हिन्दू धर्मकाे ९० हजार वर्षभन्दा पनि लामाे लिखित इतिहासमा लगभग २० हजार वर्ष पूर्व नयाँ शिराबाट वैदिक धर्मकाे स्थापना भयाे र नयाँ शिराबाट सभ्यताकाे विकास पनि प्रारम्भ भयाे। प्रारम्भमा ब्रह्मा र उनका पुत्रहरूले पृथ्वीमा विज्ञान, धर्म, संस्कृति र सभ्यताकाे विस्तार गरे। त्यस समयमा शिव र विष्णु सत्ता, धर्म र इतिहासका केन्द्रमा हुन्थे। देवता र असुरहरूकाे काल अनुमानित २० हजार इसा पूर्वदेखि लगभग ७ हजार इसा पूर्वसम्म चलेकाे थियाे। पछि पृथ्वी जलमा डुबेपछि ययाति र वैवस्वत मनुकाे काल र कुलकाे सुरुवात भयाे।
दुनियाँभरिका प्राचीन सभ्यताहरूसँग हिन्दू धर्मकाे कनेक्शन थियाे। सम्पूर्ण धरतीमा हिन्दू वैदिक धर्मले नै मानिसहरूलार्इ सभ्य बनाउनका लागि अलग-अलग क्षेत्रहरूमा धार्मिक विचारधाराका नयाँ-नयाँ रूपमा स्थापना भएकाे थियाे। आज दुनियाँभरिका धार्मिक संस्कृति र समाजमा हिन्दू धर्मकाे झलक देख्न सकिन्छ चाहे त्याे यहुदी, यजिदी, रोमा, पारसी, बौद्ध धर्म होस् वा इसाई-इस्लाम धर्म नै किन नहाेस्।
सनातन धर्म अनुयायीहरूले त्यस समयमा विश्वभरि विशालकाय मन्दिर, भवन र नगरहरूकाे निर्माण कार्य तीव्रताका साथ गरेका थिए। हिन्दू धर्मले अाफ्ना जराहरू युरोपदेखि लिएर एसियासम्म फैलाएका थिए, जसका प्रमाण आज पनि भेटिन्छ। आज हामी तपार्इंलार्इ विश्वका यस्तै स्थानहरूका बारेमा उल्लेख गर्न गइरहेका छाैँ, जसका बारेमा के भनिन्छ भने ती स्थानहरूमा हिन्दू धर्म कुनै समयमा अाफ्नाे विकासकाे चरम चुलीमा थियाे।
१.सिन्धु-सरस्वती उपत्यकाका हडप्पा एवं मोहनजोदोडाे सभ्यता (५०००-३५०० इसा पूर्व) : हिमालयबाट निस्केर सिन्धु नदी अरबकाे समुद्रमा गएर खस्दछ। प्राचीनकालमा यस नदीकाे आसपास फैलिएका सभ्यतालार्इ नै सिन्धु उपत्यकाकाे सभ्यता भनिन्छ। यस नदीकाे किनारका दुर्इ स्थानहरू हडप्पा र मोहनजोदडाे (पाकिस्तान) मा गरिएकाे उत्खननमा सबभन्दा प्राचीन र पूर्ण रूपले विकसित नगर र सभ्यताकाे अवशेष भेटियाे। यसपछि चन्हुदडाे, लोथल, रोपड, कालीबंगा (राजस्थान), सुरकोटदा, आलमगीरपुर (मेरठ), बणावली (हरियाणा), धौलावीरा (गुजरात), अलीमुराद (सिन्ध प्रान्त), कच्छ (गुजरात), रंगपुर (गुजरात), मकरान तट (बलुचिस्तान), गुमला (अफगान-पाक सीमा) आदि ठाउँहरूमा उत्खनन गरी प्राचीनकालीन कयाैँ अवशेषहरू एकट्ठा गरियाे। अहिले यसलार्इ सैन्धव सभ्यता भनिन्छ।
हडप्पा तथा मोहनजोदडाेमा असंख्य देवीहरूकाे मूर्तिहरू प्राप्त भएका छन्। यी मूर्तिहरू मातृदेवी वा प्रकृति देवीका हुन्। प्राचीनकालदेखि नै मातृ वा प्रकृतिकाे पूजा सनातन धर्मावलम्बीहरूले गर्दै अाइरहेका छन् र आधुनिक कालमा पनि गरिरहेका छन्। यहाँ भएका उत्खननबाट के पत्ता लाग्याे भने हिन्दू धर्म प्राचीनकालमा अच्यन्त उन्नत अवस्थामा थियाे। सिन्धु उपत्यकाकाे सभ्यतालाृइ दुनियाँकाे सबभन्दा रहस्यमयी सभ्यता मानिन्छ किनभने यसकाे पतनका कारणहरू अहिलेसम्म खुलासा भएकाे छैन।
चार्ल्स मेसनले वर्ष १८४२ मा पहिलाे पटक हडप्पा सभ्यताकाे खोजी गरेका थिए। यसपछि दया राम साहनीले सन् १९२१ मा हडप्पाकाे आधिकारिक खोजी गरेका थिए भने यस कार्यमा उनलार्इ अर्का एक जना पुरातत्वविद माधो सरूप वत्सले उनलार्इ सहयोग गरेका थिए। यस क्रममा हडप्पाबाट कतिपय यस्ता चीजहरू भेटिएका छन्, जसलार्इ हिन्दू धर्मसँग जोड्न सकिन्छ। पुरोहितकाे एक मूर्ति, बैल, नन्दी, मातृदेवी, बयलगाडा र शिवलिंग।सन् १९४० मा उत्खननका क्रममा पुरातात्विक विभागका एमएस वत्सलार्इ एक शिव लिंग हात पर्याे जुन लगभग ५००० वर्ष पुरानाे छ। शिवजीलार्इ पशुपतिनाथ पनि भनिन्छ।
