0 COMMENTS

मिलन चाम्लिङ,धरान०५साउन०७५/ धरान नगर प्रमुख तारा सुब्बाको पार्थिव शरीर आज लिम्बु संस्कार अनुसार धरान १८ स्थित हरियाली सामुदायिक बन उपभोक्ता समुहद्दारा संरक्षित बन क्षेत्रमा अन्त्येष्टि गरिएको छ ।

सुब्बाको गत १ गते मंगलबार काठमाडौ स्थित ग्रान्डी इन्टरनेशनल हस्पिटलमा उपचार क्रममा असामयिक निधन भएको थिए । सुब्बालाई मंगलबार नै हेलिकप्टरबाट धरान ल्याए पनि सुब्बाको दाइ, दिदी लगायत आफन्त बेलायतबाट आउन समय लागेको हुनाले शनिबार अन्त्येष्टि गरेको हो ।सुब्बालाई श्रद्धाञ्जलीको लागि बिहान नगर कार्यलयमा केही बेर राखेर सर्वसाधारणको लागि बिहान ११ : ४५ बजे देखि १ : ४५ बजेसम्म धरान १२ स्थित पब्लिक हाइ स्कुलको खेल मैदानमा राखिएको थियो ।

श्रद्धाञ्जली अर्पण गर्नको लागि उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोख्रेल,प्रदेश नं १ को मुख्यमन्त्री शेरधन राई, कानुन मन्त्री हिक्मत कार्की, रक्षा मन्त्री इन्द्र आङ्वो अन्य सांसदहरू लगायत पचास हजार भन्दा बढी धराने जनताहरु श्रद्धाञ्जली अर्पण गर्न उपस्थित रहेको थियो । स्वर्गीय मेयर सुब्बाको पार्थिव शरीरलाई उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोख्रेल र प्रदेश नं १को मुख्य मन्त्री शेरधन राईले संयुक्त रुपमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेको थिए । पब्लिक हाइ स्कुलको खेल मैदानबाट शब यात्रा निकालेर धरानका मुख्य मुख्य चोकहरु छाता चोक हुँदै नेपाल टेलिकम,सिंहदेबी चोक ,भानुचोक पुतली लाइन हुँदै बिजयपुर एफएम मोडबाट हरियाली पुर्‍याएर रोकिएको थियो । हरियालीमा पनि सर्वसाधारणलाई केही समयको लागि श्रद्धाञ्जली अर्पण गर्न दिएको थिए । हरियालीमा श्रद्धाञ्जली अर्पण सकिए लगत्तै सुब्बाको पार्थिव शरीरलाई लिम्बू संस्कार अनुसार दाहसंस्कार गरेको हो । श्रावण ८ गते मंगलबारको दिन दश लिम्बुवान १७ थुमको रितिरिवाज अनुसार शुद्दी कार्य गर्ने पनि बताएका छन ।
धरान उपमहानगरपालिका आइतबार बिदा
धरान उपमहानगरपालिका भित्र रहेको सरकारी कार्यलय लगायत शैक्षिक सस्थाहरु आइतबार बिदा दिने भएको छ । आइतबार बिदा रहे पनि सुब्बालाई श्रद्धाञ्जली दिनको लागि शनिबार धरान नगर भित्रका बजारहरु बन्द रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।