हजाराैँ वर्षदेखि चलेर आइरहेकाे परम्पराहरूका कारण हिन्दू धर्ममा विश्वास-अन्धविश्वासमा बदलिन गएका हुन् गए वा तिनीहरूमा कुनै विज्ञान लुकेकाे छ ? यी विश्वास शास्त्रसम्मत छन् कि परम्परा र मान्यताहरूका रूपमा मानिसहरूले अाफू खुशी स्थापना गरेका हुन् ?
यस्ता सवाल अनगिन्ती छन् तर यसकाे जवाफ खाेज्ने प्रयास धेरै नै कम मानिसहरू गरिरहेका छन् ।यस क्रममा मानिसहरू कुनै पनि विश्वासलार्इ अन्धभक्त भएर मानिरहेका हुन्छन् र काेही पनि के हिम्मत गर्न सक्दैन भने यी मान्यताहरू वा परम्पराहरू ताेड्ने वा यिनीहरूका विरूद्ध कुनै कदम उठाउने सम्बन्धमा। आउनुहाेस् जानी राखाैँ हिन्दू धर्मका यस्ता १० परम्पराहरू, जुन अन्धविश्वास हुन सक्छन् वा अरू नै केही …
पशु बलि प्रथा- देवताहरूलार्इ प्रसन्न तुल्याउनका लागि बलिकाे प्रयोग गरिन्छ। बलि प्रथा अन्तर्गत बाेका, कुखुरा, हाँस वा राँगाकाे बलि दिइने प्रचलन छ। अब
सवाल के उठ्छ भने के बलि प्रथा हिन्दू धर्मकाे हिस्सा हाे त ?
”मा नो गोषु मा नो अश्वेसु रीरिष:।”- ऋग्वेद १/११४/८
अर्थ : हाम्रा गार्इहरू र घोडाहरू नमार।
विद्वानहरूका अनुरार हिन्दू धर्ममा लोक परम्पराका धाराहरू पनि जाेडिदै गए र ती लाैकिक परम्पराहरू हिन्दू धर्मका रूपमा हिस्सा मान्न थालियाे । जसरी वट वुक्षमा असंख्य लताहरू लपेटिएर अाफ्नाे अलग अस्तित्व बनाउँछन् तर वास्तवमा ती लताहरू वक्ष हाेइनन् त्यसरी नै वैदिक आर्य धर्मकाे छत्रछायामा अन्य परम्पराहरू पनि जाेडिँदै फैलिँदै गए। यिनीहरूलार्इ कहिल्यै पनि रोक्ने प्रयास गरिएन।
खास गरी बलि प्रथाकाे प्रचलन हिन्दुहरूकाे शाक्त र तान्त्रिक सप्रदायमा नै देख्न पाइन्छ तर यसकाे कुनै धार्मिक आधार भने भेटिँदैन। धेरैजसाे समाजमा छाेराकाे जन्म हुँदा वा त्यसकाे मानका खातिर उसकाे नाममा बलि दिइन्छ भने कतिपय समाजमा विवाह आदि समारोहमा बलि दिइन्छ जसलार्इ अनुचित मानिएकाे छ। वेदमा कुनै पनि प्रकारका बलि प्रथाकाे अनुमति दिइएकाे पाइँदैन।
”इममूर्णायुं वरुणस्य नाभिं त्वचं पशूनां द्विपदां चतुष्पदाम्।
त्वष्टु: प्रजानां प्रथमं जानिन्नमग्ने मा हिश्सी परमे व्योम।।”
अर्थ : ”तिनीहरू जस्तै जैसे बाेका, ऊँट आदि चौपायाहरू र पंक्षीहरू आदि दोपायहरूलार्इ पनि नमार।।” -यजु. १३/५०
पशुबलिकाे याे प्रथा कहिलृ र कसरी प्रारम्भ भयाे यस सम्बन्धमा यसै हाे भन्न कठिन छ। केही मानिसहरू के तर्क गर्छन भने वैदिक कालमा यज्ञमा पशुहरूकाे बलि दिइन्थ्याे। यस्ताे तर्क गर्ने मानिसहरू भनेका वैदिक शब्दहरूकाे गलत अर्थ निकाल्नेहरू नै हुन्। वेदमा पाँच प्रकारका यज्ञहरूकाे वर्णन पाइन्छ।
