0 COMMENTS

काठमाडौँ०८साउन०७५ / धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ । बिहान ८ बजेर ३० मिनेट जाँदा ४.८ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । गजुरी आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाई परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

यसअघि गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रबिन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प गएको थियो भने । त्यस्तै गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रबिन्दु भई पाँच रिक्टरको परकम्प गएको थियो । केन्द्रका प्रमुख अधिकारीका अनुसार विसं २०७२ को गोरखा (७.६ रिक्टर स्केल) भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५०५ पटक परकम्प गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।