0 COMMENTS

काठमाडौं०५साउन०७५/ डाक्टर गोविन्द केसीले २२ औं दिन पनि आफ्नो अनशन अनसन जारी राखेका छनु भने उपचार गर्नै पनि अस्वीकार गरेका छन् ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट सरकारी टोलीले विहीवार २० दिनपछि डाक्टर केसीलाई काठमाडौं ल्याएको थियो ।

काठमाडौंको शिक्षण अस्पतालमा उनी निरन्तर अनशनमा छन् । आफुलाई इच्छाविपरित बल प्रयोग गरी सरकारले काठमाडौं ल्याएको भन्दै थप उपचार नगर्ने अडान डाक्टर केसीले लिएका छन् । चिकित्सकहरु भने उनलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने बताउँछन् ।यसैबीच, अनशनरत डा. केसीलाई विभिन्न व्यक्तिले भेटेर आन्दोलन र उनका मागप्रति ऐक्यवद्धता जनाइरहेका छन् ।

यसक्रममा डा. केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. केसी कसैले उचालेर अनशन नबसेको जिकिर गरे ।

यता, नेपाल बार एशोशिएशनले पनि डा. केसीको माग तत्कालै सम्बोधन गरी उनको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।बारका महासचिव खम्मबहादुर खातीले विज्ञप्ति निकाली नागरिकको जीउधनको सुरक्षा, स्वतन्त्रता तथा मानवाधिकार रक्षाप्रति सरकार र सम्बन्धित पक्षलाई पूर्ण उत्तरदायीपूर्ण र जिम्मेवार बन्न आग्रह गरेका हुन् ।

यसैबीच, एम्नेष्टी इन्टरनेशनल नेपालले पनि एक विज्ञप्ति निकाली डा. केसीलाई जुम्लाबाट काठमाडौं ल्याउने क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र गरिएको बल प्रयोगप्रति चिन्ता ब्यक्त गरेको छ ।

घटनामा भएको सत्य तथ्य बाहिर ल्याउन आग्रह गर्दै उसले डा. केसीको जीवन जोगाउन र विपक्षका आवाज सुन्ने वातावरण बनाउन पनि आग्रह गरेको छ ।

यसअघि विहीवारै राष्ट्रिय मानवअधिकार आयोगले पनि जुम्लामा सरकारले अत्यधिक बल प्रयोग गरेर अस्पतालभित्रै हस्तक्षेप गरेकामा आपत्ति जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।