पशु बलि प्रथाकाे सम्बन्धमा पण्डित श्रीराम शर्माकाे शोधपरक किताब ‘पशुबलि : हिन्दू धर्म र मानव सभ्यतामाथि एक कलंक’ पढ्नु पर्छ।
” न कि देवा इनीमसि न क्या योपयामसि। मन्त्रश्रुत्यं चरामसि।।’- सामवेद-२/७
अर्थ : ”देवहरू! हामी हिंसा गर्दैनाैँ र न त हामी यस्ता अनुष्ठान नै गर्दछाैँ, हामी त वेद मन्त्रका आदेशानुसार आचरण गर्दछाैँ।”
वेदमा यस्ता सयाैँ मन्त्र र ऋचाहरू छन् जसबाट के सिद्ध गर्न सकिन्छ भने हिन्दू धर्ममा बलि प्रथा निषेध गरिएकाे छ र याे प्रथा हिन्दू धर्मकाे हिस्सा हाेइन। जसले बलि प्रथाकाे समर्थन गर्दछ वास्तवमा त्याे धर्मविरुद्ध दानवी आचरण कहलाउँछ। यस्ता व्यक्तिका लागि सजाय तयार हुन्छ। त्याे के भने मृत्युपछि स्वयं उसलार्इ यसकाे जवाफ दिन सम्बन्धित निकायमा हाजिर हुनुपर्छ।
जादू-टुना, तन्त्र-मन्त्र : के जादू टुना गर्नु वा मन्त्र-तन्त्रद्वारा अाफ्नाे स्वार्थ सिद्ध गर्नु वा अरू कसैलार्इ नाेक्सान पुर्याउनु हिन्दू धर्मकाे अंग हाे ? शैव, शाक्त र तान्त्रिक सम्प्रदायमा यस किसिमका प्रचलन अत्यधिक मात्रामा पाइन्छ। हिजाेअाज ज्योतिष पनि तान्त्रिक विधि र उपाय बताउन थालेका छन्।
ग्रह-नक्षत्र पूजा, वशीकरण, सम्मोहन, मारण, ताबिज (बुटी), स्तम्भन, काला जादू आदि सबै कुरा वैदिक मत अनुसार निषेध गरिएकाे छ। यी सबै किसिमका विद्याहरू स्थानीय परम्पराका हिस्सा हुन्। यद्यपि अथर्ववेदमा यस खालका विद्यालार्इ देखाउँदै के भनिएकाे छ भने समाजमा यस्ता विद्याहरू पनि प्रचलित छन्, जुन वेद विरुद्ध छन्। अथर्ववेदकाे लक्ष्य के हाे भने मानिसहरूलार्इ स्वस्थ बनार्इ राख्नु, जीवनलार्इ सरल बनाउनु र ब्रह्माण्डकाे रहस्यसँग अवगत गराउनु।टुना-टोटकाले व्यक्ति र समाजकाे अहित हुन्छ नै साथै सामाजिक एकता पनि छिन्नभिन्न हुन्छ। यस्ता कर्म गर्ने मानिसहरूलार्इ जाहिल वा दुष्ट समाजकाे काेटिमा राखिन्छ। अथर्ववेदमा के बताइएकाे छ भने जुन घरमा मूर्खहरूकाे पूजा हुँदैन, जहाँ विद्वानहरूकाे अपमान हुँदैन बरू विद्वान र सन्तहरूकाे उचित मान-सम्मान गरिन्छ, त्यहाँ समृद्धि र शान्ति हुनेछ। कर्मप्रथान सफल जीवन जिउने शिक्षा अथर्ववेदले दिन्छ।
सती प्रथा : सती प्रथाका बारेमा धेरै लेखिएकाे छ। सती माताकाे मन्दिर पनि बनेकाे छ, खास गरेर यी मन्दिर राजस्थानमा धेरै संख्यामा पाइन्छ। अब सवाल के उठ्छ भने हिन्दू धर्म शास्त्रहरूमा स्त्री विधवा भएपछि सती जानुपर्ने प्रथाकाे प्रचलन छ त ?
