पल्लवी शर्मा,वेद सनातन धर्मकाे सबैभन्दा पुरानाे धर्मग्रन्थ मात्र हाेइन मानव सभ्यताकै सबैभन्दा पुरानाे पुस्तक पनि यही हाे । वेद विद शब्दबाट बनेकाे हाे जसकाे अर्थ हुन्छ जान्नु, ज्ञाता वा जान्ने । मान्नु वा मान्ने भन्ने अर्थ वेदबाट लाग्दैन । यसकाे अर्थ मात्र जान्ने वा जानेर बुझेर वा परख गरिएकाे ज्ञान भन्ने हुन अाउँछ । अर्थात् अनुभूत ज्ञान वा जाँच परख गरिएकाे ज्ञान मार्ग । वास्तवमा ब्रह्म वाक्य यसैमा संकलित छ । वेद मानव सभ्यताकाे सबैभन्दा पुरानाे लिखित दस्तावेज हाे । वेदका २८ हजार पाण्डुलिपिहरू भारतकाे पुणेस्थित भण्डारकर अाेरिएन्टल रिसर्च इन्स्टिच्युटमा राखिएकाे छ । तीमध्ये ऋग्वेदका ३० पाण्डुलिपिहरू असाध्यै महत्वपूर्ण छन् जसलार्इ युनेस्काेले अाफ्नाे सम्पदा सूचीमा समावेश गरेकाे छ ।
युनेस्काेले ऋग्वेदका इ. पू. १८०० देखि इ. पू.१५०० बीचका ३० पाण्डुलिपिहरूलार्इ अाफ्नाे सांस्कृतिक धराेहरका रूपमा समावेश गरेकाे छ । महत्वपूर्ण कुरा त के छ भने युनेस्काेका १५८ सांस्कृतिक धराेहरमध्ये भारतका मात्र ३८ वटा पाण्डुलिपिहरू त्याे सूचीमा सामेल भएका छन् । वेदलार्इ श्रुति पनि भनिन्छ । श्रु धातुबाट श्रुति बनेकाे छ । श्रु अर्थात् सुन्नु । के भनिन्छ भने प्राचीन तपस्वीहरू गहिराे तपस्यामा लीन भइरहेकाे समयमा यी मन्त्रहरू उनीहरूलार्इ स्वयं र्इश्वरले अप्रत्यक्ष रूपमा सुनाएका थिए । सर्वप्रथम र्इश्वरले चार जना ऋषिहरूलार्इ वेदकाे ज्ञान दिएः अग्नि, वायु, अंगिरा र अादित्य । वेद वैदिककालीन वाचिक परम्पराकाे अनुपम कृति हाे जुन पछिल्लाे छ सात हजार इसा पूर्वबाट चलिरहेकाे छ । विद्वानहरूले संहिता, ब्राह्मण, अारण्यक र उपनिषद् यी चारकाे संयाेगलार्इ वेद भनेका छन् । यी चार भागलार्इ संयुक्त रूपमा श्रुति भनिन्छ । अन्य बाँकी ग्रन्थ स्मृति अन्तर्गत पर्दछन् । वेदकाे संहिता भनेकाे मन्त्र भाग हाे । वैदिक मन्त्रहरू सुन्दरताले भरिपूर्ण छन् । वैदिक ऋषिहरू जब वेदकाे सस्वर पाठ गर्छन् त्याे सुनेर चित्त प्रफुल्ल हुन्छ। जसले सस्वर वेद पाठ सुन्छन् ती पनि मुग्ध हुन्छन् ।
