0 COMMENTS

आजभन्दा ४००० वर्ष पूर्व मध्य दक्षिण–पूर्वी यूरोप तथा मध्य एशियाको क्षेत्र आजको अपेक्षामा संभवतः अधिक गर्मी, चिस्यान र धेरै जंगल भएको थियो । दुनियाँको यस भू–भागमा गोरो रंग एवम् नीलो आँखा भएका नार्डिक कबिलाहरुसहित सम्पूर्ण कबिलाहरुको समूह भ्रमण गरिरहन्थे । तिनीहरु पर्याप्त रुपले एक–अर्कोसँग सम्पर्कमा रहन्थे तथा कुनै उकै सामन्य भाषाको भिन्न–भिन्न बोलीहरु बोल्दथे । उनीहरु राइनदेखि लिएर क्यास्पियन सागरसम्म फैलिएका थिए । यिनै आदिम आर्य थिए । त्यसबेला संभवतः तिनीहरुको जनसंख्या त्यति धेरै थिएन । बेबिलोनियन, जसलाई हम्मुराबी प्रथम विधि–संहिता प्रदान गरिरहेका थिए, तथा ती दिनहरुमा इतिहासमा प्रथम पटक विदेशी दासताको तीतो स्वाद चाखिरहेका प्राचीन एवम् सभ्य मिस्र समुदाय सायद तिनीहरुलाई शंकाको दृष्टिले हेर्दैनथे । यी नार्डिक मानिसहरुले निश्चय नै इतिहासमा धेरै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेको थियो । यिनीहरु छरिएका वृक्षहरु भएका खुला धर्तीवासी तथा जंगलहरुलाई सफा गर्ने मानिस थिए ।

प्रारम्भमा तिनीहरुसँग घोडाहरु थिएनन्, तर तिनीहरु पशुपालन गर्दथे । जब तिनीहरु टाढा प्रस्थान गर्दथे, तब आफ्ना टेन्टहरुलाई तथा अन्य सर–सामानहरुलाई भद्दा गोरुगाडाहरुमा लाद्थे, जब तिनी केही समयका लागि रोकिनुपर्दथ्यो तब तिनीहरु बारहरु तथा माटाको झुपीहरु बनाउँथे । तिनीहरु आफ्ना महत्वपूर्ण मृतकहरुलाई जलाउँथे । उनीहरु तिनीहरुलाई समारोहपूर्वक दबाउँदथे । जस्तो कि बुनेट मानव गर्दथे । तिनीहरु आफ्नो महान नेताहरुको खरानीलाई घडामा राखेर त्यसको माथि माटोको गोलाकार ढिस्को बनाउँदथे । यिनी ढिस्काहरु नै ती गोल समाथि–स्तूप हुन् जुन पुरै यूरोपमा प्राप्त हुन्छन् । यसको पूर्ववर्ती ब्रूमेर मानिस आफ्ना मृतकहरुलाई जलाउँदैनथे, बरु तिनीहरुलार्य लामो ढिस्काहरुको मुनि रहेको मुद्रामा गाड्दथे, जसलाई ‘लम्बे समाधि–स्तूत’भनिन्छ ।

आर्यहरु गोरुहरुले खेत जोतेर गहुँको खेती गर्दथे, तर तिनीहरु आफ्नो खेतिनजिकै स्थायी रुपले बस्दैनथे; तिनीहरु आफ्नो खेती काट्दथे र अगाडि बढ्नजान्थे । उनीहरुसँग काँच थियो र उनीहरुले फलाम पनि प्राप्त गरेका थिए, तर कहिले यो ज्ञात छैन । संभवतः उनीहरुले फलाम पगाल्ने खोज गरे होलान् र लगभग यसैको वरिपरि उनीहरुले घोडा पनि प्राप्त गरेका थिए, तर प्रारम्भमा उनीहरु यसको प्रयोग भार–बहनको लागि गर्दथे । भू–मध्यसागरीय क्षेत्रहरुमा स्थायी जीवन विताउनेहरुको जस्तै मन्दिर उनीहरुको जीवनको केन्द्र थिएन, तथा उनीहरुको मुखिया नेता हुने गर्दथे न की पुजारीगण । उनीहरुको सामाजिक व्यवस्था इश्वरीय अथवा राजसी हुनुको अपेक्षा अभिजात–तन्त्रीय थियो । धेरै प्राचीन कालदेखि नै तिनीहरु केही परिवारहरुलाई नेतृत्वकारी गुणहरुले सम्पन्न एवम् श्रेष्ठ मान्दथे ।

