0 COMMENTS

काठमाडाै‌ँ१०साउन०७५/ प्युठानको शितगंगा नगरपालिकाको शितखोलामा ३ दिनसम्म रणनीतिक योजना बनाएर नेत्रविक्रम चन्द ‘विप्लव’ फर्किएका छन्। तर, विप्लवलाई समात्न जंगल पसेको प्रहरी भने रित्तो हात फर्किएको छ।

प्रहरीले विप्लवलाई समात्ने उदेश्यले बुधबारदेखि जंगल आसपासमा सादा पोशाकमा प्रहरी परिचालन गरेको थियो । तर, बिप्लव मंगलबार नै शितखोलाबाट बाहिरिएका थिए ।

प्युठानको सरुमारानी क्षेत्र र अर्घाखाँचीको शितगंगा नगरपालिका वन क्षेत्रमा विप्लवको विषेश बैठक हुँदैछ भन्ने सुचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो।

विप्लवलाई समात्न भनेर प्रदेश ५ का चार जिल्लाका प्रहरी साँझबाटै पिछा गरेको थियो । तर, विप्लवलाई समात्न प्रहरी असफल भएको छ ।अन्नतः विप्लवले सोही जंगलमा विषेश बैठक गरेर फर्किए । तर, प्रहरी भने बुधबार दिउँसो २ बजेतिर रित्तो हात फर्किएको खबर आजको समाचार पत्र दैनिकमा छ।

अर्घाखाँचीको दुर्गम एउटा गाउँ पहाडी भुभाग, घना जंगल, खोला छ, समथर परेको जमिन पनि छ । पातलो बस्ती, सुरक्षा निकायको पहुँचभन्दा टाढा छ यो ठाउँ । यही ठाउँमा विप्लवको बैठक बसेको स्रोतको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।