जवाफ हाे छैन ? यद्यपि अहिले याे प्रथा बन्द छ तर याे प्रथामा जीवित विधवा पत्नीलार्इ उसकाे इच्छाले मृत पतिकाे चितामा जिउँदै जलाइन्थ्याे। विधवा भएकी महिला अाफ्नाे पतिकाे अन्तिम संस्कारकाे समयमा स्वयं पनि पतिकाे बल्दाे चितामा फालहालेर आत्मदाह गर्दथिन्। यस प्रथालार्इ मानिसहरूले देवी सती (दुर्गा) काे नाम दिए। देवी सतीले अाफ्ना पिता राजा दक्षद्वारा उनका पति शिवकाे अपमान सहन नसकेर यज्ञकाे अग्निमा जलेर अाफ्नाे प्राण त्यागेकी थिइन्।शोधकर्ताका अनुसार यस प्रथाकाे भयानक रूप मुस्लिम कालमा देखिएकाे थियाे। किनभने मुस्लिम आक्रमणकारीहरू महिलाहरूलार्इ लुटेर अरबमा लिइर जान्थे। जब हिन्दुस्तानमा मुसलमान अाक्रमणकारीहरूले आतंक मच्चाउन सुरू गरे र पुरुषहरूकाे हत्या गरी महिलाहरूलार्इ अपहरण गरी उनीहरूसँग दुर्व्यवहार गर्न सुरू गरे तब धेरैजसाे महिलाहरू उनीहरूकाे हात लाग्नुभन्दा पहिले नै अाफ्नाे प्राण त्याग्न उचित सम्झिन्थे।अझ जब अलाउद्दीन खिलजीले पद्मावतीलार्इ प्राप्त गर्नका लागि चित्तौडमा नरसंहार गरेकाे थियाे तब त्यस समयमा अाफ्नाे लाज बचाउनका लागि पद्मावतीले सबै राजपूत विधवाहरूका साथ सामूहिक जौहर गरेकी थिइन् । त्यतिबेला देखि नै सती प्रति सम्मान बढ्न गयाे र सती प्रथा परम्परामा रूपान्तरण भयाे। यस प्रथाका लागि धर्म हाेइन, बरू तत्कालीन परिस्थितिहरू र लालचीहरूकाे नियत जिम्मेदार थियाे।यद्यपि यस प्रथालार्इ बन्द गराउनेकाे श्रेय राजा राममोहन रायका अलावा कश्मीरका शासक सिकन्दर, पुर्तगाली गभर्नर अल्बुकर्क, मुगल सम्राट अकबर, पेशवाहरू, लर्ड कार्नवालिस, लर्ड हैस्टिंग्स र लर्ड विलियम बैन्टिकलार्इ जान्छ।
छुवाछुत : प्राय जातिवाद, छुवाछूत र सवर्ण, दलित वर्गका मुद्दाहरूलार्इ लिएर धर्मशास्त्रहरूलार्इ पनि दोषी देखाइन्छ, तर याे वास्तवमा असत्य छ। यस मुद्दामा धर्म शास्त्रहरूमा के लेखिएकाे छ त्यस कुराकाे जानकारी हुनु जरूरी छ, किनभने यस मुद्दालार्इ लिएर हिन्दू सनातन धर्मलार्इ अत्यन्त बदनाम गरिँदै अाएकाे छ र याे क्रम अझै जारी छ।पहिलाे कुरा के छ भने जातिवाद प्रत्येक धर्म, समाज र देशमा विद्यमान छ। हरेक धर्मकाे व्यक्ति अाफ्नै धर्मका मानिसहरूलार्इ ऊँच वा नीच मान्दछ। किन ? यही जान्रु जरूरी छ। मानिसहरूका टिप्पणीहरू, बहस वा रीस उनीहरूकाे अधुराे जानकारीमा आधारित हुन्छ। केही मानिस जातिवादकाे राजनीति गर्न चाहन्छन् । त्यसैले उनीहरू जातिवाद र छुवाछुतलार्इ अझ प्रश्रय दिएर समाजमा छुवाछुतकाे पर्खाल खडा गर्दछन् र यस्ताे भारतमा मात्र