मिलन चाम्लिङ ,धरान०४साउन०७५/ माध्यमिक शिक्षा परिक्षाको नतिजा सार्वजनिक भएसंगै कुन बिषय अध्यन गर्ने, के पढ्ने भोलिको दिनमा सहजै काम कुन बिषय पढ्दा पाउन सकिन्छ आफ्नो भविष्य केमा छ र छोराछोरीको भविष्य के पढ्दा राम्रो हुन्छ भनेर विद्यार्थी तथा अभिभावकहरु बिधालय सोधखोज गरिरहेका छन भने कति अभिभावक अन्योलमा परिरहेका छन भने कतिले छिमेकीले छोरा छोरी महंगो कलेजमा पढायो भनेर आफ्नो आर्थिक अवस्था नै बिर्से इज्जतको लागि नै त्यता तिर तिर भर्ना गरि सकेको छन ।
बिद्यार्थीहरुले आफ्नो जिपिए अनुसार भन्दा पनि आफुलाई के पढ्न मन लागेको छ , त्यता तिर ध्यान दिएर कलेज छान्दा राम्रो हुन्छ र अर्को कुरा कलेजको भौतिक सुबिधाभन्दा शैक्षिक बाताबरण र स्तर कस्तो छ भन्ने नियाल्नु पर्छ । त्यहा कस्तो शिक्षकले पढाउछन, बिगतको परिक्षाफल कस्तो छ, व्यावहारिक शिक्षाको लागि आवश्यक प्रयोगशालाको अवस्था कस्तो छ बुझेर मात्रै भर्ना हुने निर्णय गर्दा राम्रो हुन्छ । यस्तै सुबिधाहरु भएको प्राविधिक शिक्षा फुड एण्ड डेरि टेक्नोलोजी पढाई हुने कलेजको खोजीमा हुनुहुन्छ भने धरान १६ बिद्युतप्राधिकरणमा रहेको नास्ट कलेज उत्कृष्ट गन्तव्य बन्न सक्छ । अन्य प्राबिधिक शिक्षा पढ्नको लागि धेरै वटा टेक्निकल कलेजहरु पुर्वमा छन तर पुर्वमा एक मात्र CTVTबाट मान्यता प्राप्त कलेज नास्टमा ३ बर्षे कोर्स डिप्लोमा इन फुड एण्ड डेरी टेक्नोलोजीको बिषय पढाई हुँदै आएको छ । विद्यार्थीहरुको दिनानुदिन प्राविधिक शिक्षामा बढ्दै गएको क्रेज प्राविधिक शिक्षा पढ्दा पाउने अवसरको कारण पनि प्राबिधिक शिक्षामा आकर्षक बढेको हो । २०५६ सालमा स्थापना भएको सो कलेजले सिमित कोटामा मात्र विद्यार्थी भर्ना गरि रहेको छन । विद्यार्थीको संख्या बढाउन भन्दा कलेजले गुणस्तरीय शिक्षाको लागि सम्पुर्ण भौतिक, पुर्वाधार, प्रयोगशाला, प्रोजेक्ट बेस पढाई, पर्याप्त पुस्तकालय लगायतको बिशेष ध्यान दिरहेको छ ।
दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले स्थापना भएको कलेजले राम्रो नतिजा ल्याउदै कलेजको छुट्टै पहिचान बनाइ सकेको छ र कलेजबाट पास आउट भैसकेको विद्यार्थीहरुले कलेजले दिएको ज्ञान र आफुले सिकेका सीपको प्रयोग गरेर सफलता हासिल पनि गरिसकेको छन ।
दक्ष तथा अनुभवी संचालक, कुशल व्यावस्थापन, अनुभवी शिक्षक, उचित शुल्क,पर्याप्त पुस्तकालयको व्यवस्था, सम्पुर्ण भौतिक पुर्वाधार साथै उत्कृष्ट शैक्षिक वातावरण भएकोले सफलता पाउन सकेको हो । शान्त वातावरणमा सम्पुर्ण सुबिधाहरुको कारण विद्यार्थी सहजरुपमा अध्यन गर्न सक्नेछन् निजि कलेजहरुले महंगो शुल्क लिएको भन्ने गरिन्छ तर सो कलेजले उचित शुल्क मात्र लिएको कलेज प्रमुख टोम प्रसाद आचार्य बताउनुहुन्छ ।उनले भने कलेजले दिने सेवा सुविधा र शिक्षाको गुणस्तरका आधारमा उचित शुल्कमा विद्यार्थीले पढ्न पाउनेछन ।
नयाँ शैक्षिक सत्रको पारम्भमा निजि कलेजहरु प्रचारप्रसारको होडबाजी नै चल्ने गरेपनी यश कलेजले भने प्रचारप्रसारमा भन्दा गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापमा जोड दिदै आएको छ । प्रयोगात्मक शिक्षा आजको आवश्यकता भएको बताउदै कलेज प्रमुख आचार्यले भने विद्यार्थीको बौद्धिक बिकासका लागि बिषयगत ज्ञानसंगै प्रयोगात्मक शिक्षा दिन एकदम जरुरी छ भन्ने बुजेको छौ । यसैले हामी विषयगत पाठ्यक्रमको आधारमा अभ्यास पनि गराउदै आएको छौ । विद्यार्थी मैत्री शैक्षिक बाताबरण निर्माणका लागि कलेजले सक्दो प्रयास गरेको उनले बताए । यसका साथै पारिवारिक वातावरणमा पढाई हुने र विद्यार्थीलाई परामर्शमा जोड दिन्छौ ।