तिनीहरु धेरै बकवादी मानिसहरु थिए । उनीहरु आफ्नो घुमक्कडीलाई भोजहरुद्धारा जीवन्ता प्रधान गर्दथे । यी भोजहरुमा तिनीहरु कुनै नशीला द्रव पिउँदथे तथा एक खास किसिमका मानिसहरु नाच्ने – गाउँने गर्दथे । सभ्य समाजहरुको सम्पर्कमा आउनु पूर्वसम्म तिनीहरुलाई लेखनको ज्ञान थिएन तथा कठस्थ कविताहरु नै उनीहरुको साहित्य थियो । मनोरञ्जनका लागि सस्वर पाठ गरिने भाषाको प्रयोगले यसलाई यसलाई अभिव्यक्तिको एक सुन्दर माध्यम बनाउनमा धेरै महत्वपूर्ण योगदान गर्यो । निसन्देह आर्य–भाषाहरुबाट उब्जेको भाषाहरुको प्रभुत्वको श्रेय यसै तथ्यलाई दिनुपर्नेछ । प्रत्येक आर्य कबिलाको आफ्नो दन्यकथात्मक इतिहास थियो जुन की यिनै चरणमा गायनमा महाकाव्यहरु, आख्यानहरु तथा वेदहरुको रुपमा …जस्तो की भनिन्थ्यो ….वर्तमान थियो ।

यी मानिसहरुको सामाजिक जीवन यिनीहरुको नेतृत्वकारी मानिसहरुको घरहरुमा कन्द्रित हुन्थ्यो । तिनीहरु जहाँसुकै केही समयका लागि रहन्थे, त्यहाँ उनीहरुको मुखियाहरुको आवास धेरै ठूलो हुन्थ्यो र काठले बनेको हुन्थ्यो । मुखियाका यी आवास आम आर्यहरुको केन्द्र हुनेगर्दथ्यो । प्रत्येक व्यक्ति त्यहाँ उत्सव मनाउन, बन्दीहरुको गायन सुन्न तथा खेल र वार्ताहरुमा भाग लिनको लागि जान्थे । यसको चारैतिर गौशलाहरु (गाई बाँध्ने ठाउँ) र अस्तबल (घोडाको तबेला) हुन्थे । मुखिया र उसकी पत्नी एक चौतारा अथवा माथिल्लो ग्यालरीमा हुन्थे । आम मानिस जहाँसुकै सत्थे जस्तो की भारतीय घरहरुमा मानिस अहिले पनि गर्दछन् । हतियार, आभूषण तथा औजार आदि व्यक्तिगत सम्पति हुन्थे । मुखिया सामूहिक प्रयोगका पशुहरु तथा चरनहरुको मालिक हुन्थे । जंगल र नदीहरुमा कसैको स्वामित्व थिएन ।

नाइल नदी र मेसोपोटामियाको महान् सभ्यताहरु फस्टाउने क्रममा जनु जनगण मध्य यूरोप तथा पश्चिमी मध्य एसियाको विशाल क्षेत्रहरुमा रही आफ्नो संख्यामा वृद्धि गरिरहेका थिए, तीनीहरुको जीवनको स्थिति क्षेत्रहरुमा रही आफ्नो संख्यामा वृद्धि गरिरहेका थिए ,तिनीहरुको जीवनको स्थिति केही यस्तै थियो । यिनै मानिस थिए जो इसा पूर्वको दोस्रो सहस्राब्दीमा हरेक ठाउँमा हेलियोलिथिक मानिसहरुलाई आक्रान्त गरिरहेका थिए । उनीहरु फ्रान्स, ब्रिटेन तथा स्पेनमा आइरहेका थिए । यी मानिस दुई समूहहरुमा पश्चिमतर्फ गए । यिनीहरुमा पहिलो समूहका मानिस जो ब्रिटेन र आयरल्याण्डमा पुगे काँसका हतियारहरुले लैस थिए । उनीहरुले इङ्ल्याण्डमा त्यहाँ बसने मानिसहरुलाई बाहिर खेदेर अथवा उनीहरुलाई आफ्नो दास बनाएर त्यहाँ पत्थरहरुको विशाल स्मारक बनाए, जसलाई स्टोनहेज (ठूला–ठूला ढुङ्गाहरुको घेरा) तथा अवेबरी भनिन्छ । तिनीहरु आयरल्याण्ड पुगे । यिनीहरुलाई गोइडलिक केंल्टस् (उत्तरी केल्ट समूहको भाषा बोल्ने) भनिन्छ । यिनीहरुजस्तै मानिसहरुको एउटा अर्को हलर, जसमा केही अन्य प्रजातीय तत्व पनि मिलेका थिए, इङ्ल्याण्डमा आफूसँग फलम लिएर आए । यिनलाई ब्रिटोनिक केल्टको धारा (केल्ट भाषाको दक्षिणी समूहको भाषा बोल्ने मानिस) भनिन्छ । वेल्सको भाषाको उदय यसै भाषाबाट भएको हो ।यी सगोत्रीय केल्ट मानिस दक्षिणातिर स्पेन गइरहेका थिए, जहाँ तिनीहरु न केवल अहिले पनि क्षेत्रमा कब्जा जामाई हेलिओलिथक बास्क मानिसहरुको सम्पर्कमा आइरहेका थिए, बर समेटिक फोयनीसियन मानिसहरुको कबिलाहरुको एक धारा अझै पनि निर्जन एवम् जंगलहरुले भएिको इटलीको प्रायद्धिपमा गइरहेका थिए, जसलार्य इटालियन भनिन्छ । उनीहरुले सदैव विजय मात्र हासिल गरेनन् । इ.पू. को आठौं शताब्दीमा टाइबर नदीको तटमा बसेको व्यापारिक नगर रोमको इतिहासमा प्रकट हुन्छ । यहाँ आर्य ल्याटिन रहिरहेका हुन्छन्, तर एट्रस्कन अभिजातहरु र राजाहरुको शासनको अधीन ।

