य व्यक्तिलार्इ पनि पुरोहित भनिन्थ्याे। वास्तवमा पुरोहित सबै किसिमका संस्कार गराउनका लागि पनि नियुक्त हुन्छन्। प्रचीनकालमा कुनै राजघरानाबाट पनि पुरोहित सम्बन्धित हुने गर्थे। अर्थात राजदरबारमा पुरोहित नियुक्त हुन्थे र उनीहरू धर्म-कर्मका कार्य हेर्नुका साथै सल्लाहकार समितिमामा सामेल हुने गर्थे।

पुजारी : पूजा र पाठसँग सम्बन्धित यस शब्दकाे अर्थ स्वत: नै प्रकाट हुन्छ। अर्थात जो मन्दिर वा अन्य कुनै स्थानमा पूजापाठ गर्ने काम गर्दछ त्याे नै पुजारी हाे। कुनै देवी-देवताका मूर्ति वा प्रतिमाकाे पूजा गर्ने व्यक्तिलार्इ पुजारी भनिन्छ।

पण्डित : पण्डः काे अर्थ हुन्छ विद्वता। कुनै विशेष ज्ञानमा पारंगत हुनेलार्इ नै पाण्डित्य भनिन्छ। पण्डितकाे अर्थ हुन्छ कुनै ज्ञान विशेषमा दक्ष वा कुशल। यसलार्इ विद्वान वा निपुण पनि भन्न सकिन्छ। कुनै विशेष विद्याकाे ज्ञान भएकाे व्यक्ति नै पण्डित हो। प्राचीन भारतवर्षमा, वेद शास्त्रहरू आदिका धेरै ठूला ज्ञातालार्इ पण्डित भनिन्थ्याे। यस पण्डितलार्इ नै पाण्डेय, पाण्डे, पण्ड्या भनिन्छ। हिजाेअाज याे नाम अाचार्यजस्तै ब्रह्मणहरूकाे उपनाम पनि बनेकाे छ। कश्मीरका ब्राह्मणहरूलार्इ त कश्मीरी पण्डितकाे नामबाटै चिनिन्छ। पण्डितकी पत्नीलार्इ नेपालीमा पंडितनी देशी भाषा भन्ने चलन छ।
ब्राह्मण : ब्राह्मण शब्द ब्रह्मबाट बनेकाे छ। जो ब्रह्म (ईश्वर) लार्इ छोडेर अन्य कसैकाे पनि पूजा गर्दैन, त्यसलार्इ ब्राह्मण भनिएकाे छ। जसले पुरोहिताई गरेर अाफ्नाे जीविका चलाउँछ, त्याे ब्राह्मण हाेइन, याचक हाे। जसले ज्योतिषी वा नक्षत्र विद्याबाट अाफ्नाे जीविका चलाउँछ त्याे ब्राह्मण हाेइन, ज्योतिषी हाे। पण्डित त कुनै विषयकाे विशेषज्ञलार्इ भनिन्छ र जसले कथा अादि वाचन गर्दछ त्याे ब्राह्मण हाेइन कथावाचक हाे। यसरी वेद र ब्रह्मलार्इ छोडेर जे कुनै कर्म गर्दछ भने त्याे ब्राह्मण हाेइन। जसकाे मुखबाट ब्रह्म शब्दकाे उच्चारण भइरहँदैन भने त्याे ब्राह्मण हाेइन।

स्मृति पुराणहरूमा ब्राह्मणहरूका ८ भेदहरूकाे वर्णन पाइन्छ- मात्र, ब्राह्मण, श्रोत्रिय, अनुचान, भ्रूण, ऋषिकल्प, ऋषि र मुनि। ८ प्रकारका ब्राह्मण श्रुतिमा पहिले नै बताइएकाे छ। यसका अलावा वंश, विद्या र सदाचारभन्दा माथि उठेका ब्राह्मण ‘त्रिशुक्ल’ भनिन्छन्। ब्राह्मणलार्इ धर्मज्ञ विप्र र द्विज पनि भनिन्छ जसकाे कुनै विशेष जाति वा समाजसँग कुनै सम्बन्ध छैन।वेबदुनियाबाट नेपालीमा भावानुवाद ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।