वेदकाे ब्राह्मण भागमा यज्ञकाे बारेमा चर्चा गरिएकाे छ । यसमा वेदका मन्त्रहरूकाे व्याख्या गरिएकाे छ । यसमा यज्ञका विधान र विज्ञानका बारेमा विस्तारपूर्वक वर्णन गरिएकाे पाइन्छ । मुख्य ब्राह्मण ग्रन्थहरू यसप्रकार छः एेतरेय, तैत्तिरीय र शतपथ । अारण्यक पनि वेदकाे एक महत्वपूर्ण हिस्सा हाे । संस्कतमा वनलार्इ अरण्य भनिन्छ । त्यसैले अरण्यमा उत्पन्न भएका ग्रन्थहरू नै अारण्यक अन्तर्गत पर्दछन् । पाँच मुख्य अारण्यक यसप्रकार छन्ः एेतरेय, शांखायन, बृहदारण्यक, तैत्तिरीय र तवलकार । उपनिषद् वेदकाे शीर्ष भाग हाे । साथै उपनिषद् वेदकाे सर्वश्रेष्ठ अन्तिम भाग पनि भएकाले यसलार्इ वेदान्त पनि भनिन्छ । यसमा र्इश्वर, सृष्टि र अात्माका सम्बन्धमा गहन दार्शनिक तथा वैज्ञानिक वर्णन गरिएकाे छ । उपनिषदहरूकाे वास्तविक संख्या ११८० मानिन्छ तर हाल उपनिषदका १०८ संख्या मात्र उपलब्ध छन् । तिनमा मुख्य उपनिषद् यसप्रकार छन्ः र्इश, केन, कठ, प्रश्न, मुण्डक, माण्डुक्य, तैत्तरीय, एेतरेय, छान्दाेग्य,बृहदारण्यक र श्वेताश्वेर । असंख्य वेद शाखाहरू, ब्राह्मण ग्रन्थ, अारण्यक र उपनिषदहरू लाेप भइसकेका छन् ।
हाल अाएर ऋग्वेदका दस, कृष्ण यजुर्वेदका बत्तीस, सामवेदका साेह्र र अथर्ववेदका एकतीस उपनिषदहरू अस्तित्वमा छन् । प्राेफेसर विन्टरनिट्जले वैदिक साहित्यकाे रचनाकाल २००० देखि २५०० इसा पूर्व मानेका छन् । तर खासमा वेदकाे रचना कुनै एक निश्चित कालखण्डमा भएकाे हाेइन । अर्थात् याे त बिस्तारै बिस्तारै रचना हुँदै गयाे र सबैभन्दा पहिले वेदका तीन भाग संकलन गरियाे जसमा ऋग्वेद, सामवेद र यजुर्वेदकाे संकलन भयाे । यसलार्इ वेदत्रयी पनि भनिन्छ । सनातन मान्यता अनुसार वेदकाे विभाजन रामचन्द्रकाे जन्मपूर्व पुरूरवा ऋषिकाे समयमा भएकाे हाे । कालान्तरमा अथर्वा ऋषिले अथर्ववेदकाे रचना गरेका हुन् । कतिपय विद्वानहरूका मतमा चाँहि श्रीकृष्णकाे समय द्वापर युगकाे समाप्तिपछि महर्षि वेदव्यासले वेदलार्इ चार भागमा विभाजन गरी व्यवस्थित गरेका हुन् । उनले यी चार भागकाे शिक्षा क्रमशः चार शिष्यहरू पैल, वैशम्पायन, जैमिनी र सुमन्तुलार्इ दिए । त्यस क्रममा उनले पैललार्इ ऋग्वेद, वैशम्पायनलार्इ यजुर्वेद, जैमिनीलार्इ सामवेद तथा सुमन्तुलार्इ अथर्ववेदकाे जिम्मेवारी दिए । यसकाे अाधारमा भन्दा वेद लिखित रूपमा अाजभन्दा ६५०८ वर्ष पुरानाे ग्रन्थ हाे । यसलार्इ पनि साेझै नकार्न सकिँदैन किनभने श्रीकृष्ण अाजभन्दा ५११२ वर्ष अगाडि यस धर्तीमा भएकाे तथ्य फेला परिसकेकाे छ ।