हाेइन अन्य देशहरूमा पनि भइरहेकाे छ। दलितहरूलार्इ ‘दलित’ नाम हिन्दू धर्मले दिएकाे हाेइन, यसभन्दा अगाडिकाे ‘हरिजन’ नाम पनि हिन्दू धर्मकाे कुनै शास्त्रले दिएकाे हाेइन। त्यसै गरी त्यसभन्दा पूर्वका जति पनि नाम थिए तिनीहरू पनि हिन्दू धर्मले दिएका हाेइनन्। आज जुन नाम दिइएकाे छ त्याे भनेकाे पछिल्लाे ६० वर्षकाे राजनीतिकाे उपज हाे र यसभन्दा पहिले जुन नाम दिइएकाे थियाे त्याे चाहिँ पछिल्लाे ९०० वर्षकाे दासताकाे उपज हाे।धे्रैजसाे यस्ता ब्राह्मण छन्, जुन आज दलित छन्, मुसलमान छन्, ईसाई छन् वा अब ती बौद्ध छन्। धेरैजसाे यस्ता दलित छन्, जो आज ब्राह्मण समाजकाे हिस्सा भएका छन्। यहाँ उपल्लाे जातिका मानिसहरूलार्इ ‘सवर्ण’ भन्न थालिएकाे छ। याे ‘सवर्ण’ नाम पनि हिन्दू धर्मले दिएकाे हाेइन।मनुस्मृति, पुराण, रामायण र महाभारत यी हिन्दुहरूका धर्मग्रन्थ हाेइनन्। तुलसीदास कृत रामचरित मानस पनि हिन्दू धर्मग्रन्थ हाेइन। यदि यी ग्रन्थहरूमा कुनै भेदभावकाे भावना लेखिएकाे छ भने त्याे वेदसम्मत हाेइन र वेद अन्तिम सत्य हाे।
मूर्ति पूजा : हिन्दू धर्ममा मूर्ति पूजाकाे प्रचलन कहिले सुरू भयाे यसै भन्न मुश्किल छ। हिन्दू धर्ममा यस प्रथाकाे प्रचलन प्राचीनकाल देखि नै रहिअाएकाे छ, जुन अाफैँमा लोक परम्पराका हिस्सा थिए। शैव, शाक्त, नाथ, नाग आदि द्रविडम सम्प्रदायमा यस प्रथाकाे सुरूवातदेखि नै प्रचलन रहेकाे देखिन्छ। सबभन्दा पहिले मानिसहरू नाग र यक्षकाे पूजा गर्दथे। महाभारतकालमा पनि मूर्ति पूजाकाे प्रचलन थियाे, तर त्यतिबेला मानिसहरू शिवलिंग, विष्णु र दुर्गाका प्रतिमाहरू बनाएर उनीहरूकाे पूजा गर्दथे। पुराणहरूकाे रचना पश्चात याे प्रचलन अझ बढ्याे। जैन र बौद्ध कालमा यस प्रथाले व्यापक रूप लियाे। हिन्दुहरूले पनि अाफ्ना देवताहरूकाे मूर्ति बनाएर उनीहरूकाे पूजा गर्न सुरू गरे र यसरी याे परम्परा प्रचलनमा आयाे। कालान्तरमा मानिसहरू झाड, वृक्ष, नदी र पशुहरकाे पनि पूजा गर्न थाले।
न तस्य प्रतिमा:
‘न तस्य प्रतिमा अस्ति यस्य नाम महाद्यश:। हिरण्यगर्भस इत्येष मा मा हिंसीदित्येषा यस्मान जात: इत्येष:।।’ -यजुर्वेद ३२ अाैँ अध्याय।
अर्थातः जुन परमात्माकाे हिरण्यगर्भ, मा मा र यस्मान जात आदि मन्त्रहरूद्वारा महिमा मण्डित गरिएकाे छ त्यस परमात्मा (आत्मा) काे कुनै प्रतिमान छैन। अग्नि त्यही हाे, आदित्य त्यही हाे, वायु, चन्द्र र शुक्र त्यही हाे, जल, प्रजापति र सर्वत्र पनि त्यही हाे। त्यसलार्इ प्रत्यक्ष देख्न सकिँदैन। त्यसकाे कुनै प्रतिमा छैन। त्यसकाे नाम नै अत्यन्त महान छ। त्याे सबै दिशाहरूलार्इ व्याप्त गरेर बसेकाे छ।– यजुर्वेद