बालीकाे प्राचीन मन्दिर : इन्डोनेशिया कुनै बेला हिन्दू राष्ट्रका रूपमा चिनिन्थ्याे, तर इस्लाम धर्मकाे उत्थानपछि याे राष्ट्र आज मुस्लिम राष्ट्र भएकाे हाे। शोधकर्ताहरूका अनुसार जहाँ आज इन्डोनेशियन इस्लामिक युनिभर्सिटी छ त्यहाँ कुनै समयमा हिन्दू मन्दिर हुने गर्थ्याे, जसमा शिव र गणेशका मूर्तिहरू थिए र उनीहरूकाे पूजा गर्ने गरिन्थ्याे। यहाँ एक ऐतिहासिक शिवलिंग पनि फेला परेकाे छ।
इन्डोनेशियाकाे एक द्वीप हाे बाली जुन अाफैँमा हिन्दू बहुल क्षेत्रका रूपमा चिनिन्छ। यहाँका हिन्दुहरूले अाफ्नाे धर्म र संस्कृतिलार्इ अहिलेसम्म पनि छोडेका छैनन्। बालीमा एक भवनकाे निर्माणकाे उत्खननका क्रममा मजदूरहरूले मन्दिरकाे केहि अंश भेटाए । त्यसपछि याे खबर बालीकाे ऐतिहासिक संरक्षण विभागलार्इ दिइयाे जसले उत्खनन गर्ने सिलसिलामा एक विशाल हिन्दू भवन भेटाए जुन कुनै समय हिन्दू धर्मकाे केन्द्र थियाे। याे विशालकाय मन्दिर आज बाली द्वीपकाे चिनारी बनेकाे छ।
इन्डोनेशियाकाे द्वीप बाली द्वीपमा हिन्दुहरूका कयाैँ प्राचीन मन्दिरहरू छन्, जहाँ एक गुफा मन्दिर पनि छ। यस गुफा मन्दिरलार्इ गोवा गजह गुफा र एलिफेन्टाकाे गुफा भनिन्छ। १९ अक्टाेबर १९९५ मा यसलार्इ विश्व सम्पदा सूचीमा समावेश गरियाे। याे गुफा भगवान शंकरमा समर्पित छ। यहाँ ३ शिवलिंग बनेका छन्। देश-विदेशबाट पर्यटकहरू यसकाे अवलाेकन गर्न अाउँछन्।
शंकर पुत्र सुकेशका तीन पुत्र थिए- माली, सुमाली र माल्यवान्। माली, सुमाली र माल्यवान् नामक तीन दैत्यहरूद्वारा त्रिकुट सुबेल (सुमेरु) पर्वतमा बसाइएकाे थियाे लंकापुरी। मालीलार्इ मारेर देवहरू र यक्षहरूले कुबेरलार्इ लंकापति बनाइदिएका थिए। रावणकी माता कैकसी सुमालीकी पुत्री थिइन्। अाफ्ना मावलपट्टिका हजुरबुवाकाे उक्साहटमा रावणले अाफ्नाे सौतेनी माता इलविल्लाका पुत्र कुबेरसँग युद्ध गर्ने विचार गरेकाे थियाे र लंकालार्इ पुनः राक्षसहरूकाे अधीनमा ल्याउने साेच बनायाे।
रावणले सुम्बा र बाली द्वीपलार्इ जीतेर अाफ्नाे शासनकाे विस्तार गर्दै अंगद्वीप, मलय द्वीप, वराह द्वीप, शंख द्वीप, कुश द्वीप, यव द्वीप र आन्ध्रालयमाथि विजय प्राप्त गरेकाे थियाे। यसपछि रावणले लंकालार्इ पनि अाफ्नाे लक्ष्य बनायाे। लंकामा कुबेरकाे राज्य थियाे, परन्तु पिताले लंकाका लागि रावणलार्इ दिलासा दिएका भने कुबेरलार्इ कैलाश पर्वत आसपासकाे त्रिविष्टप (तिब्बत) क्षेत्रमा भनेका थिए । यसै तारतम्यमा रावणले कुबेरकाे पुष्पक विमान पनि खाेसेर लियाे। आजकाे युग अनुसार रावणकाे राज्य विस्तार इन्डोनेशिया, मलेसिया, बर्मा, दक्षिण भारतका केही राज्य र सम्पूर्ण श्रीलंकासम्म भएकाे थियाे।
भ्याटिकन सहरकाे शिवलिंग :वर्तमानमा इसार्इ धर्मावलम्बीहरूकाे केन्द्रबिन्दुका रूपमा रहेकाे भ्याटिकन सहर क्याथाेलिक इसार्इ धर्मगुरू पाेपकाे निवासस्थान पनि हाे । मानिसहरू त्यही भ्याटिकन सिटीमा कुनै समय हिन्दु धर्मकाे जगजगी थियाे भन्दा अाश्चर्य मान्छन् तर के कुरा सत्य हाे भने प्राचीनकालमा हालकाे भ्याटिकन सिटीमा सनातन धर्मकाे प्रभाव थियाे जसकाे प्रमाण अन्वेषणका क्रममा भेटाइएकाे शिवलिंग हाे । भन्न त मानिसहरू के पनि भन्छन् भने भ्याटिकन त वाटिकाकाे अपभ्रंश हाे । वैदिक कालमा याे स्थान पनि हिन्दू धर्मकाे केन्द्रका रूपमा ख्यातिप्राप्त थियाे । यहाँ पुरातात्विक अन्वेषणका क्रममा शिवलिंग प्राप्त भएकाे थियाे जसलार्इ अहिले रोमकाे ग्रेगोरियन इट्रस्केन संग्रहालय (Gregorian Etruscan Museum) मा राखिएकाे छ।