वेदका चार विभाग छन्: ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद। ऋग-स्थिति, यजु-रूपान्तरण, साम-गतिशील र अथर्व-जड। ऋक भनेकाे धर्म, यजुः भनेकाे मोक्ष, साम भनेको काम, अथर्व भनेको अर्थ पनि मानिन्छ। यसैका आधारमा धर्मशास्त्र, अर्थशास्त्र, कामशास्त्र र मोक्षशास्त्रकाे रचना भएकाे हाे। ऋग्वेद : ऋक अर्थात् स्थिति र ज्ञान। यसमा १० मण्डल र १०२८ ऋचाहरू छन्। ऋग्वेदका ऋचाहरूमा देवताहरूकाे प्रार्थना, स्तुति र देवलोकमा उनीहरूकाे स्थितिकाे वर्णन पाइन्छ। यसमा ५ शाखाहरू छन् – शाकल्प, वास्कल, अश्वलायन, शांखायन, मण्डूकायन। यजुर्वेद : यजुर्वेदकाे अर्थ : यत् + जु = यजु। यत् काे अर्थ हो गतिशील तथा जु काे अर्थ हो आकाश। यसकाे अलावा कर्म। श्रेष्ठतम कर्मकाे प्रेरणा। यजुर्वेदमा १९७५ मन्त्र र ४० अध्याय छन्। यस वेदमा धेरैजसाे यज्ञका मन्त्रहरू छन्। यज्ञकाे अलावा तत्वज्ञानकाे वर्णन छ। यजुर्वेदका दुर्इ शाखाहरू छन् कृष्ण र शुक्ल। सामवेद : साम अर्थात रूपान्तरण र संगीत। सौम्यता र उपासना। यसमा १८७५ (१८२४) मन्त्रहरू छन्। यसमा ऋग्वेदका नै अधिकतर ऋचाहरू छन्। यस संहिताका सबै मन्त्र संगीतमय छन्, गेय छन्। यसमा मुख्य ३ शाखाहरू छन्, ७५ ऋचाहरू छन् र विशेष गरी संगीतशास्त्रलार्इ समावेश गरिएकाे छ। अथर्ववेद : थर्व काे अर्थ हाे कम्पन र अथर्व काे अर्थ अकम्पन। ज्ञानले श्रेष्ठ काम गर्दै जाे परमात्माकाे उपासनामा तल्लीन हुन्छ त्यही नै अकम्प बुद्धि प्राप्त गरेर माेक्ष धारण गर्दछ भन्ने अथर्ववेदकाे मुख्य अभिप्राय रहेकाे पाइन्छ । अथर्ववेदमा ५९८७ मन्त्र तथा २० काण्ड छन् । यस वेदमा पनि ज्यादातर ऋग्वेदका ऋचाहरू नै छन् । यसमा रहस्यमय विद्याकाे पनि वर्णन पाइन्छ । उपराेक्त सबैमा परमात्मा, प्रकृति र अात्माकाे विशद वर्णन र स्तुतिगान गरिएकाे छ । यसबाहेक वेदहरूमा अाफ्नाे समयका महापुरूषहरूकाे महिमा, गुणगान एवं उक्त समयकाे सामाजिक,राजनीतिक तथा भाैगाेलिक अवस्थाकाे वर्णन पनि पाइन्छ ।
छ वेदाङ्ग : (वेदका छ अंग)- (१) शिक्षा, (२) छन्द, (३) व्याकरण, (४) निरुक्त, (५) ज्योतिष र (६) कल्प।
छ उपांग : (१) प्रतिपदसूत्र, (२) अनुपद, (३) छन्दोभाषा (प्रातिशाख्य), (४) धर्मशास्त्र, (५) न्याय तथा (६) वैशेषिक।