ज्योतिषी परम्परा : के प्रचलित ज्योतिषी धारणा हिन्दू धर्मकाे अंग हाे ? यसकाे साँचाे उत्तर हाेइन। आजकाे ज्योतिषी मानिसहरूकाे भविष्य बताउने र दुःखकाे निवारण गर्ने उपाय बताउने कार्य गर्दछन्। यस विद्याले व्यक्ति ईश्वरसँग सम्बन्ध विच्छेद गरेर ग्रह-नक्षत्रहरू र खाल-खालका देवी-देवताहरूलार्इ मान्न थाल्छन्। यसबनट उनीहरूकाे जीवनमा सुधार अाउनुकाे साटाे तिनीहरू झन् भयपूर्ण र विरोधाभासी जीवन जिउन थाल्छन्।
वेदका छ अंग छन् जसमा छैठाैँ अंग ज्योतिष हाे। महाभारतकाे समयमा राशीहरू हुँदैनथे । ज्योतिष २७ नक्षत्रहरूमा आधारित थियाे, १२ राशीहरूमा हाेइन। नक्षत्रहरूमा पहिलाे स्थानमा रोहिणी थियाे, अश्विनी हाेइन। जसै-जसै समय बित्दै गयाे, विभिन्न सभ्यताहरूले ज्योतिषमा प्रयोग गर्दै गए र चन्द्रमा र सूर्यका आधारमा राशीहरू बनाउँदै र मानिसहरूकाे भविष्य बताउन सुरू गर्दै गए, तर वेद र महाभारतमा यस प्रकारकाे विद्याकाे कुनै उल्लेख पाइँदैन जसबाट के पत्ता लागाेस् भने ग्रह-नक्षत्र व्यक्तिकाे जीवनलार्इ प्रभावित गर्दछन्।
पारम्परिक अन्धविश्वास र टोटकाहरू : यस्ता धेरै अन्धविश्वासहरू छन्, जुन लोक परम्पराबाट आउँछन् तर तिनीहरूकाे पछाडि कुनै ठोस आधार पाइँदैन। यइ शोधका विषय पनि हुन सक्छन्। यिनीहरूमध्ये धेरै जस्ताे यस्ता कुराहरू छन्, जुन धर्मकाे हिस्सा भएका छन् र अरू कतिपय कतै पनि छैनन्। यद्यपि यिनीहरूमध्ये केहीका जवाफ हामीसँग छैन। उदारणार्थ-
* तपार्इँ बिरालाेले बाटाे काट्रदा किन राेकिनुहुन्छ ?
* कतै जाने समयमा यदि कसैले तपार्इंलार्इ पछाडिबाट टाेकिदियाे भने तपार्इं किन रिसाउनुहुन्छ ?
* कुने दिन विशेषलार्इ कपाल काट्न वा दाह्री काट्नु हुँदैन भनेर किन बारिन्छ त ?
* के कुनै घर वा अाफ्नाे अनुष्ठान बाहिर कागती-खुर्सानी लगाउनाले खराब नजरबाट बचिन्छ ?
* कसैले हाच्छिउँ गर्याे भने किन हिँड्दाहिड्दै राेकिनुहुन्छ ?
* के कसैले हाच्छिउँ गर्याे भने अाफ्नाे कार्यका लागि अशुभ मानिन्छ, किन?
* घरबाट बाहिर निस्कने बेलामा अाफ्नाे दाहिने खुट्टा नै किन पहिले निकालिन्छ ?
* जुत्ता-चप्पल उल्टाे भएमा हुन गएमा किन अप शकुन मानिन्छ ?
* राति किन कुनै रूखमुनि सुतिँदैन ?
* राति भ्यान्टा, दही र अमिलाे पदार्थ किन खानु हुँदेन ?
* रातमा कुचाे किन लगाउनु हुँदैन र र कुचाे किन ठाडाे पारेर राख्नु हुँदैन ?
* अञ्जुलीले वा उभिएर पानी किन खानु हुँदैन ?
* किन बाँस जलाउनाले वंश नष्ट हुन्च ?
