0 COMMENTS

काठमाडौं१०साउन०७५/ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले बि एण्ड सी मेडिकल कलेजका प्रबन्ध निर्देशक दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै राष्ट्रिय महिला आयोगमा उजुरी दिएको छ ।

केही समय अघि प्रसाईंले पत्रकार सम्मेलनका क्रममा ‘चिकित्सा शिक्षामा अध्ययनका लागि बंगलादेश जाने नेपाली चेलीहरुकाे बिरूद्ध बिवादास्पद  अभिव्यक्ति दिएको विरोधमा नेविसंघले उनीमाथि कारबाहीको माग गर्दै महिला आयोगमा उजुरी दिएको हो ।

‘‘महिलाको चरित्र हत्या गर्ने छुट प्रसाईंलाई कुनै कानुनले दिएको छैन । प्रसाईंलाई कारबाही नगरी त्यसै छाड्दा उसको उदण्ड व्यवहारलाई थप प्रोत्साहन हुन्छ,’’ महिलाहरूको अस्मितामा धावा बोल्नेलाई कारबाहीको माग गर्दै नेविसंघकी केन्द्रीय सदस्य जानुका पन्तले बिहिबार आयोगमा दर्ता गरेको उजुरीमा भनिएको छ, ‘‘यस बारेमा आवश्यक अनुसन्धान गरी हामी महिलाहरुको हकहित गर्ने संस्थाकोअ गुवाईमा कानुन अनुसार कारवाही अगाडि बढाई महिलाहरुको मान मर्यादाको रक्षा गरी पाउन विशेष अनुरोध गर्दछौं ।’’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।