माथि उल्लिखित छ वटा उपांग ग्रन्थहरू उपलब्ध छन् । यसैलार्इ षड्दर्शन भनिन्छ जुन यसप्रकार छन्ः सांख्य, याेग, न्याय, वैशेषिक, मीमांशा र वेदान्त । त्यसै गरी वेदका उपवेदहरू निम्न अनुसार छन्ः ऋग्वेदकाे अायुर्वेद, यजुर्वेदकाे धनुर्वेद, सामवेदकाे गंधर्ववेद तथा अथर्ववेदकाे स्थापत्यवेद ।
आधुनिक विभाजन : आधुनिक विचारधाराका अनुसार चार वेदहरूकाे विभाजन यसप्रकार गरिएकाे छ- (१) याज्ञिक, (२) प्रायोगिक र (३) साहित्यिक।
वेदकाे सार उपनिषद र उपनिषदकाे सार ‘गीता’ लार्इ मानिन्छ। यस हिसाबले हेर्दा वेद, उपनिषद र गीता नै वास्तविक धर्मग्रन्थ हुन्, अर्काे कुनै छैन। स्मृतिहरूमा वेद वाक्यहरूलार्इ विस्तृत रूपमा व्याख्या गरिएकाे छ । वाल्मिकी रामायण र महाभारतलार्इ इतिहास तथा पुराणहरूलार्इ पुरातन इतिहासका ग्रन्थ मानिएकाे छ । विद्वानहरूले वेद, उपनिषद र गीताकाे पाठलार्इ नै उचित ठहर गरेका छन्। ऋषि तथा मुनिहरूलार्इ दृष्टा भनिएकाे छ भने वेदलार्इ ईश्वर वाक्य मानिएकाे छ ।
वेद ऋषिहरूका मन वा विचारका उपज हाेइनन्। ऋषिहरूले त त्यही लेखे वा भने जुन उनीहरूले पूर्णजाग्रत अवस्थामा देखे, सुने र परख गरे। मनुस्मृतिमा श्लोक (II.६) काे माध्यमबाट के भनिएकाे छ भने वेद नै सर्वोच्च र प्रथम प्राधिकृत वस्तु हाे। वेदले कुनै प्रकारकाे ऊँच-नीच, जात-पात, महिला-पुरुष आदिमा भेद गरेकाे छैन। ऋग्वेदका ऋचाहरूमा लगभग ४१४ ऋषिहरूकाे नाम पाइन्छ जसमा लगभग ३० नाम महिला ऋषिहरूकाे छ।
जन्मका आधारमा जातिकाे विरोध ऋग्वेदकाे पुरुष-सुक्त (X.९०.१२), तथा श्रीमद्भगवत गीताकाे श्लोक (IV.१३), (XVIII.४१) मा पाइन्छ। श्लोक : श्रुतिस्मृतिपुराणानां विरोधो यत्र दृश्यते। तत्र श्रौतं प्रमाणन्तु तयोद्वैधे स्मृतिर्त्वरा॥ भावार्थ : अर्थात् जुन ठाउँमा वेद र अन्य ग्रन्थहरूमा विरोध देखिन्छ, त्यहाँ वेद वाक्य नै मान्य हुनेछ-वेद व्यास । प्रकाशभन्दा अधिक गतिशील तत्व अहिलेसम्म भटिएकाे छैन र न मनकाे गति नै मापन गरिएकाे छ । ऋषि-मुनिहरूले मनभन्दा पनि अधिक गतिमान किन्तु अविचल वस्तुकाे साक्षात्कार गरे र त्यसलार्इ ‘वेद वाक्य’ वा ‘ब्रह्म वाक्य’ बनाइदिए।वास्तवमा वेदकाे अध्ययन मनन र अनुभूतिविना सनातन धर्मकाे महिमा र गरिमा बुझ्न र बुझाउन सकिँदैन । त्यसैले वेद के हाे भन्ने बुझ्न सजिलाे हाेस् भन्ने अाशयले याे लेख इन्डियन नाेभाबाट नेपालीमा अनुवाद गरी पाठकहरूसमक्ष प्रस्तुत गरिएकाे छ। भाषा अनुवादक कुमार पाैडेल ।। ॐ ।।