0 COMMENTS

नमराज भट्ट,१०साउन०७५, काठमाडौं / नेपाल नेशनल हस्पिटल कलंकी र लायन्स क्लव अफ काठमाडौं कर्पोरेटको सहकार्यमा गरिव तथा असाहय बिरामीलाई वर्षभरि नै निशुल्क उपचार गरिने भएको छ ।

शनिवार कलंकीस्थित नेपाल नेशनल हस्पिटलमा आयोजित एक कार्यक्रममा उक्त कुराको घोषणा गरिएको हो । गरिव तथा असाहयलाई निशुल्क उपचार अभियानको उदघाटन पिएमसिसि लायन सुनिलभक्त श्रेष्ठले गरेका थिए । कार्यक्रममा लायन्स क्लव अफ काठमाडौं कर्पोरेट नेपालका चार्टड प्रेसिडेन्ट लायन किशोर भट्टराईले मानविय सेवाका काममा लायन्स क्लव सधै सवैसँग सहकार्य गर्न तत्पर रहेको बताए ।

लायन्स क्लव अफ काठमाडौं कर्पोरेटका सचिव तथा नेपाल नेशनल हस्पिटका मेडिकल डाइरेक्टर डा प्रकाश पौड्यालले नेपाल नेशनल हस्पिटलले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व वहन गर्दै आएको बताउदै यस्ता काममा सहकार्य गर्न हस्पिटल सधै उत्साहित रहेने बताए । उनले आगामी दिनमा लायन्स इन्टरनेशलसँग मिलेर मानविय सेवाका एबं कल्याणकारी कामलाई अझ बृहत्तर रुपमा अगाडि बढाउने लक्ष्य अस्पतालले लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।