0 COMMENTS

काठमाण्डाै१२साउन०७५/  आजबाट देशै भर मनसुन सक्रिय भएको छ । अहिले देशका विभिन्न भागमा पानी परिररहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी गतिविधि सक्रिय भएकाले आज दिनभरी नै देशैभरी पानी पर्ने संभावना रहेको मौसमविद्हरुले बताएका छन् । आज दिउँसो मध्यपश्चिम क्षेत्र र राति पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रमा भारी वर्षाको संभावना रहेको बताइएकोछ । गएरातिदेखि नै मध्यमाञ्चल क्षेत्रमा अन्यत्रभन्दा धरै वर्षा भएको छ ।

त्यस्तै नेपालगञ्ज, डडेलधुरा, विरेन्द्रनगर, भैरहवा लगायतका ठाउँमा पनि औसत वर्षा भएको छ । तर, विगत केहीदिनदेखि जोमसोम क्षेत्रमा भने पानी परेको छैन । यस वर्ष काठमाडौं उपत्यकामा औसतभन्दा धेरै वर्षा भएको छ ।

जुलाई महिनामा काठमाडौं उपत्यकामा अनुमान गरिएभन्दा वढी वर्षा भएको हो । आज–भोलि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने संभावना भएकाले भिरालो जमीन र नदी आसपास क्षेत्रका बासिन्दालाई सावधानी अपनाउँन मौसमविद्हरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।