वास्तवमा भ्याटिकन सहरलार्इ गहिरिएर हेर्ने हाे भने यसकाे मूल स्वरूप शिवलिंगकाे अाकारसँग ठ्याक्के मेल खान्छ । अर्थात् भ्याटिकन सिटीकाे मूल स्वरूप शिवलिंग सदृश (समान) छ । इतिहासकार पी.एन.ओकले अाफ्नाे शोधमा के दाबी गरेका छन् भने धर्म चाहे जुनसुकै हाेस् तर तिनकाे उद्भव वा उत्पत्तिचाहिँ सनातन धर्म वा हिन्दू धर्मबाटै भएकाे हाे।
अाफ्नाे दाबीलार्इ बल प्रदान वा सही ठहर्याउन इतिकासकार ओकले अनेक उदाहरण पेश गरेका छन् ।त्यसमध्ये राेमकाे भ्याटिकन सहर उनकाे प्रमुख उदाहरण हा्े । ओककाे भनाइ के छ भने भ्याटिकन शब्दकाे उत्पत्ति संस्कृत भाषाकाे ‘वाटिका’ शब्दबाट भएकाे हाे। यति मात्र हाेइन उनले कतिसम्म भनेका छन् भने इसाई धर्म यानि ‘क्रिश्चियानिटी’ लार्इ पनि सनातन धर्मकाे ‘कृष्ण नीति’ तथा अब्राहमलार्इ ‘ब्रह्मा’ बाट लिइएकाे हाे। पी.एन.ओकका अनुसार इस्लाम र इसाई दुबै धर्म वैदिक मान्यताहरूकाे विरुपणबाट जन्मेका हुन्।
भ्याटिकन सहरकाे संरचना र शिवलिंगकाे आकृतिमा एउटा गजबकाे समानता छ। यहाँ दिइएकाे तस्वीरलार्इ हेरेर नै तपाइँ के बुझ्न सक्नुहुन्छ भने हिन्दुहरूकाे पवित्र प्रतीक शिवलिंग र भ्याटिकन सहरकाे प्रांगणकाे रचनामा विस्मयकारी वा अाश्चर्यजनक समानता देखिन्छ ।भगवान् शिवकाे निधारमा तीन रेखाहरू (त्रिपुण्डक) र एक बिन्दु हुन्छ जुन रेखाहरू र बिन्दु शिवलिंगमा पनि दुरूस्तै अंकित भएकाे पाइन्छ। ध्यानपूर्वक हेर्दा तपाइँले के थाहा पाउनुहुन्छ भने जुन तीन रेखाहरू र एक बिन्दूकाे यहाँ चर्चा भएकाे छ त्याे पिआजा सेन पिएट्रोका रूपमा भ्याटिकन सहरकाे डिजाइनमा समाहित देख्न सकिन्छ।अर्थात् त्याे जुन पिअाजा सेन पिएट्राे छ वास्तवमा त्याे नै शिवलिंगमा पाइने त्रिपुण्डक र एक बिन्दुकाे प्रतीक हाे ।
क्याम्बाेडियाकाे हिन्दू साम्राज्य : विश्वकाे सबभन्दा ठूलाे हिन्दू मन्दिर परिसर तथा विश्वकाे सबभन्दा ठूलाे धार्मिक स्मारक क्याम्बोडियामा अवस्थित छ। याे कम्बोडियाकाे अंकोर प्रान्तमा स्थित छ जसकाे पुरानाे नाम ‘यशोधरपुर’ थियाे। यसकाे निर्माण सम्राट सूर्यवर्मन द्वितीय (१११२-५३ई.) काे शासनकालमा भएकाे थियाे। याे भगवान विष्णुकाे मन्दिर छ तर यसभन्दा पूर्ववर्ती शासकहरूले प्रायः शिवमन्दिरहरूकाे निर्माण गरेका थिए। कम्बोडियामा ठूलाे संख्यामा हिन्दू र बौद्ध मन्दिर छन्, जसले यस देशमा कुनै समय हिन्दु धर्म अाफ्नाे विकासकाे चरम चुलीमा थियाे भन्ने प्रमाण पेश गर्दछन्।
पौराणिक कालकाे कम्बोज देश हिजाेकाे कम्पूचिया र आजकाे कम्बोडिया हाे। पहिले हिन्दु बहुल जनसंख्या रहेकाे यस देश हाल बौद्धमय हुन गयाे। सयाैँ वर्षकाे काल खण्डमा यस देशमा २७ राजाहरूले राज्य गरे। ती मध्ये कुनै हिन्दु भए कुनै बाैद्ध भए। यसै कारणले गर्दा पूरा देशभरि नै दुबै धर्मका देवी-देवताहका मूर्तिहरू छरपस्ट भएर रहेका छन्। भगवान बुद्धकाे मूर्ति त जताततै छ, तर यस देशमा ब्रह्मा, विष्णु, महेशमध्ये कुनै एक नभएकाे कुनै स्थान नै छैन । अझ अंगकोर वाटकाे कुरा झन् अनाैठाे रहेकाे छ । अंगकाेर वाट याे मन्दिर दुनियाँकाे सबभन्दा ठूलाे विष्णु मन्दिर हाे।
