0 COMMENTS

काठमाण्डाै११साउन०७५/काठमाडौंबाट पोखरा हिँडेको बसलाई ट्रकले ठक्कर दिँदा बस त्रिशूलीमा खसेको छ। शुक्रबार दिउँसो यात्रुवाहक बस त्रिशूलीमा खस्दा १६ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको उद्दारमा खटिएका इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्मबहादुर केसीले बताए । उनका अनुसार ५/६ जनाको मृत्यु भएको हुनसक्ने भए पनि पुष्टि भने नभएको उनले बताए ।

चितवतको इच्छाकामना गाउँपालिकाको चुम्लिङटारमा ना ५ ख ७४०९ नम्बरको ट्रकले यात्रुवाहक बसलाई ठक्‍र दिँदा ना ६ ख २५०६ नम्बरको बस सडकखण्डबाट १ सय मिटर तल त्रिशूलीमा खसेको केसीले बताए ।

ईलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको टोलीले यात्रुहरुको उद्धार गरिहरको छ भने जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरिक्षक सहितको टोली घटनास्थलपुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।