यस्ता धेरै विश्वास र अन्धविश्वास छन् जसमध्ये केहीकाे धर्ममा उल्लेख पाइन्छ र त्यसका कारण पनि छन् तर धेरैजसाे यस्ता विश्वास छन्, जुन लोक परम्परा र स्थानीय मानिसहरूकाे मान्यताहरूमा आधारित छन्।
असंख्य तीर्थ र चाडपर्व : हिन्दुहरूमा ३६५ दिनमा संभवत: ३०० चाडपर्व हाेलान् र ४ धामका ठाउँमा ४० तीर्थ हाेलान्। धेरैजसाे चाडपर्वहरू लोक परम्पराका हिस्सा हुन् भने कतिपय तीर्थ त मानिसहरूले स्वयं नै निर्मित गरेका हुन्। पहिले जन्माष्टमी, हनुमान जयन्ती, रामनवमी, नवरात्रि र शिवरात्रि मनाइन्थ्याे, तर अहिले मानिसहरूले पुराण पढी-पढीकन असंख्य मानिसहरूकाे जयन्ती मनाउने सुरू गरेका छन्।प्रत्येक समाजकाे अाफ्नाे एक अलग पर्व र तीर्थ छ, तर के पत्ता लगाउन जरूरी छ भने सबै हिन्दुहरूकाे एकमात्र चाड कुन चाहिँ हाे त ? धार्मिक एकताका लागि के कुरा महत्वपूर्ण छ भने परम्परा र चाडपर्वकाे इतिहासलार्इ बुझेर मनाउन सकियाेस्। लामाे काल र वंश परम्पराकाे परिणामस्वरूप नै वेदलार्इ छोडेरर हिन्दूहरू अहिले स्थानीय स्तरका चाडपर्व र विश्वासहरूलार्इ ज्यादा मान्न थाले। सबैमा त्याे अाफ्नाे मनबाट नियमहरूलार्इ चलाउँछ। केही समाजहरूले मांस र मदिराकाे सेवन हेतु उत्सवहरूककाे निर्माण गरेका छन्। वेद अनुसार रात्रिका सबै कर्मकाण्ड निषेध मानिएका छन्।
ईश्वर एक वा अनेक : वेद एकेश्वरवादकाे घोषणा गर्दछ, यसका हजाराैँ उदाहरण छन् तर हिन्दू समाज एक ईश्वरकाे प्रार्थनालार्इ छोडेर किसिम-किसिमका देवी-देवताहरूकाे पूजा गर्दछन्, के याे उचित हाे ? याे एक बहसकाे विषय हाे। वैदिक कालमा मानिसहरू ब्रह्म (ईश्वर) काे प्रार्थना गर्दथे। त्यसपछि मानिसहरू पञ्च तत्वहरूकाे प्रार्थना गर्न थाले। अनि यिनीहरूकाे पूजाकाे प्रचलन सुरू भयाे, त्यसपछि इन्द्र, वरुण, आदित्य, अश्विन कुमार आदि वैदिक देवताहरूलार्इ छोडेर मानिसहरू ब्रह्मा, विष्णु र शिवकाे पूजा गर्न थाले। अनि मानिसहरूले राम र कृष्णका मन्दिर बनाए भने विष्णु र ब्रह्माकाे पूजा-प्रार्थना कम हुन थाल्याे। कतिपय मानिसहरूले चालीसा लेखेँ । धर्ममा एक नयाँ प्रचलनकाे सुरुवात गरे। तर के वेदमा रामलार्इ पूज, कृष्णलार्इ ईश्वर मान भनेर लेखेकाे छ त ? अब आजकाे युगमा मानिसहरू कतिसम्म भयभीत हुन थाले भने हनुमान र शनि भगवानका मन्दिरहरूकाे संख्या बढ्न गएकाे छ। कुनै पनि देवी-देवता र गुरुकाे पूजा गर्ने कुराकाे यहाँ विरोध हाेइन, तर मात्र एक सवाल के हाे भने के सयाैँ देवताहरूकााे पूजा गर्नु वा गराउनु वेदसम्मत छ ?
कर्मकाण्ड र संस्कार : धेरैजसाे यस्ता कर्मकाण्ड र संस्कारहरू छन् जसकाे हिन्दू धर्मसँग कुनै नाता छैन। जस्तै 16 संस्कारका अलावा पनि मानिसहरू पनि किसिम-किसिमका संस्कार र रीति-रिवाज मान्दछन्। प्रत्येक समाजकाे अाफ्नाे अलग रीति र रिवाज छन्। जन्म-संस्कारका तरिका अलग, विवाहका तरिका अलग र अ्न्तिम संस्कारका तरिका पनि अलग। के हिन्दु धर्ममा मृत्युभोजकाे उल्लेख पाइन्छ ?
यस्ता धेरै संस्कार, कर्मकाण्ड, यज्ञकर्म र पूजा-पाठ छन् जसकाे हिन्दू धर्मसँग कुनै सम्बन्ध नै छैन। तिनीहरूमध्ये अधिकांश स्थानीय परम्पराका हिस्सा हुन्। मानिसहरू हिन्दू धर्मका १६ संस्कारहरूलार्इ अपनाउँछन् तर तिनीहरूकाे शास्त्रसम्मत पालन गर्दैनन्, त्यसमा स्थानीय परम्पराकाे प्रभाव अत्यधिक रहन्छ। वेबदुनियाबाट नेपालीमा अनुवाद गरिएकाे । भाषा अनुवादक कुमार पाैडेल