विश्व सम्पदा सूचीमा समावेश यस अंगकोर वाट मन्दिर-समूहलार्इ अंगकोरका राजा सूर्यवर्मन द्वितीयले बाह्राैँ शताब्दीमा बनाएका थिए । चौधाैँ शताब्दीमा बौद्ध धर्मकाे प्रभाव बढेकाले शासकहरूले यसलार्इ बौद्ध स्वरूप ढालिदिए। कालान्तरमा याे गुमनामीकाे अन्धकारमा हराउन पुग्याे। एक फ्रान्सिसी पुरातत्वविदले यसलार्इ खोजी गरी जनसमक्ष उजागर गरे। आज याे मन्दिर जुन रूपमा छ , त्यसमा भारतीय पुरातत्व सर्वेक्षणकाे धेरै ठूलाे योगदान रहेकाे छ। सन्१९८६ देखि ९३सम्म एएसआईले यहाँ संरक्षणकाे काम गरेकाे थियाे। अंगकोर वाटका भित्ताहरूमा रामायण र महाभारतका कथाहरू कुँदिएका छन्।
याे मन्दिर लगभग १ स्क्याएर मील क्षेत्रफलमा फैलिएकाे छ। यहाँका भित्ताहरूमा छापिएका चित्र र उकेरी गरिएका मूर्तिहरू हिन्दू धर्मका गौरवशाली इतिहासका कथाहरू बयान गर्दछन्। सीताहरण, हनुमानकाे अशोक वाटिकामा प्रवेश, अंगद प्रसंग, राम-रावण युद्ध, महाभारत जस्ता अनेक दृश्य अत्यन्त सुन्दर ढंगमा कुँदिएकाे छ। अंगकोर वाट आसपासका कतिपय प्राचीन मन्दिर र तिनीहरूका भग्नावशेष अवस्थित छन्। यस क्षेत्रलार्इ अंगकोर पार्क भनिन्छ। वास्तवमा सियाम रीप क्षेत्रले अाफ्नाे सीमानाभित्र सवा तीन सयभन्दा ज्यादा मन्दिरहरू समेटेर बसेकाे छ।
अफ्रिकामा हिन्दू : भगवान शिव कहाँ छैनन् र ? भनिन्छ कण-कणमा व्याप्त छन् शिव, कंकर-कंकरमा छन् भगवान शंकर। कैलाशमा शिव र काशीमा पनि शिव र अब अफ्रिकामा पनि शिव। साउथ अफ्रिकामा पनि शिवकाे मूर्ति पाइनु के कुराकाे प्रमाण हाे भने आजभन्दा ६ हजार वर्ष पूर्व अफ्रिकीहरू हिन्दू धर्म अनुसरण गर्दथे।
साउथ अफ्रिकाकाे सुद्वारा नामक एक गुफामा पुरातत्वविदहरूले महादेवकाे ६ हजार वर्ष पुरानाे शिवलिंगकाे मूर्ति भेटाए जसलार्इ कठोर ग्रेनाइट पत्थरबाट बनाइएकाे पाइयाे। यस शिवलिंगलार्इ खोज्ने पुरातत्ववेत्ता किन अाश्चर्यचकित छन् भने याे शिवलिंग यहाँ कसरी अहिलेसम्म सुरक्षित रह्रयाे।
हालसालै दुनियाँकाे सबभन्दा अग्लाे शिवशक्तिकाे प्रतिमाकाे अनावरण दक्षिण अफ्रिकामा गरिएकाे थियाे। यस प्रतिमामा भगवान शिव र उनकी शक्ति अर्धांगिनी पार्वती पनि छन्। बेनोनी सहरकाे एकटोनविलेमा याे प्रतिमा स्थापित गरिएकाे छ। हिन्दुहरूका आराध्य शिवकाे प्रतिमामा आधा आकृति शिव र आधा आकृति माता शक्तिकाे छ।
१० कलाकारहरूले १० महिनाकाे कडा मेहनत पश्चात यस प्रतिमालार्इ तयार गरेका हुन्। यी कलाकारहरू भारतबाट आएकाा थिए। यस २० मिटर अग्लाे प्रतिमा बनाउन करिब ९० टन स्टीलकाे उपयाेग भएकाे छ।
चीनमा हिन्दू : चीनका इतिहासकारहरूका अनुसार चीनकाे समुद्रसँग जाेडिएकाे औद्योगिक सहर च्वानजो र त्यसका चारैतिरकाे क्षेत्र कुनै समय हिन्दुहरूकाे तीर्थस्थल थियाे। त्यहाँ१००० वर्ष पूर्व निर्मित हिन्दू मन्दिरहरूका खण्डहरहरू पाइएका छन्। यसकाे प्रमाण भनेकाे चीनकाे समुद्री संग्रहालयमा राखिएका प्राचीन मूर्तिहरू हुन्।
वर्तमानमा चीनमा कुनै हिन्दू मन्दिर त छैनन् तर १००० वर्ष पहिले सुंग राजवंशकाे शासनका क्रममा दक्षिण चीनकाे फुच्यान प्रान्तमा यस किसिमका मन्दिर थिए तर अब अहिले केवल खण्डहर मात्र बचेका छन्।
