0 COMMENTS

रसुवा१०साउन०७५ / गएराति १२ बजे झरेको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे प्रवेशद्वारमा खसेको पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गापा–५ का अन्दाजी ४२ वर्षीय श्याम श्रेष्ठ, सोही ठाउँका २७ वर्षीय विक्रम श्रेष्ठ, सोही ठाउँकै ४५ वर्षीय मंगल तामाङ र सोही गापा–४ का ३५ वर्षीय रमेश भनिने सुश खड्का रहेका छन् ।

पहिरोमा परी बेपत्ता भएका पाँच जनाको खोजीकार्य जारी रहेको र खोज उद्धारका लागि रसुवागढी हाइड्रोपावरका उपकरण तथा सुरक्षाकर्मी परिचालन गरिएको छ । उद्धारकार्य प्रभावकारी बनाउन प्रजिअ कृष्ण पौडेललको नेतृत्वमा सुरक्षा निकायसमेतको परिचालन गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले उद्धारमा आवश्यक सहजीकरण गरिराख्नुभएको छ ।

स्थानीयवासीका अनुसार करीब चार किमी माथिबाट आएको पहिरोले एक पक्की घर पुर्नुका साथै तीन वटा छाप्रा होटेल र साना ठूला चारवटा सवारीसाधन पूर्णरुपमा पुरिएकोे छ । अहिले स्याफ्रु रसुवागढी खण्डको राजमार्ग अवरुद्ध भएको छ । पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पनि पुरेको छ । पहिरोका कारण विद्युत्, टेलिफोन सेवासमेत अवरुद्ध हुँदा भन्सारका कार्य रोकिएको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।