0 COMMENTS

काठमाडौं१०साउन०७५/ नाडेप लघुवित्त वित्तीय संस्थाले अागामी वार्षिक साधारणसभामा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव लैजाँदै छ ।

भदौ १ गते हुने वार्षिक साधारण सभामा नाडेपले कुल चुक्ता पुँजी १६ करोड रुपैयाँको १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव लैजान लागेकाे हाे । संस्थाको अधिकृत पुँजी ६४ करोड र जारी पुँजी ३२ करोड रुपैयाँ पुर्याउने प्रस्ताव समेत साधारण सभामा पेश हुने कम्पनीले जनाएकाे छ।

कम्पनीले हालैमात्र ४ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गरेको छ, जुन अझै नेप्सेमा सूचीकृत भइसकेको छैन । आइपीओ बिक्रीबाट चुक्ता पुँजी १६ करोड रुपैयाँ पुर्याएको गरी कम्पनीकाे हकप्रदपछि भने चुक्ता पुँजी ३२ कराे८ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।