यजिदी हिन्दू हुन् त ? : इस्लामिक आतंकवादका कारणे यजि सम्प्रदाय अब लाेपाेन्मुख मनुष्यकाे विशिष्ट प्रजातिमा समावेश भइसकेका छन्। यजिदी धर्म पनि विश्वकाे प्राचीनतम धार्मिक परम्पराहरूमध्ये एक हाे।यसलार्इ केही इतिहासकारहरू हिन्दू धर्मकाे नै एक समाज वा समुदाय विशेष मान्दछन्। यजिदीहरूकाे गणना अनुसार अरबमा याे परम्परा ६७६३ वर्ष पुरानाे छ अर्थात इसाकाे 4,748 वर्ष पूर्व यहुदीहरू, इसाइहरू र मुसलमानहरूभन्दा पहिलेदेखि याे यजिदीहरूकाे परम्परा चल्दै अाइरहेकाे छ। यजिदी मन्दिरकाे यस तस्वीरले पनि के कुरा सिद्ध हुन जान्छ भने यिनीहरू सबै हिन्दू हुन्।
शोधबाट के कुरा पत्ता लागिसक्याे भने यजिदीहरूकाे यजिद वा इरानी सहर यज्दसँग कुनै नाता सम्बन्ध छैन। उनीहरूकाे सम्बन्ध फारसी भाषाकाे ‘इजीद’ शब्दसँग छ र यसकाे अर्थ हुन्छ फरिश्ता । इजीदिसकाे अर्थ हाे ‘देवताका उपासक’ र यजिदी पनि स्वयंलार्इ यसै भनेर चिनाउँछन्। यजिदीहरूका कतिपय मान्यताहरू हिन्दू र इसाइयतसँग पनि मिल्दाजुल्दा छन्। इसाइयतकाे आरम्भिक दिनहरूमा मयूर पक्षीलार्इ अमरत्वकाे प्रतीक मानिन्थ्याे। कालान्तरमा यसलार्इ हटाइयाे।
‘यजिदी’ काे शाब्दिक अर्थ ‘ईश्वरका पूजक’ भन्ने हुन अाउँछ। ईश्वरलार्इ ‘यजदान’ भनिन्छ। यजिदी अाफ्नाे ईश्वरलार्इ ‘यजदान’ भन्दछन्। यजदानबाट ७ महान आत्माहरू निस्कन्छन् जसमा मयूर एन्जेल पनि हाे जसलार्इ मलक ताउस भनिन्छ। मयूर एंजेललार्इ दैवीय इच्छाहरू पूरा गर्ने तत्व मानिएकाे छ । यजिदी ईश्वरलार्इ कतिसम्म माथि मान्छन् भने र्इश्वरकाे साेझै उपासना गरिँदैन। उनीहरू र्इश्वरलार्इ सृष्टिकाे रचयिता त मान्छन्, तर रखवाला मान्दैनन्।
हिन्दुहरूमा जस्तै यजिदीहरूमा पनि जलकाे महत्व छ।यिनीहरूमा धार्मिक परम्पराहरूमा जलबाट अभिषेक गरिने परम्परा विद्यमान छ। त्यसरी नै यिनीहरू तिलक लगाउँछन् र अाफ्ना मन्दिरमा दीपक जलाउँछन्। हिन्दू देतता कार्तिकेय जस्तै देखिने देवताकाे पूजा गर्दछन्। उनीहरूकाे मन्दिर र हिन्दुहरूकाे मन्दिर उस्तै देखिन्छन्। पुनर्जन्मलार्इ मान्दछन्। यजिदीहरू अाफ्नाे अाराध्य ईश्वरकाे ५ समय प्रार्थना गर्दछन् । सूर्योदय तथा सूर्यास्तमा सूर्यतिर मुख फर्काएर प्रार्थना गृने गृदछन्। स्वर्ग-नरककाे मान्यता पनि छ। धार्मिक संस्कार गराउने विशेषज्ञहरूकाे परम्परा पनि छ। व्रत, मेला, उत्सवका परम्परा पनि छन्। समाधिहरू तथा पूजागृह (मन्दिर) पनि छन् ।
यिनीहरूकाे धार्मिक भाषा कुरमांजी हाे, जुन प्राचीन परशियन (इरान) काे शाखा हाे। पृथ्वी, जल तथा अग्निमा थुक्नुलार्इ पाप मान्दछन्। यजिदी धर्म परिवर्तन गर्दैनन्। यजिदीका लागि धर्मबाट निकालिएकाे सबभन्दा दुर्भाग्यपूर्ण मानिन्छ किनभने यस्ताे भएमा उसकाे आत्माले मोक्ष पाउन सक्दैन।
रूसमा हिन्दू : एक हजार वर्ष पहिले रूसले इसाई धर्म स्वीकार गरेकाे पाइन्छ। यस सम्बन्धमा के मान्यता छ भने यसभन्दा पहिले यहाँ असंगठित रूपले हिन्दू धर्म प्रचलित थियाे र त्यसभन्दा पहिले संगठित रूपले नै वैदिक पद्धतिकाे आधारमा हिन्दु धर्म प्रचलित थियाे। वैदिक धर्मकाे पतन भएकाे कारणले यहाँ मनाेमानी पूजा र पुजारीहरूकाे चहलपहल हुन गयाे अर्थात अर्काे शब्दमा भन्दा हिन्दू धर्मकाे पतन हुन गयाे।
यही कारणले नै हाे १० अाैँ शताब्दीकाे अन्तमा रूसकाे कियेव वंशमा राजा व्लादिमिर चाहन्थे भने उनकाे राज्यका मानिसहरू देवी-देवताहरूलार्इ मान्न छोडेर कुनै एकै ईश्वरकाे पूजा गरून्। यसकाे उपरान्त रूसी राजा व्लादिमिरले के तय गरे भने उनी र उनकाे कियेव राज्यका जनता इसाई धर्मलार्इ नै अपनाउने निधाे गरे।
