0 COMMENTS

स्वस्थ जीवनका लागि स्वस्थ यौन जीवन पनि अपरिहार्य छ यसमा कुनै शंका छैन तर आधुनिक समयमा विभिन्न कारणले मानिसहरूमा यौनरुचि कम हुँदै गइरहेको छ ।

ब्रिटेनको स्टडी अफ ब्रिटिस सेक्सुअल एटिट्यूड्सले महिलाहरूमा यौनप्रति रुचि पुरुषको भन्दा दोब्बर दरले कम भइरहेको खुलासा गरेको छ । अध्ययनका अनुसार एउटामात्र यौनसाथी भएकी महिलामा अझ यो डर बढी रहेको छ ।

यस अध्ययनमा समयसँगै महिला र पुरुषमा यौनप्रतिको उत्साह कम हुँदै जान्छ र विशेष गरी लामो समय एउटी मानिससँग सम्बन्ध रहेपछि यौनप्रतिको उदासीनता झनै बढ्ने गर्दछ ।

अध्ययन अनुसार महिलाहरूमा खराब स्वास्थ्य र भावनात्मक लगावमा कमीका कारण यौनइच्छामा कमी आउने गरेको हो ।

लगभग पाँच हजार पुरुष र साढे हजार महिलाहरूमाथि गरिएको एउटा सर्वेक्षणमा यस्तो खुलासा भएको थियो ।

बिजेएम जर्नलमा छापिएको ब्रिटिश शोधकर्ताहरूको रिपोर्ट अनुसार मानिसहरूमा गिर्दो यौन इच्छा वैज्ञानिकहरूका लागि चिन्ताको विषय रहेको छ । शोधकर्ताहरूले धेरैले यस्ता समस्याबाट मुक्ति पाउन औषधिहरूको प्रयोग गर्ने गरेको पाइएको भएपनि यो आफैँमा राम्रो नभएको बताएका छन् ।

त्यस्तै एउटा अर्को शोध अनुसार महिलाहरूमा केही विशेष कारणले यौन इच्छामा कमी आउने गरेको खुलासा भएको छ । त्यसमा केही कारण निम्नानुसार रहेका छन्:

१. शारीरिक कारण

• रोगहरू- केही रोगहरू जस्तै मधुमेह, उच्च रक्तचाप, हृदय रोग, मस्तिष्क सम्बन्धी रोग र पुरानो बल्झिएको रोगले यौन इच्छामा कमी हुने गर्दछ ।

• औषधि- केही औषधिहरू समेत यौन इच्छामा कमी आउने कारक हुन सक्छन् । यसमा अवसाद कम गर्ने या उच्च रक्तचापका लागि प्रयोग हुने औषधि आदि पर्दछन् ।

• केही बानीहरू- धूम्रपान र मदिरापान जस्ता बानीहरू समेत यसका लागि जिम्मेवार मानिन्छन् ।

• थकान- अत्यधिक काम र थकानले पनि यौनरुचि कम हुनसक्ने शोधहरूले बताइएको छ ।

२. हर्मोनसम्बन्धी कारण

• गर्भावस्था र स्तनपान- गर्भावस्था र स्तनपानको अवधिमा पनि महिलाहरूमा यौनइच्छामा कमी देखिने गर्दछ ।

• रजोनिवृत्ति- महिलाहरूमा रजोनिवृत्ति या महिनावारी बन्द हुँदा शरीरमा एस्ट्रोजन हर्मोनमा कमी आउने गर्दछ । यसले गर्दा पनि महिलाहरूमा यौन इच्छामा कमी देखिन सक्छ ।

• योनिको सुक्खापन- कतिपय कारणले योनीमा सुक्खापन आएको खण्डमा समेत यौन सम्बन्ध पीडादायक हेने गर्दछ । यस्ता महिलाहरूलाई स्वतः यौनप्रति वितृष्णा जाग्ने गर्दछ ।

३. सामाजिक कारण

• विशेष गरेर यौन हिंसाको शिकार भएका महिलाहरूमा यसप्रति अरुचि हुनु स्वाभाविक नै मानिन्छ । यसका साथै विगतमा चरम सन्तुष्टि नहुनु, पीडादायक सम्भोग जस्ता प्रतिकूल यौन अनुभव भएका महिलाहरूमा समेत यौन प्रति रुचि घट्दै जाने गर्दछ ।

४. समस्याग्रस्त पारिवारिक सम्बन्ध

विशेष गरेर पुरुष साथीले अत्यधिक मदिरापान गर्ने गर्छ या दुर्व्यवहार गर्ने गर्दछ भने त्यस्ता मानिसहरूको पारिवारिक सम्बन्ध समस्याग्रस्त रहन्छ र यस्तो अवस्थामा महिलाले सम्बन्धप्रति अरुचि देखाउने गर्दछिन् ।

५. तनाव या चिंता

त्यस्तै अत्यधिक तनाव या चिंता पनि यौनप्रति अरुचिको कारण बन्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।