0 COMMENTS

मिलन चाम्लिङ,धरान०४साउन०७५/ स्वतन्त्र बिद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरानको आयोजनामा शुक्रबार भएको सुनसरी जिल्ला अन्तरकलेज स्तरीय वक्तृत्व कला प्रतियोगिता २०७५ मा धरान मोडेल कलेजका रमेश प्रसाईं प्रथम भएको छ ।

“बर्तमान शिक्षा प्रणाली र विद्यार्थीको रुचि” शिर्षकमा बोल्न पर्ने थियो ।प्रतियोगितामा ७ वटा कलेजका ११ प्रतियोगीले उक्त प्रतियोगितामा भाग लिएको थिए भने दुतिय महेन्द्र बहुमुखी क्याम्पस धरानका रोजिना राई, तृतीय हात्तिसार क्याम्पसका सुस्मिता अधिकारी र सान्त्वना धरान मोडेल कलेजका शर्मिला बस्नेत भएको छ बिजेताले क्रमश पाँच हजार, चार हजार, तीन हजार दुई हजारका साथ ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ । उक्त प्रतियोगितामा  निर्णायक भुमिका प्राडा भोलानाथ पोख्रेल, अमृत श्रेष्ठ, सीता थापा अधिकारीले निभाएको थिए ।

कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस प्रमुख चन्द्र कुमार राई, लगायत विभिन्न विद्यार्थी संगठनको विद्यार्थीहरुको उपस्थिति रहेको थिए भने सभापतिको भुमिका स्ववियु इकाई कमिटी महेन्द्र बहुमुखी क्याम्पसका सभापति सर्गम सागर चेम्जोङले गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।