0 COMMENTS

प्रसिद्ध एक्शन मुभि सिरिज x-म्यान फेम हलिउड स्टार ह्यू ज्याकम्यान यी दिनहरूमा हिन्दू धर्मलार्इ पूर्ण रूपले फलो गरिरेहका छन् । उनी एक इसाई हुनाका बावजूद पनि चर्च वा बाइबलकाे साटाे हिन्दू धर्म ग्रन्थ भगवद्गीता तथा उपनिषदमा शान्तिकाे मार्ग खोजिरहेका छन्।

समाचार अनुसार सनातन धर्मबाट अत्यन्त प्रभावित भएका ह्यू ज्याकम्यानले कतिसम्म भनेका छन् भने – ” मैले मेरा सवालहरूकाे जवाफ चर्चमा हाेइन, गीता र उपनिषदहरूमा भेटाएँ। “

एक अंग्रेजी अख़बारलार्इ दिएकाे अन्तरर्वार्ताम उनले भनेका छन् – ” मलार्इ चर्चमा लगिएकाे थियाे तर मेराे दिमागमा अाएका प्रश्नहरूले मलार्इ पिराेलिरहेकाे थियाे – त्यहाँ मैले कुनै सन्ताेषजनक उत्तर पाउँन सकिनँ – तर जब मैले वैदिक विचारहरू, ग्रन्थहरू र तथ्यहरू खोजे तब मैले मेरा सबै प्रश्नहरूककाे जवाफ फेला पारेँ र त्यसबाट म पूर्ण रूपमा सन्तुष्ट हुन पुगेँ। ”

उनले यस क्रममा के बताए भने उनी हिन्दू आदि गुरु शन्कराचार्य तथा महेश योगीबाट अत्यन्त प्रभावित भए। उनी यसमा अगाडि थप्दै के भन्छन् भने जहिलेदेखि उनले यी दुबैलार्इ पढ्न सुरू गरे, उनलार्इ सनातन धर्म ग्रन्थहरूसँग लगाव हुँदै गयाे।

यसपछि उनले भगवद्गीता र उपनिषदलार्इ पढ्न थाले, जसकाे अध्ययनबाट उनले जीवन र जगतसँग जाेडिएका सबै प्रश्नहरूकाे जवाफ फेला पारे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।