रूसका कियेव राज्यका राजा व्लादिमिरले जब अर्थोडक्स इसार्इ धर्म स्वीकार गरे र अाफ्ना जनतालार्इ पनि यस धर्मलार्इ स्वीकार गर्नका लागि अादेश दिए तर यसका बावजुद कयाैँ वर्षसम्म रूसी जनता अाफ्ना प्राचीन देवी र देवताहरूलार्इ पूजा गरिरहे। कालान्तरमा इसाई पादरीहरूकाे निरन्तरकाे प्रयासहरूकाे फलस्वरूप रूसमा इसाई धर्मकाे व्यापक प्रचार-प्रसार हुन गयाे र बिस्तारै-बिस्तारै रूसकाे प्राचीन धर्मलार्इ नष्ट गराइयाे।
प्राचीनकालकाे रूसमा मानिसहरू जुन शक्तिहरूकाे पूजा गर्दथे त्यसलार्इ तथाकथित विद्वानहरू अहिले प्रकृति-पूजा भनेर भन्दछन्। सबभन्दा प्रमुख देवता थिए- विद्युत देवता वा बिजुली देवता। आकाशमा चम्किने यस वज्र-देवताकाे नाम पेरून थियाे। कुनै पनि सन्धि वा सम्झौता गर्दाखेरि यही पेरून देवताकाे नै सपथ खाइन्थ्याे र उनैकाे पूजा मुख्य पूजा मान्ने गरिन्थ्याे। प्राचीनकालमा रूसका दुर्इ अन्य देवताहरूकाे नाम थियाे- रोग र स्वारोग। सूर्य देवताकाे त्यस समयकाे जुन नाम हामीलार्इ थाहा छ, ती हुन्- होर्स, यारीला र दाझबोग।
सूर्यका अलावा प्राचीनकालीन रूसमा केही प्रसिद्ध देवीहरू पनि थिए जसकाे नाम थियाे- बिरिगिन्या, दीवा, जीवा, लादा, मकोश र मरेना। प्राचीनकालीन रूसकाे यी मरेना नामक देवी जाडाेकी देवी थिइन् र उनलार्इ मृत्युकी देवी पनि मानिन्थ्याे । हिन्दी भाषाकाे शब्द मरना नै कतै यसै मरेना देवीकाे नामबाट त पैदा भएकाे हाेइन ? यसै गरी रूसकाे यह जीवा देवता कतै संस्कृतकाे ‘जीव’ नै त हाेइन ? ‘जीव’ याने हर जीवन्त आत्मा। हुन पनि रूसमा यी देवी जीवनकी देवी नै थिइन्।
रूसमा आज पनि पुरातत्ववेताहरूले कहिले-कहिले उत्खनन गर्दाखेरि प्राचीन रूसी देवी-देवताहरूकाे काठ वा पत्थरले बनेका मूर्तिहरू भेटाउँँछन्। केही मूर्तिहरूमा दुर्गाका जस्तै अनेक शिर र धेरै हात भएका हुन्छन्। रूसका प्राचीन देवताहरू र हिन्दू देवी-देवताहरूका बीचमा निकै समानता पाइन्छ। प्राचीनकालमा रूसकाे मध्यभागलार्इ जम्बूद्वीपकाे इलावर्त भनिन्थ्याे। यहाँ देवता र दानवहरू बस्दथे।
केही वर्ष पूर्व मात्रै पनि रूसमा भाेल्गा प्रान्तकाे स्ताराया मायना (Staraya Maina) गाउँमा भगवान् विष्णुकाे मूर्ति फेला परेकाे थियाे जसलार्इ ७-१० अाैँ इस्वी सन् काे भएकाे अनुमान गरिएकाे छ। याे गाउँ १७०० वर्ष पहिले एक प्राचीन र विशाल सहरकाे रूपमा अाबाद थियाे। स्ताराया माइनाकाे अर्थ के हाे भने गाउँहरूकाे अामा। त्यस कालमा यहाँ आजकाे जनसंख्याभन्दा १० गुणन ज्यादा जनघनत्व थियाे।के मानिन्छ भने रूसमा भाइकिङ वा स्लाभ जातिका मानिसहरू आउनुभन्दा पहिले सायद यहाँ हिन्दुहरू थिए होलान् वा तिनीहरूमाथि हिन्दुहरूले राज गरेका होलान्।
महाभारतमा अर्जुन उत्तर-कुरुसम्म गएकाे उल्लेख गरिएकाे छ। कुरु वंशका मानिसहरूकाे एक शाखा उत्तरी ध्रुवकाे एक क्षेत्रमा बस्दथे। उनीहरूलार्इ उत्तर कुरु किन भनिन्छ भने उनीहरू हिमालयकाे उत्तरमा बस्दथे। महाभारतमा उत्तर-कुरुकाे भौगोलिक स्थितिकाे जुन उल्लेख पाइन्छ त्याे भनेकाे रूस र उत्तरी ध्रुवसँग मिल्दाेजुल्दाे छ।
अर्जुनपछि सम्राट ललितादित्य मुक्तापिद र उनका नाति जयदीपले उत्तर कुरुलार्इ जितेकाे प्रसंग पाइन्छ। याे विष्णुकाे मूर्ति सायद तयही मूर्ति हाे जसलार्इ ललितादित्यले स्त्री राज्यमा बनाउन लगाएका थिए। किनभने स्त्री राज्यलार्इ उत्तर कुरुकाे दक्षिणमा रहेकाे भनिएकाे छ । हुन सक्छ स्ताराया माइना पहिले स्त्री राज्य थियाे हाेला। जे हाेस्…!
