0 COMMENTS

धरान०५साउन०७५/ सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाका प्रमुख स्व तारा सुब्बाको शोकमा अाज धरान बजार बन्द रहेकाे छ । सुब्बाको शोकमा धरानका व्यपार व्यवसायहरू बन्द गरेकाे सुनसरी उध्योग बाणिज्य महासंघका प्रथम उपाध्क्षय विजय श्रेष्ठले बताए ।

काठमाडाैँको ग्राण्डी अस्पतालमा गत साउन १ गते निधन भएको प्रमुख सुब्बाको पार्थिव शरीर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी विभागमा राखिएको छ । शनिबार शवयात्रापछि मात्र अन्तिम श्रद्धाञ्जलि अर्पणसहित दाहसंस्कार गरिने कार्यक्रम तय भएको छ । उहाँको पार्थिव शरीर ११.३० बजेपछि नगरवासीको सामूहिक श्रद्धाञ्जलिका लागि धरान १२ को पब्लिक माविको खेल मैदानमा ल्याइने कार्यक्रम रहेकाे छ र अन्त्यमा धरान स्थित हरियालीमा दाहसंस्कार हुने जानकारी प्राप्त भएकाे छ ।

स्व प्रमुख सुब्बा लामो समयदखि मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो भने पछिल्लो समयमा प्रमुख निर्वाचित भएपछि कामको अधिक चापले उहाँको स्वास्थ्यमा प्रतिकूल प्रभाव बढेको उहाँका निकटवर्तीले जानकारी दिनुहुँदै अधिक धपेडिकै कारणले उहाँको शरीरमा रोगको संङ्क्रमणको चाप थपिएको बताइएको छ ।

उहाँको निधनपछि अब धरान उपमहानगरपालिकाको प्रमुख पद प्रमुख विहीन बन्न पुगेको छ । त्यसैगरी धरानको– ७ का निर्वाचित वडा अध्यक्ष भुवन मोक्तानको पनि निधनपछि उक्त वडामा पनि वडा अध्यक्ष पद रिक्त बन्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।