0 COMMENTS

मिलन चाम्लिङ,०७साउन०७५/  निष्पक्ष, सन्तुलित र समावेसी नाराका साथ सुनसरीमा थप एक साप्ताहिक पत्रिकाको सुरुवात भएको छ । आईतबार सुनसरीको धरानमा एक कार्यक्रमका बीच सार्वजनिक सामाचार साप्ताहिक पत्रिकाको विमोचन गरी सुरुवात गरिएको हो ।

पत्रकारको प्रतिभाको संरक्षण र सम्वर्द्धन गर्न र उनीहरुमा समर्पणको भावना जागृत गराई समाज परिवर्तनका निम्ती सुरुवात गरिएको पत्रिकाको पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खडकाले एक समारोहका बिच विमोचन गरेका छन् ।कार्यक्रमका प्रमुख अतिथी समेत रहेका खडकाले पत्रिकाको उत्तर उत्तर प्रगतीको कामना गर्दैै सुनसरी जिल्ला पछिल्लो समय पत्रकारीताको हब भएको बताउनुभएकाे थियाे ।

बाईट पत्रकार महासंघ सुन्सरि अध्धयक्ष अमर खड्का,कार्यक्रममा संघिय समाजबादी फोरम नेपालका केन्द्रीय सदस्य अर्जुन थापा, केन्द्रीय सदस्य संजय सिंह, संघिय समाजवादी फोरमका राजनीतिक समिति सदस्य दिपक म्यानेङवो, सुनुवार सेवा समाजका धरान नगर अध्यक्ष दन्तकुमारी सुनुवार लागायतले शुभकामना मन्तव्य राखेका थिए ।

पत्रिकाका प्रकाशक एसा सुनवारले नयाँ अाएकाे मिडियालाई पुराना मिडियाले साथ र सहयाेग गरिदिन धैरै अावस्यक रहेकाे बताउनुभयाे ।धरानको भानुचौक स्थित रहेको गोरखा किचेनमा गरिएको कार्यक्रममा पत्रिकाका अध्यक्ष गजेनद्र ईस्वो,प्रकाशक एसा सुनुवार, सम्पादक सुमित्रा राई, कार्यकारी सम्पादक प्रवीण राई, प्रमुख संवादाता निमा पोङसोवा त्यस्तै सल्लाहकार ध्यान बहादुर राई, दुर्गा माया लिम्बु, भीम राई, बजय लुम्फुङवा, कानुनी सल्लाहकार मान भगत चाम्लिङ, प्रबन्ध ब्यवस्थापक सुमन राई तथा सागर सरगम चेमजोडको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।