सन् २००७ मा याे विष्णु मूर्ति फेला परेकाे थियाे। ७ वर्षदेखि उत्खनन गरिरहेकाे समूहका डा. कोजविनकाकाे भनाइ के छ भने मूर्तिका साथसाथै अहिलेसम्म गरिएकाे उत्खननमा उनीहरूलार्इ प्राचीन सिक्का, पदक, अाैँठीहरू र शस्त्र पनि भेटिएका छन्।
हालकाे रूसकाे स्थानमा पहिले ग्रान्ड डची अफ मस्कोकाे गठन भयाे। खास गरेर के मान्यता छ भने इसाई धर्म करिब १,००० वर्ष पहिले रूसकाे मौजुदा इलाकामा फैलियाे। यहाँ के पनि उल्लेखनीय छ भने हिन्दीका प्रख्यात विद्वान डा. रामविलास शर्माका अनुसार रूसी भाषाका करिब २,००० शब्द संस्कृत मूलबाट अाएका छन्।
यूक्रेनकाे राजधानी किभ प्राचीनकालमा एक गाउँका रूपमा थियाे र याे गाउँ १,७०० वर्ष पहिले नै आबाद थियाे। अहिलेसम्म किभलार्इ रूसकाा सबै शहरहरूकाे जन्मस्थली मानिएकाे छ, तर हालै मात्र अाएर याे अवधारणा बदलिएकाे छ।
ऊल्यानफस्क स्टेट युनिभर्सिटीका पुरातत्व विभागका रिडर डा. एलिग्जेन्डर कोझेभिनले सरकारी न्यूज च्यानललार्इ के भनेका छन् भने हामी यसलार्इ अविश्वसनीय मान्न सक्छाैँ, तर हामीसँग यस कुराकाे ठोस आधार रहेकाे र त्याे के हाे भने मध्यकालीन भाेल्गा क्षेत्र प्राचीनकालीन रूसकाे मुख्य भूमि हाे। डा. कोझेविन पछिल्लाे साल वर्षदेखि माइना गाउँकाे उत्खननमा संलग्न छन्। उनले के भनेका छन् भने भाेल्गाकाे सहायक नदी स्तरायाकाे प्रत्येक स्क्वैयर मिटर जमिन अाफैँमा अनाैठाे छ र पुरातत्वकाे खानीकाे रूपमा चिनिन्छ।
वानर साम्राज्यकाे रहस्य : वानरकाे शाब्दिक अर्थ हुन्छ है ‘वनमा बस्ने नर।’ वनमा यस्ता पनि नर बस्दथे जसकाे पुच्छर हुँदैनथ्याे। नयाँ शोधानुसार प्रभु श्रीरामकाे जन्म १० जनवरी ५११४ इसा पूर्व अयोध्यामा भएकाे थियाे। श्रीरामकाे जन्म पूर्व नै हनुमानजीकाे जन्म भएकाे थियाे अर्थात आज (अगष्ट २०१५) भन्दा लगभग ७१२९ वर्ष पूर्व हनुमानजीकाे जन्म भएकाे थियाे। शोधकर्ता के भन्छन् भने आजभन्दा ९ लाख वर्ष पूर्व एक यस्ताे विलक्षण वानर जाति भारतवर्षमा विद्यमान थियाे, जुन आजभन्दा १५ देखि १२ हजार वर्ष पूर्व नै लुप्त हुन सुरू भर्इ अन्तत: लुप्त हुन गयाे। यस जातिकाे नाम कपि थियाे। हनुमानकाे जन्म कपि नामक वानर जातिमा भएकाे थियाे।
वास्तवमा आजभन्दा ९ लाख वर्ष पूर्व मानवहरूकाे एक यस्ताे जाति थियाे, जुन मुख र पूच्छरले वानर समान देखिन्थ्याे, तर त्यस जातिकाे बुद्धिमत्ता र शक्ति मानवहरूसँग भन्दा पनि धेरै थियाे । अब उक्त जाति नेपाल र भारतमा त दुर्भाग्यवश विनष्ट भयाे, परन्तु बाली द्वीपमा अाज पनि पुच्छधारी जंगली मनुष्यहरूकाे अस्तित्व विद्यमान छ । जसकाे पुच्छर प्राय: ६ इन्चकाे लगभग अवशिष्ट बचेकाे छ। यी सबै पुरातत्ववेत्ता अनुसन्धायक एकमतले के स्वीकार गर्छन् भने पुराकालीन धेरैजसाे प्राणीहरूकाे नस्ल अब सर्वथा समाप्त भइसक्याे।
वानर साम्राज्यकाे राजधानी किष्किन्धा थियाे। सुग्रीव र बालि यस सम्राज्यका राजा थिए। यहाँ पम्पा सरोवर नामक एक स्थान छ जसकाे रामायणमा पनि चर्चा भएकाे छ। ‘पम्पासरोवर’ अथवा ‘पम्पासर’ होस्पेट तालुका, मैसुरकाे एक पौराणिक स्थान हाे। हम्पी निकट बसेकाे ग्राम अनेगुंदीलार्इ रामायणकालीन किष्किन्धा मानिएकाे छ। तुंगभद्रा नदीलार्इ गर्दा अनेगुंदी जाने समयमा मुख्य मार्गबाट केही पर बायाँतिर पश्चिम दिशामा, पम्पासरोवर अवस्थित छ।
भारतभन्दा बाहिर वानर साम्राज्य कहाँ थियाे ? सेन्ट्रल अमेरिकाका मोस्कुइटीए (Mosquitia) मा शोधकर्ता चार्ल्स लिन्द्बेर्गले एक यस्ताे स्थानकाे खाजी गरेका छन् जसकाे नाम उनले ला स्यूदाद ब्लैन्का (La Ciudad Blanca) राखेका छन् जसकाे स्पेनिशमा अर्थ हुन्छ व्हाइट सिटी (The White City), जहाँका स्थानीय मानिसहरू बाँदरहरूकाे मूर्तिहरूकाे पूजा गर्दथे। चार्ल्सकाे के मान्यता छ भने याेस्थान त्यही हराएकाे स्थान हाे जहाँ कुनै समय हनुमानकाे साम्राज्य थियाे।
एक अमेरिकी एडभेन्चररले लिम्बर्गकाे खोजका आधारमा हराएकाे ‘Lost City Of Monkey God’ काे खाेजीमा निस्के। सन् 1940 मा उनलार्इ यसमा सफलता पनि मिल्याे तर त्यसकाे बारेमा मिडियालार्इ बताउनुभन्दा एक दिन पहिले नै एक कार दुर्घटनामा उनकाे मृत्यु हुन गयाे र याे रहस्य फगत एक रहस्य नै बनेर रह्याे।