आर्य क्षेत्रहरुको अर्को किनारामा यनि यस्तै ग्रगति भइरहको थियो । संस्कृत बोल्ने आर्य कविलाहरु १००० इ.पू. भन्दा पनि पहिले पश्चिम क्षेत्रहरु भएर भारतको उत्तरमा पुगिसकेका थिए । त्यहाँ तिनीहरु आदिवासी कालका मानिसहरुको सभ्यता ….द्रविड सभ्यता …को सम्पर्कमा आए र तिनीहरुबाट धेरै कुरा सिके । अन्य आर्य कविला आफ्नो आवसीय क्षेत्रहरुभन्दा धेरै पूर्वमा मध्य एसियाको पहाडी मैदानहरुमा फैलिन गए । पूर्वी तुर्किस्तानमा अहिले पनि गोरा रंग र नीला आँखा भएका मानिसहरु रहन्छन् तर अब तिनीहरु मंगोलियन मूलको भाषा बोल्छन् । ई.पू. २००० मा हित्ती मानिस ककेशसको क्षेत्रबाट दक्षिणतर्फ गएका थिए, जहाँबाट तिनीहरु पश्चिम उत्तरमा अनातोलिया गए र जहाँ एक शक्तिशाली साम्राज्यको राजधानीको निमार्ण गरे । तर १५०० इ. को आसपास तिनीहरु आफ्नो अधिकांश भू–भाग मितानियहरुलाई हारे, जुन भारततिर जाने आर्य कविलाहरुको पश्चिमतिर भड्किएको हिस्सा थियो । पछि हित्तीहरुले यसलाई पुनः हासिल गरे र एक समयमा मध्य पूर्वको सबभन्दा ठूलो शक्ति बने । आगन्तुकहरुको एक अन्य नयाँ लहरद्धारा ई.पू. ११०० मा यिनीहरुको अन्तिम रुपले बिनाश हुनगयो ।

बाल्कनमा र बाल्नबाट भएर आर्यहरुको अन्य कविलाहरुको अरु पनि लहरहरु आए । सर्वप्रथम कविलाहरुको एक समूह आयो, जसमध्येबाट फिजियम सबभन्दा उत्कृष्ट मानिस थिए । ती पछि आयोलिक, आयोनि तथा डोरियन ग्रीक मानिस आए । ई.पू. १००० सम्म यिनीहरुले मुख्य ग्रीस तथा ग्रिस द्धिपहरुको प्राचीन इजियन सभ्यतालाई समाप्त गरिसकेका थिए तथा कंसाालाई लगभग भुलिसकिइएको थियो । ग्रिकहरु ई.पू. १००० सम्म समुन्द्रसम्म पुगिसकेका थिए । उनीहरु क्रिट र रोडसमा बसिसकेका थिए तथा भू–मध्यसागरीय तटहरुमा फैलिएको फोयनिसियन व्यापारिक नगरहरुको पतनपछि सिसली तथा इटलीको दक्षिणमा आफ्नो उपनिवेश बनाइरहेका थिए ।

यो त्यही समय थियो जबकी तिगलथ सिल्सर–३ र सरगोन–२ तथा असुरबेनीपाल असिरियामा शासन गरिरहका थिए र बेबीलोनिया, सिरिया तथा मिश्रसँग लडिरहेका थिए, र आर्यगढ सभ्यताको तौर–तरिका सिकिरहेका थिए तथा इटली, ग्रीस र उत्तरी पर्सियामा स्वयम्को प्रयोगको लागि हस्तान्तरित गरिरहका थिए । नवौं शताब्दी ई.पू. भन्दा पछाडि ६ शताब्दीको इतिहास आर्यहरुको प्राचीन सभ्यतालाई आफ्नो अधीन गर्नुको कहानी हो । शासनसत्ताको क्षेत्रमा त आर्य पूर्ण रुपले विजयी हुन गए तर आर्यन, सेमिटिक तथा मिश्री विचारहरु तथा संस्कृतिहरुको संघर्ष आर्यहरु सत्तासीन भएपछि पनि लामो समयसम्म चलिरह्यो । यो यस्तो संघर्ष जुन की पछिको इतिहासको पूरा क्रममा चलिरह्यो र आज पनि चलिरहेको छ ।

लेखक, (१८६६ –१९४६) एक जना प्रख्यात अंग्रेजी उपन्यासकार, पत्रकार, समाजवादी चिन्तक र इतिहासकार हुन् । हामीले उनको यो लेख A Short history of the world बाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।