काठमाण्डाै११साउन०७५/ सरकार र डा. गोविन्द केसीबीच ९ बुँदे सहमति भएपछि चिकित्सा क्षेत्र सुधारको माग राखेर २७ दिन लामो अनसन बसेका डा. केसीको अनसन तोडिएको छ ।
उनका माग पूरा गर्न सरकार तयार भएपछि उनले अनसन तोडेका हुन्।
नेकपा नेता सुवास नेम्वाङ र प्राध्यापक केदारभक्त माथेमाले जुस खुवाएर अनसन तोडाएका हुन्।
अनसन तोडेपछि डा केसीलाई आइसियूमा लैजाने तयारी छ।
१० वर्षसम्म उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न नपाउने भन्ने विषयमा सहमति भएपछि सरकार र डा केसी पक्षबीच ९ बुँदे सहमति भएको हो। सरकारले डा केसीको मागअनुसार नयाँ मेडिकल कलेज नखोल्न तयार भएपछि सहमति हो। सहमतिमा डा केसीले हस्ताक्षर गरेका छन्।
प्रतिक्रिया दिनुहोस्