अमेरिकाकाे प्राचीन माया सभ्यता ग्वाटेमाला, मेक्सिको, पेरू, होन्डुरस तथा युकाटन प्रायद्वीपमा स्थापित भएकाे थियाे। याे एक कृषिमा आधारित सभ्यता थियाे। २५० इस्वी देखि ९०० इस्वीकाे बीच माया सभ्यता विकासकाे चुलीमा थियाे। यस सभ्यतामा खगोल शास्त्र, गणित र कालचक्रलार्इ काफी महत्व दिइन्थयाे। मेक्सिको यस सभ्यताकाे प्रमुख गढ थियाे। आज पनि यहाँ यस सभ्यताका अनुयायीहरू बस्दछन्।
त्यसाे त यस इलाकामा इसाभन्दा१० हजार वर्ष पहिले नै मानव बसाेबास सुरू भएकाे प्रमाण पाइन्छ र १८००वर्ष इसा पूर्वबाट प्रशान्त महासागरका तटीय इलाकामा गाउँ पनि बस्न सुरू भइसकेका थिए। तर केही पुरातत्ववेत्ताहरूका अनुसार इसाभन्दा त्यस्तै एक हजार वर्ष पहिले माया सभ्यताका मानिसहरूले आनुष्ठानिक भवनहरू बनाउन सुरू गरेका थिए र ६०० वर्ष इसा पूर्वसम्ममा धेरै ठूलाे संख्यामा परिसरहरू बनाइसकेका थिए। सन् २५० देखि ९०० का बीचमा विशाल स्तरमा भवन निर्माण कार्य भयाे, सहरहरू बसे। उनीहरूकाे सबभन्दा उल्लेखनीय निर्माण कार्य पिरामिड हाे, जुन उनीहरूले धार्मिक केन्द्रहरमा बनाए तर फेरि सन् ९०० पछि माया सभ्यताका यी नगरहरूकाे ह्रास हुन थाल्याे र नगर खाली हुन गए।
अमेरिकी इतिहासकार मान्छन् भने भारतीय आर्यहरूले नै अमेरिका महाद्वीपमा सबभन्दा पहिले बस्ती बसाएका थिए। अमेरिकाकाे रेड इन्डियन त्यहाँका आदि निवासी मानिन्छ र हिन्दू संस्कृति त्यहाँ आजभन्दा हजाराैँ वर्ष पहिले नै पुगेकाे थियाे। विभिन्न तथयहरूका अनुसार याे बसाइ महाभारतकालमा भएकाे थियाे।
चिली, पेरू र बोलिभियामा हिन्दू धर्म : अमेरिकी महाद्वीपकाे बोलिभिया (वर्तमानमा पेरू र चिली) मा हिन्दुहरूले प्राचीनकालमा अाफ्ना बस्तीहर बसाए र कृषिकाे पनि विकास गरे। यहाँका प्राचीन मन्दिरहरूका द्वारमा विरोचन, सूर्य द्वार, चन्द्र द्वार, नाग आदि सबै हिन्दू धर्म समान द्वारहरू छन्। संयुक्त राज्य अमेरिकामने आधिकारिक सेनाले नेटिभ अमेरिकनकाे एक ४५ अाैँ मिलिट्री इन्फैन्ट्री डिभिजनकाे चिह्न एक पहेँलाे रंगकाे स्वास्तिक थियाे। नाजीहरूकाे घटनापछि उनीहरूले यसलार्इ हटाएर गरूडकाे चिह्न अपनाए।
भियतनाम : भियतनामकाे इतिहास २७०० वर्षभन्दा पनि अधिक प्राचीन छ। भियतनामकाे पुरानाे नाम चम्पा थियाे। चम्पाका मानिसहरू चाम भनिन्थे र उनीहरूका राजा शैव थिए। दाेस्राे शताब्दीमा स्थापित चम्पा सनातन संस्कृतिकाे प्रमुख केन्द्र थियाे। यहाँका चम मानिसहरूले सनातन धर्म, भाषा, सभ्यता ग्रहण गरेका थिए। सन्१८२५मा चम्पाकाे महान हिन्दू राज्यकाे अन्त भयाे।
श्री भद्रवर्मन जसकाे नाम चिनियाँ इतिहासमा फन-हु-ता (३८०-४१३ इ.) उल्लेख छ, चम्पाका प्रसिद्ध सम्राटहरूमभ्ये एक हुन् जसले अाफ्नाे विजय र सांस्कृतिक कार्यहरूबाट चम्पाकाे गौरव बढाए। किन्तु उनका पुत्र गंगाराजले सिंहासन त्याग गरी अाफ्नाे जीवनकाे अन्तिम दिन भारत आएर गंगाका तटमा व्यतीत गरे। चम्पा संस्कृतिका अवशेष भियतनाममा अहिले पनि पाइन्छ। यहाँ अहिले पनि कयाैँ शैव मन्दिर छन्।
नृजातीय तथा भाषाकाे दृष्टिले चम्पाका मानिसहरू चाम (मलय पाेलीनेशियन) थिए। वर्तमान समयमा चामहरू भियतनाम र कम्बोडियाका सबभन्दा अल्पसंख्यक जाति हुन्। आरम्भमा चम्पाका मानिसहरू र त्यहाँका राजा शैव थिए तर केही सय वर्ष पहिले इस्लाम धर्म यहाँ फैलिन सुरू भयाे। अब अधिक चामहरू मुसलमान छन् तर हिन्दू र बौद्ध चाम पनि छन्। भारतीयहरूकाे आगमन पूर्व यहाँका निवासीहरू दुर्इ उपशाखाहरूमा विभक्त थिए। जो भारतीयहरूकाे सम्पर्कमा सभ्य हुन गए तिनीहरू कालान्तरमा चम्पाकाे नामबाट नै चमका रूपमा विख्यात भए भने अरू जो बर्बर थिए तिनीहरू ‘चमम्लेच्छ’ र ‘किरात’ आदि कहलाए। हुनत सम्पूर्ण भियतनाममा चीनका राजवंशहरूकाे शासन नै अधिक रह्याे।याे गहन जानकारीमूलक अालेख हामीले वेबदुनियाबाट नेपालीमा अनुवाद गरेका हाैँ । भाषा अनुवादक कुमार पाैडेल